मीना (अभिनेत्री)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मीना
मीना एक कार्यक्रममा
जन्ममीना दुरइराज
चेन्नई, तमिलनाडु, भारत
राष्ट्रियताभारतीय
पेशाअभिनेत्री[१]
कार्यकालसन् १९८२–वर्तमान
जीवनसाथी
विद्यासागर
(
वि २००९)
[२]
सन्ताननाइनिका (ज.सन् २०११)
मातापितादुरइराज
मल्लिका

मीना एक भारतीय चलचित्र अभिनेत्री हुन्। उनी मुख्यतया दक्षिण भारतीय चलचित्र उद्योगमा अभिनय गर्ने गर्छिन्। मीनाले सन् १९८२ मा तमिल भाषाको चलचित्र 'नेनजङ्गल'मा बाल कलाकारको रूपमा अभिनय गरेकी थिइन् र त्यसपछि उनले विभिन्न क्षेत्रीय चलचित्र उद्योगमा काम गरेकी थिइन्।[२] दक्षिण भारतको चर्चित चलचित्र अभिनेताहरूसँग अभिनय गरेर मीनाले लगभग दुई दशकसम्म दक्षिण भारतीय चलचित्र उद्योगमा आफ्नो वर्चश्व कायम गर्न सफल भएकी थिइन्।[३]

उनले तमिल, तेलुगु, मलयालम, कन्नड र विभिन्न हिन्दी चलचित्रहरूमा अभिनय गरेकी छिन्। दक्षिण भारतीय भाषाको चलचित्र उद्योगमा सबैभन्दा सफल अभिनेत्रीको श्रेणीमा उनी पनि एक छिन्। सन् ९० को दशकमा तमिल, मलयालमतेलुगु चलचित्रमा उनी मुख्य भूमिकामा अभिनय गर्ने अभिनेत्रीहरू मध्ये एक थिइन्।[४]

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Athira M. (२९ मे २०१३), "A different scene", The Hindu, अन्तिम पहुँच २३ सेप्टेम्बर २०१३ 
  2. २.० २.१ "Meena weds Vidyasagar" indiaglitz.com, 13 July 2009. Retrieved 16 September 2012
  3. "Evergreen heroine:Meena" 
  4. Narayan, Girija (५ जुलाई २०१३), "Top 10 ever-green actresses in Telugu films", filmibeat.com 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]