लक्ष्मण गाम्नागे

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लक्ष्मण गाम्नागे
लक्ष्मण गाम्नागे
जन्ममेनाटार, साम्ची, भुटान
राष्ट्रियतानेपाली
पेशासाहित्यकार
धर्महिन्दू
जीवनसाथीदेवीमाया दाहाल

लक्ष्मण गाम्नागे(अंग्रेजी: Laxman Gamnage) नेपाली साहित्यकार हुन्। गाम्नागेको जन्म वि. सं. २०२१ पुष २९ मा भुटानको मेनाटार, साम्चीमा भएको हो। लक्ष्मण गाम्नागे पिता चिदानन्द भट्टराई र माता लक्ष्मी भट्टराईका चौथो सन्तानकोरूपमा जन्मिएका हुन्। उनी खासगरी हाँस्यव्यंग्य कविता लेख्ने गर्दछन्।[१] उनी सिस्नुपानी नेपालका संस्थापक तथा वर्तमान अध्यक्ष पनि हुन्।

जीवनी[सम्पादन गर्नुहोस्]

स्थायी ठेगाना गौरादह नगरपालिका वडा नं. ४, झापा भएका गाम्नागेका एक छोरी, एक छोरा पत्नी देवीमाया दहालका साथ हाल काठमाण्डौको सिनामंगलमा बसोबास गर्दछन्। वि. सं. २०३९ सालमा जनता मा.वि. गौरादह, झापाबाट उनले प्रवेशिका परीक्षा उत्तीर्ण गरेका थिए। त्यस पछिको शिक्षा काठमाण्डौFमै सम्पन्न गरे। त्रिभुवन विश्व दिद्यालणबाट राजनीति शास्त्र विषयमा स्नातकोत्तर उत्तीर्ण गरे।

लामो समयसम्म नेपाल दूर सञ्चार कम्पनीमा कार्य गरी हाल स्वेच्छिक अवकास लिई यिनी लेखन तथा हास्यव्यङ्ग्य साहित्यको प्रवर्द्धन अभियानमा संलग्न छन्। हास्यव्यङ्ग्यको संस्था सिस्नुपानी नेपालका संस्थापक मध्ये गाम्नागे हाल सो संस्थाको अध्यक्ष रहेका छन्।

लेखन यात्रा[सम्पादन गर्नुहोस्]

विद्यालय पढ्दैदेखि फाट्टफुट्ट हास्यव्यङ्ग्यमा कलम चलाउन थालेका लक्ष्मण गाम्नागेका वि. सं. २०४३ सालदेखि अलिअलि गर्दै रचनाहरू प्रकाशन हुन थालेका हुन् र वि. सं. २०४४ सालदेखि यिनले नै सम्पादन गरेका रकेट र पछि चड्कन भन्ने हास्यव्यङ्ग्यका पत्रिकाहरूमा भने यिनका रचनाहरू बाक्लै प्रकाशित हुन थालेका हुन्। वि. सं. २०५५ सालमा यिनी सहितको युवा हास्यव्यङ्ग्यकारहरूको टोलीले सिस्नुपानी नेपाल नामको संस्था सञ्चालन गर्न थाले पछि भने यिनको लेखनले तीब्रता र गुणस्तरीयता दुवै प्राप्त गर्दै यिनी हाजको स्थानमा आइपुगेका हुन्।[१] वि. सं. २०५७ सालदेखि गाम्नागेले हिमालय टाइम्स दैनिकबाट स्तम्भ लेखन यात्रा प्रारम्भ गरेका हुन्। हिमालय टाइम्स, अन्नपूर्ण पोष्ट आदि पत्रिकामा स्तम्भकारको रूपमा कार्यगर्दै वि. सं. २०६३ सालदेखि कान्तिपुर प्रकाशनको नेपाल साप्ताहिकमा झटारो स्तम्भ शुरु गरेका यिनले आजसम्म बिसाएका छैनन्।

कार्यक्रममा कविता वाचन गर्दै गाम्नागे

कृतिहरू[सम्पादन गर्नुहोस्]

  • घिटिकघिटिक बाँचेर शहरमा (व्यङ्ग्य कविता)
  • लाठीचार्ज (व्यंग्य निवन्ध)
  • कत्ति धुनु गधाहरूलाई (व्यंग्य निवन्ध)
  • तीन न तेह्र (व्यङ्ग्य कविता)
  • स्वाहा (व्यंग्य निवन्ध)
  • पत्याउँदा पत्याउँदै (व्यङ्ग्य कविता)
  • छोपछाप (व्यङ्ग्य निबन्ध सङ्ग्रह)

पुरस्कार र सम्मान[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]