लीची

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
चित्र:Litchi.jpg
पाकेको लीची

कटहर परिवारमा पर्ने सानो तथा मीठो फल लीची जसलाई वैज्ञानिक नाममा (Litchi chinensis) भन्छन, जीनस लीचीको एकमात्र सदस्य हो। यसको परिवार हो सोपबैरी। यो ऊष्णकटिबन्धीय फल हो, जसको मूल निवास चीन हो। यो सामान्यतः मैडागास्कर, भारत, बंगलादेश, पाकिस्तान, दक्षिण ताइवान, उत्तरी भियतनाम, इण्डोनेशिया, थाईल्याण्ड, फिलीपींस दक्षिण अफ्रीकानेपालमा पाइन्छ।

स्वाद र पौष्टिकताको दृष्टिले सर्वोत्तम फलहरूमध्ये एउटा प्रमुख फल हो लिची। यो एउटा बाक्लो बोक्रामाथि स-साना गोलाकारका काँडाजस्ता गीर्खाहरू भएको सानो आकारको फल हो। राम्रोसँग पाकेपछि यसको बोक्रा रातो वा गुलाबी रङको हुन्छ र यही रातो वा गुलाबी रङको बोक्राभित्र पाइने सेतो प्रकारको गुदी नै हामी स्वादिष्ट मानेर खाने गर्दछौँ।

लिचीको उत्पत्ति र नामकरण

लिचीको उत्पत्तिस्थल चीन र अझ खासगरी दक्षिण चीन हो। सबैभन्दा बढी लिची उत्पादन गर्ने मुलुक पनि चीन नै हो। लिची उत्पादनमा भारत दोस्रो र दक्षिण अपि|mका तेस्रो मुलुक मानिन्छ। नेपालको तराई प्रदेशतिर पनि लिचीको राम्रो उत्पादन हुने गरेको पाइन्छ। प्राचीनकालमा चीनको 'लुचु-द्वीप' भन्ने ठाउँमा लिचीको उत्पादन हुने गर्दथ्यो। यही कारणले गर्दा यो फलको नाम लिची रहन गएको हो भन्ने भनाइ छ। लिचीको वैज्ञानिक नाम चाहिँ ԫ'लिची चाहनेन्सिस्' हो। नेपालीमा जस्तै यो फललाई अङ्ग्रेजीमा पनि लिची नै भन्ने गरिन्छ। संस्कृतिमा भने यो फललाई 'क्षुद्रपनस' भन्ने गरिन्छ। जसको अर्थ 'सानो कटहर' भन्ने हुन्छ। त्यसैगरी बर्मा वा म्यानमारमा यस फललाई 'हमार्क' भनिन्छ भने दक्षिण भारतमा यो फल 'इलीची'को नामले चिनिन्छ।

लिचीको किसिम

लिची धेरै प्रकारका हुन्छन्। चीनमा मात्र लगभग ७५ प्रकारका लिची पाइन्छन्। जसमध्ये २० प्रकारका लिची मात्र खानको लागि उपयुक्त मानिएको छ। 'नो-माई-ची' नामक लिची चीनको सबैभन्दा राम्रो किसिमको लिची हो। हामीहरू धेरैजसो ताजा र पाकेको लिची मात्र खाने गर्दछौँ तर छिमेकी राष्ट्र चीनमा पाकेको वा सुकेको दुवै अवस्थामा खाने गरिन्छ। स्मरण रहोस् चीनमा लिची यति लोकपि्रय छ कि कुनै पार्टी वा भोज भतेरमा यदि लिची समाविष्ट छैन भने त्यो भोज अपूर्ण मानिन्छ।

लिचीको फाइदा

लिची खनिज तìवले भरिपूर्ण एक अत्यन्त स्वादिष्ट फल हो। एउटा ताजा र पाकेको लिचीमा ७० देखि ७७ प्रतिशतसम्म गुदी पाउन सकिन्छ। यसको प्रमुख पोषक तìव कार्बोहाइड्रेट्स हो जसको मात्रा स्थानीय जलवायु र उब्जाउ माटोमा निर्भर गर्दछ। रासायनिक विश्लेषणअनुसार एउटा ताजा र पाकेको लिचीमा चिनी वा गुलियो पदार्थको मात्रा १५ दशमलव ३ प्रतिशत, प्रोटिन एक दशमलव १५ प्रतिशत र अम्ल एक दशमलव ६ प्रतिशत रहेको हुन्छ। यसका साथै यस फलमा क्याल्सियम, फोस्फरस, फलाम तìव, खनिज लवण एवं भिटामिन 'सी' पनि प्रचुर मात्रामा पाइने भएको हुँदा यो फल स्वास्थ्यको दृष्टिले अत्यन्त लाभदायक मानिन्छ। कलेजो र कमलपित्तजस्ता रोगीको लागि त यो फल एक किसिमले वरदान नै मानिन्छ किनकि कलेजोको असामान्य यसको नियमित सेवनले सामान्य अवस्थामा ल्याउन सक्छ। लिचीको सेवनले पाचन रस उत्पन्न गर्नमा सहयोग पुग्नाका साथै पाचन प्रणालीमा रहेका विकारहरूलाई पनि निर्मूल पार्दछ। यसको सेवनले भोक बढाउने गर्दछ। दिमागीय कमजोरी हटाउन र स्मरणीय शक्ति बढाउन पनि यो फल निकै लाभदायक मानिएको छ। यसका साथै मुटुको धड्कन बढ्ने र हात खुट्टा पोल्नेजस्ता रोगीहरूले पनि लिची खाने र यसको रस दल्ने गर्नाले अत्यन्त फाइदा हुने बताइएको छ। त्यति मात्र नभई यो फल वीर्यबर्धक र वातपित्त नाशक पनि मानिन्छ। यो फल विभिन्न दृष्टिकोणले स्वास्थ्यबर्धक हुँदाहुँदै पनि कही कफबर्धक पनि भएकाले लिची खाएको कम्तीमा आधा घण्टासम्म पानी खान भने हुँदैन।

व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा