विमल घर्ती मगर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
विमल घर्ती मगर
नेपाल राष्ट्रिय टिमकी प्रशिक्षणमा विमल घर्ती मगर
व्यक्तिगत जानकारी
पुरा नाम विमल घर्ती मगर
जन्म मिति (1998-01-26) २६ जनवरी १९९८ (उमेर २६)
जन्म स्थान नवलपरासी, नेपाल
उचाइ ५ फिट १० इन्च (१.७८ मी)
खेल्ने स्थान(हरू) अग्रपंक्ति
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२०१५–२०१६ फार वेस्टर्न एफसी (४)
२०१६ नेपाल पुलिस क्लब (१)
२०१६–२०१८ थ्रिस्टार क्लब
२०१८ मोहन बागान एसी (०)
२०१८ च्यासल युथ क्लब (४)
अन्तर्राष्ट्रिय करियर
२०१२ नेपाल यू-१४
२०१३-२०१४ नेपाल यू-१७ (१३)
२०१५–२०१६ नेपाल यू-२० (४)
२०१६– नेपाल यू-२३ (३)
२०१२– नेपाल २६ (९)
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: १९ सेप्टेम्बर २०१५
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: १३ जुलाई २०१७

विमल घर्ती मगर (जन्म:२६ जनवरी १९९८) नेपाली फुटबल खेलाडी हुन्, । जो नेपाल राष्ट्रिय फुटबल टिम का एक महत्त्वपूर्ण सदस्य हुन् । विमल एन्फा एकेडेमीका उत्पादन हुन् जुन्, अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र नेपाल राष्ट्रिय फुटबल टिमको नियन्त्रणमा छ ।

विमल २०१३ साफ च्याम्पियनसिपमा पाकिस्तान विरूद्ध नेपाल राष्ट्रिय फुटबल टिमका लागि गोल गरेसँगै एकाएक चर्चामा आएका थिए । विमल अन्तराष्ट्रिय फुटबलमा गोल गर्ने विश्वकै छैटौँ कान्छा फुटबल खेलाडी हुन्, जसले उनलाई नेपालको लागि डेब्यु गर्ने (१४ वर्षको उमेरमा) र गोल गर्ने (१५ वर्षको उमेरमा) सबभन्दा युवा खेलाडी बनायो । यो किर्तिमान यसअघि भरत खवासले १६ वर्षको उमेरमा गोल गर्दै बनाएका थिए ।[१] साथै विमल साफ च्याम्पियनसिप मा सबै भन्दा छिटो गोल गर्ने खेलाडी समेत हुन् । उनले २०१५ साफ च्याम्पियनसिपको भारत विरूद्धधको खेलमा २ मिनेटमा नै गोल गर्न सफल भएका थिए ।

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]

नवलपरासी जिल्लामा जन्मिएका विमल सानैदेखि फुटबल खेलमा रूचि राख्ने गर्दथे , भने फुटबल बाहेक उनी क्रिकेट खेल पनि खेल्ने गर्दथे । सानैमा बुबा गुमाएका उनले आमाकै रेखदेखमा रहेर बाल्यकाल पार गरेका थिए । उनका बाबू एक नेपाली पुलिस थिए । उनी राष्ट्रकै लागि काम गर्दागर्दै असमायीक निधनको मुखमा परेका थिए ।

युरोपमा ट्राइल तथा प्रशिक्षण[सम्पादन गर्नुहोस्]

क्लब जीवन[सम्पादन गर्नुहोस्]

सुदूरपश्चिम ११[सम्पादन गर्नुहोस्]

२०१५ मा भएको नेपाल राष्ट्रिय लिगका लिग विमल सुदूरपश्चिम ११ फुटबल टिमका लागि अनुबन्धित भएका थिए । उनले सुदूरपश्चिमबाट नेपाली राष्ट्रिय लिग प्रतियोगितामा जम्मा ७ खेल खेल्दै कुल ४ गोल गरेका थिए । उक्त प्रतियोगिता विमल एक पटक म्यान अफ दि म्याच समेत भएका थिए ।

मोहन बङ्गाल एफसी[सम्पादन गर्नुहोस्]

विमलले २०१७ मा मोहन बङ्गाल एफसी क्लबबाट आई लिग पनि खेलेका थीए । मोहन बङ्गालबाट जम्मा ३ खेल्ने अवसर पाएका विमलले कुनै गोल भने गर्न सकेनन् ।

थ्री स्टार क्लब[सम्पादन गर्नुहोस्]

विमल घर्ती मगरले नेपाली विभिन्न घरेलु प्रतियोगिताहरूमा थ्री स्टार क्लबका तर्फबाट सहभागीता जनाएका थिए । साथै उनले थ्री स्टारले २०१७ एएफसी एसिया कप छनोट चरण अन्तर्गतको समूह चरणको खेलमा समेत विमलले थ्री स्टारको प्रतिनिधित्व गरेका थिए । उनले भारतमा सम्पन्न २०१६ बोर्डोलोइ ट्रफी अन्तर्राष्ट्रिय आमन्त्रित फुटबल प्रतियोगितामा थ्री स्टारको प्रतिनिधितब गरेका थिए । भने उक्त प्रतियोगिता थ्री स्टारका तर्फबाट जित्न सफल भएका थिए । यस्तै २०१८ मा नेपाली राष्ट्रिय लिगको विश्राम समय तालिकामा च्यासल युथ क्लबमा अनुबन्धित हुदाँहुदै पनि उनी थ्री स्टार क्लबको तर्फबाट भारतमा आयोजित गभर्नर गोल्डकपमा सहभागीता जनाएका थिए । उपाधि समेत जित्न सफद भएको थियो ।

च्यासल युथ क्लब[सम्पादन गर्नुहोस्]

पाँच वर्ष पछि आयोजना भएको प्रमुख नेपाली राष्ट्रिय लिग सहिद स्मारक ए-डिभिजन लिगमा उनी च्यासल युथ क्लबका लागि अनुबन्धित भएका थिए । तर उनी उक्त लिग च्यासल क्लबाट भने पुरै नखेली बेल्जियम फुटबल प्रशिक्षणका लागि गएका थिए ।

च्यासल युथ क्लबबाट उनले २०७५ शहिद स्मारक ए-डिभिजन लिगमा जम्मा ५ खेल खेल्दै ४ गोल समेत गर्न सफल भएका थिए ।

अन्तर्राष्ट्रिय खेल[सम्पादन गर्नुहोस्]

२० सेप्टेम्बर २०१२, मा विमलले नेपाली राष्ट्रिय फुटबल टिमका लागि स्थान बनाएका थिए । बङ्गलादेश विरूद्वको दशरथ रंगशमलामा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा विमलले नेपाली राष्ट्रिय टिममा स्थान बनाएका थिए । उनी १४ वर्षमानै राष्ट्रिय टिममा स्थान बनाउने सर्वाधिक कलिला नेपाली फुटबल खेलाडी बन्न सफल भएका थिए ।[२][३]

विमल घर्ती मगरले पहिलो अन्तर्राष्ट्रिय गोल पाकिस्तान विरूद्ध गरेका थिए । जुन पाकिस्तान विरूद्ध नेपालको खेल २०१३ साफ च्याम्पियनसिप नेपालमा भएको थियो । नेपाल पाकिस्तान समक्ष १ गोलले पछि पर्दा उनले किर्तिमनी बराबरी गोल गरेका थिए । उनको यही गोलको मद्दतमा नेपाल प्रतियोगिताको सेमिफाइनल सम्म पुग्न सफल भएको थियो ।

२०१२ यू-१४ टिम[सम्पादन गर्नुहोस्]

मे २०१२ मा विमलले नेपालको प्रतिनिधित्व गर्दै एएफसी यू-१४ फुटबल फेस्टिभल २०१२ मा सहभागी जनाएका थीए । उक्त प्रतियोगिता उनले १ ह्याटि्रक सहित ८ गोल गरेका थिए । श्रीलङ्का यू-१९ टिम विरूद्व उनले ह्याटि्रक गर्न सफल भएका थिए ।[४][५] उनको उक्त प्रतियोगिताको प्रदर्शनी पछि नेपाली यू-१९ टिमका प्रशिक्षक सुनिल श्रेष्ठले विमल नेपालका एक उदयीमान उत्कृष्ट खेलाडी हुन् । भनेका थिए ।

३ अक्टोबर २०१२ मा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले बाल गोपाल महर्जनको नेतृत्वमा सार्क यू-१४ फुटबलका तयारीका लागि अक्टोबर ७-२१ जापानमा गरिएको विशेष प्रशिक्षणमा १६ सदस्यीय यू-१४ नेपाली टिमको छनोट गरेकोमा विमल घर्ती मगर पनि परेका थिए । त्यस प्रशिक्षण पछि नेपाली यू-१४ टिमले माल्दिभ्सलाई ०-४ ले हराएको थियो, भने जापान फुटबल एकेडेमीलाई ३-१ गोलअन्तरले हराएको थियो । यस्तै पाकिस्तान माथि नेपालले ४-० को जित दर्ता गरेको थियो । अझ नेपाले श्रीलङ्का विरूद्व ६-० गोलअन्तरको जित दर्ता गर्दा उनले निकै उत्कृष्ट खेल प्रदर्शनी गरेका थिए ।उक्त खेलमा उनले एक ह्याटि्रक सहित नेपालका लागि ४ गोल गरेका थिए । उनले उक्त खेलमा जम्मा ९ मीनेट मानै ह्याटि्रक पूरा गरेका थिए । नेपालमै भएको उक्त खेलमा नेपालले समूह चरणको ४ वटै खेल जित्न सफल भएको थियो ।

२०१३ साफ च्याम्पियनसिफ[सम्पादन गर्नुहोस्]

२०१३ साफ च्याम्पियनसिपमा विमल मगर

२०१३ को साफ च्याम्पियनसिपमा विमलको पहिलो नेपालको तर्फबाट अन्तर्राष्ट्रिय सहभागीता थियो । यस प्रतियोगितामा सबैभन्दा कम उमेरमा सहभागी जनाएका उनले आफ्नो पहिलो उपस्थितिमा पाकिस्तानविरूद्व गोल गरी नेपालको हार तारेका थिए, भने साफ च्याम्पियनसिप प्रतियोगितामै गोल गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका थिए । साथै उक्त खेलका म्यान अफ द म्याच घोषित भएका थिए । यस्तै उनी वैकल्पिक खेलाडीका रूपमा प्रतियोगिताको अफ्गानिस्थानविरूद्वको सेमिफाइनल खेलमा मैदान प्रवेश गरी उत्कृष्ट खेल प्रदर्शन गरे । नेपाल १-० ले पछि परेको अवस्थामा मैदान छिरेका विमलले उक्त खेलमा अर्कै रौनक थपिदिए । उनकै कारणले गर्दा नेपालले खेलको अन्तिम समयमा पेनाल्टी प्राप्त गरेको थियो , तर उक्त पेनाल्टी रोहित चन्द खेर फाले यतिमात्र नभएर घरेलु टोली नेपाल सेमिफाइनलबाटनै बाहिरियो ।

२०१३ सालमा विमलले २०१३ साफ यू-१६ च्याम्पियनसिप तथा २०१३ साफ च्याम्पियनसिप (सिनियर टिम) दुवै प्रतियोगितामा सहभागीता जनाएका थिए । विमलले साफ यू-१६ च्याम्पियनसिपका सर्वाधिक उच्च गोलकर्ताका रूपमा प्रतियोगिताको अन्त्य गरेका थिए । उता साफ च्याम्पियनसिपको सिनियर टिममा भने विमलले कलिलो १५ वर्षको उमेरमा सहभागीता जनाएका थिए । २०१३ उनले साफ च्याम्पियनसिपमा आफ्नो पहिलो अन्तर्राष्ट्रिय गोल समेत गर्न सफल भएका थिए । उनले पाकिस्तानसँग पछाडि परेको अवस्थामा खेलको अन्तिम समयमा बराबरी गोल गर्न सफल भएका थीए ।

२०१४ एएफसी यू-१६ छनोट चरण[सम्पादन गर्नुहोस्]

विमलले २०१४ एएफसी यू-१६ च्याम्पियनसिप छनोट चरणको कप्तानीको जिम्मेवारी समेत सम्हालेका थिए । छनोट चरण अन्तर्गतको २५ सेप्टेम्बर २०१३ मा दशरथ रंगशाला, काठमाडौंमा भएको बहराइन विरूद्वको खेलमा नेपाली यू-१६ टिम २-० गोल अन्तरले विजयी भएको थियो । उक्त खेलमा विमलले एक गोलका निम्ति अवसर जुराएका थिए वा गोल पास दिएका थिए । उनले अर्को खेल इराक विरूद्व खेलेका थिए , उनले इराकसँगको खेलमा प्रतियोगिताको पहिलो गोल गरेका थिए । उक्त खेलमा नेपाल २-२ गोलको बराबरीमा रोकिएको थियो । समूह चरणको अन्तिम खेलमा विमलले तुर्किमीस्थान विरूद्व ह्याटि्रक गरेका थिए ।उक्त खेलमा भने नेपाल ४-० गोलले विजयी हुँदै २०१४ एएफसी यू-१६ च्याम्पियनसिपको अन्तिम फाइनल चरणमा स्थान बनाउन सफल भएको थियो । उनले छनोट चरण भर कुल ४ गोल गरेका थिए । थाइल्यान्डमा भएको उजग्वेस्थान विरूद्व भएको २०१४ एएफसी यू-१६ च्याम्पियनसिपको पहिलो खेलमा विमलले सहभागीता जनाउन पाएका थिएनन् किनभने उनले छनोट चरणको खेलमा दुईवटा पहेँलो कार्ड खाएका थिए । यस्तै विमलले कुवेत विरूद्वको खेलमा एक पेनाल्टी गोल गर्दै उक्त खेलको म्यान अफ दि म्याच भएका थिए तर नेपाल उक्त खेलमा कुवेतसँग १-२ गोल अन्तरले पराजित भएको थियो ।

२०१५ साफ च्याम्पियनसिप[सम्पादन गर्नुहोस्]

२०१५ साफ च्याम्पियनसिपमा नेपालले ५ गोल खाएको थियो भने जम्मा १ गोल गर्न सफल भएको थियो । जुन १ गोल विमलले भारतविरूद्ध खेलको सुरूवाटि २ मिनेटमानै गरेका थिए । यस प्रतियोगितामा नेपालले खेलेका दुवै खेलहरू हारेको थियो । अझ नेपालको लामो समय सम्मको गोलको खडेरीलाई विमलले २०१५ साफ च्याम्पियनसिपमा टोडेका थिए । नेपालले २०१३ साफ च्याम्पियनसिप मा भारत विरूद्व गोल गरे एटा कुनैपनि खेलमा गोल गर्न सकेको थिए । विमलले २०१५ साफ च्याम्पियनसिपमा पनि भारत विरूद्व गोल गर्दै लामो समय सम्मको गोलको खडेरी तोड्न सफल भएका थिए । विमललृ खेलको सुरूवाटी २ मीनेटमानै गोल गरेर नेपाललाई अग्रता दिलाएता पनि नेपाल उक्त खेलमा भारतसँग ०-४ गोल अन्तरले पराजित भएको थियो ।

२०१६ बंगबन्धु गोल्डकप[सम्पादन गर्नुहोस्]

२०१६ एएफसी सोलिडारिटीकप[सम्पादन गर्नुहोस्]

२०१६ साफ गेम[सम्पादन गर्नुहोस्]

२०१८ साफ च्याम्पियनसिपमा=[सम्पादन गर्नुहोस्]

अन्तर्राष्ट्रिय गोल[सम्पादन गर्नुहोस्]

विमल घर्ती मगरले गरेका अन्तर्राष्ट्रिय गोलहरू निम्नानुसार रहेका छन्।[६]

गोल संख्या मिति रंगशाला विपक्ष गोल नतिजा प्रतियोगिता
१. ३ सेप्टेम्बर २०१३ दशरथ रंगशाला, काठमाडौ  पाकिस्तान
१-१
१-१
२०१३ साफ च्याम्पियनसिप
२. २७ डिसेम्बर २०१५ ट्रिभेनड्रम अन्तर्राष्ट्रिय रंगशाला, ट्रिभेनड्रमपुरम  भारत
१-०
१-४
२०१५ साफ च्याम्पियनसिप
३. ८ जनवरी २०१६ बङ्गलादेश राष्ट्रिय रंगशाला, ढाका  श्रीलङ्का
१-०
१-०
२०१६ बंगबन्धु गोल्ड कप
४. ११ जनवरी २०१६ बङ्गलादेश राष्ट्रिय रंगशाला, ढाका  बहराइन यु-२३
१-०
३-०
२०१६ बंगबन्धु गोल्ड कप
५. ८ नोभेम्बर २०१६ सर्वाक् रंगशाला,मलेसिया  ब्रुनाई
३-०
३-०
२०१६ एएफसी सोलिदरिटी कप
६. १२ नोभेम्बर २०१६ रंगशाला,मलेसिया  लाओस
१-१
२-२ (पेनाल्टी ३-०)
२०१६ एएफसी सोलिदरिटी कप
७. ०५ सेप्टेम्बर २०१७ एन्फा कम्प्लेक्स हल,सातदोबाटो,काठमाडौ,नेपाल ताजिकिस्तान
२-१
२-१
२०१९ एएफसी एसिया कप छनोट तेस्रो चरण
८. ०४ सेप्टेम्बर २०१८ बंगबन्धु रंगशाला,ढाका,नेपाल पाकिस्तान
१-१
२-१
२०१८ साफ च्याम्पियनसिप
९. ०६ सेप्टेम्बर २०१८ बंगबन्धु रंगशाला,ढाका,नेपाल बङ्गलादेश
१-०
२-०
२०१८ साफ च्याम्पियनसिप

उपस्थिति[सम्पादन गर्नुहोस्]

क्लब[सम्पादन गर्नुहोस्]

सिजन क्फरलब लिग लिग अन्य कुल
खेल गोल खेल गोल खेल गोल
२०१५ सुदुरपश्चिमाञ्चल क्लब नेपाल राष्ट्रिय लिग
कुल
२०१७-१८ मोहन बङ्गाल एफसी आई-लिग
कुल
२०१८ च्यासल युथ क्लब सहिद स्मारक ए-डिभिजन लिग
कुल
सम्पुर्ण १५ १५

अन्तर्राष्ट्रिय खेल विवरण[सम्पादन गर्नुहोस्]

अद्यावधिक १५ मार्च २०१५ सम्म[६]
नेपाल राष्ट्रिय फुटबल टिम
वर्ष उपस्थिति गोल
२०१२
२०१३
२०१४
२०१५
२०१६ १०
२०१७
२०१८
जम्मा २६

उपाधिहरू[सम्पादन गर्नुहोस्]

राष्ट्रिय टिम[सम्पादन गर्नुहोस्]

नेपाल यु-२३[सम्पादन गर्नुहोस्]

नेपाल अन्डर-१९[सम्पादन गर्नुहोस्]

नेपाल यु-१६[सम्पादन गर्नुहोस्]

क्लब[सम्पादन गर्नुहोस्]

सम्मान तथा पुरस्कारहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Oldest and youngest", RSSSF, अन्तिम पहुँच २८ जुलाई २०१४ 
  2. "Nepal Head Coach Krishna Thapa: Right Substitution Changed The Pace Of The Game", Goal Nepal, अन्तिम पहुँच २० सेप्टेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २१ मार्च २०१५ मिति
  3. "Bimal becomes Youngest Nepali International", Givemegoal, अन्तिम पहुँच २५ सेप्टेम्बर २०१२ 
  4. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named BimalU14
  5. "AFC U-14 Festival: Bimal Gharti Magar Shines As Nepal U-14 A Overpowers Sri Lanka U-14 A", GoalNepal.com, अन्तिम पहुँच २० जुन २०१४  वेब्याक मेसिन अभिलेखिकरण २४ सेप्टेम्बर २०१५ मिति
  6. ६.० ६.१ "Bimal Gharti Magar", National-Football-Teams.com, अन्तिम पहुँच २०१३-०९-०३ 
  7. "Nepal Government Decides To Honor Bimal Gharti Magar With Sukriti Award", GoalNepal.com, अन्तिम पहुँच २९ मे २०१४  वेब्याक मेसिन अभिलेखिकरण २९ मे २०१४ मिति
  8. "Bimal Gharti Magar Wins Pulsar NSJF Youth Player Of The Year", GoalNepal.com, अन्तिम पहुँच २ जुन २०१४  वेब्याक मेसिन अभिलेखिकरण ५ जुन २०१४ मिति
  9. dipendra (२ जुन २०१४), "Bimal receives NSJF Pulsar Youth Player of the Year Award", givemegoal.com, अन्तिम पहुँच ७ जुन २०१४ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]