सम्पत्ति

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

लेखामा सम्पत्ति (अङ्ग्रेजी: Asset) भन्नाले संस्थाको स्वामित्व वा नियन्त्रणमा रहेको आर्थिक श्रोतलाई जनाउँदछ । [१] अर्को शब्दमा संस्थाको स्वामित्व वा नियन्त्रणामा रहेको भौतिक वा अदृश्य श्रोत जसलाई संस्थाले मुल्य थप गर्न वा सकारात्मक आर्थिक लाभको लागि प्रयोग गर्न सक्छ त्यसलाई सम्पत्ति भनिन्छ । सम्पत्तिले नगदमा परिणत गर्न सक्ने बराबरको मुल्य बोकेको हुन्छ ।

संस्थाको सम्पत्तिहरूलाई वासलातमा देखाइन्छ ।

सम्पत्तिको प्रकार[सम्पादन गर्नुहोस्]

१. भौतिक सम्पत्ति[सम्पादन गर्नुहोस्]

  • घर जग्गा जमिन, भवन

२. अदृश्य सम्पत्ति[सम्पादन गर्नुहोस्]

अदृश्य सम्पत्ति भनेको यस्तो सम्पत्ति हो, जसलाई संस्था वा कम्पनीले प्रयोग गरेर व्यावसाय सञ्चालन गर्न सक्दछ तर भौतिक स्वरूप नहुने सम्पत्तिलाई जनाउँदछ । यस्तो सम्पत्तिलाई छुन वा देख्न सकिदैन त्यस कारण यस्तो सम्पत्तिलाई अदृश्य सम्पत्ति भनिने गर्दछ ।

सम्पत्तिको वर्गिकरण[सम्पादन गर्नुहोस्]

वित्तीय प्रयोजनको लागि सम्पत्तिलाई निम्न दुइ वर्गमा वर्गिकरण गरिन्छ ।

चालु सम्पत्ति[सम्पादन गर्नुहोस्]

संस्था वा कम्पनीले विक्री गर्ने प्रयोजना वा उत्पादनको लागि राखिएको सम्पत्तिलाई चालु सम्पत्ति भनिन्छ । साथै कुनै सम्पत्ति जुन निकट १२ महिनाको अवधि भित्र व्यवासायिक प्रक्रिया नगदमा परिणत हुने सम्पत्तिलाई पनि जनाउँदछ ।

गैह्र चालु सम्पत्ति[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

थप हेर्नुहोस्[सम्पादन गर्नुहोस्]