साँथिया उपजिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
साँथिया
সাঁথিয়া
देश बङ्गलादेश
विभागराजशाही विभाग
जिल्लापाबना जिल्ला
क्षेत्रफल
 • जम्मा३३१.५६ किमी (१२८.०२ वर्ग माइल)
जनसङ्ख्या
 (सन् १९९१[१])
 • जम्मा२८३,४६३
 • घनत्व८५०/किमी (२२००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशी मानक समय)
वेबसाइटसाँथिया जिल्लाको आधिकारिक नक्शा

साँथिया (बङ्गाली: সাঁথিয়া) बङ्गलादेशको उत्तरी भागमा पर्ने जिल्ला पाबना जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला राजशाही विभागमा अन्तर्गत पर्दछ।[२]

भूगोल[सम्पादन गर्नुहोस्]

साँथिया बङ्गलादेशको उत्तरी भागमा पर्छ भने यो उपजिल्ला २३°५७' देखि २४°०८' उत्तर अक्षांश र ८९°२५' देखि ८९°३७' पूर्वी देशान्तरणमा अवस्थित छ। साँथिया उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ३३१.५६ वर्ग किलोमिटर ओगटेको। यस उपजिल्लालाई फरिदपुर र शाहाजदपुर उपजिल्लाले उत्तर, सुजानगर उपजिल्लाले दक्षिण, बेडा उपजिल्लाले पूर्व, आतधाडीया र पाबना सदर उपजिल्लाले पश्चिमबाट घेरेको छ। इचामती, बडाल, आत्राई, घुदुदह बिल आदि यस उपजिल्लाको प्रमुख नदिहरू हुन्।

इतिहास[सम्पादन गर्नुहोस्]

बङ्गलादेश मुक्ति अभियान सन् १९७१ अप्रिल ४ का दिनबाट देश व्यापी रूपमा शुरू भएको थियो भने २७ नोभेम्बर १९७१ का दिन पाकिस्तानी सेना र स्थानीय राजाकारहरूले साँथिया उपजिल्लाको धुलाउडी सङ्घ परिषद् स्थित फकिर पाडा भन्ने ठाउँमा महिलाहरूसँग दुर्ववहार गरेका थिए भने सेनाले सोही स्थानबाट २२ बङ्गलादेशको मुक्तिका लागि लडिरहेका लडाकुलाई पक्राउ गरेका थिए भने सेनाले पछि २१ जनालाई इचामती नदिको किनारमा गोली हानि विभत्स सामूहिक हत्या गरेका थिए। साँथिया उपजिल्ला सन् १९७१ डिसेम्बर १५ का दिन स्वतन्त्र भएको थियो।

सन् १९८८ र सन् १९९८ मा आएको बाढीले यस उपजिल्लामा थुप्रै घर, भवन तथा बालिनालिमा ठूलो मात्रमा क्षति पुर्‍याएको थियो भने हजारौं मानिसहरू विस्थापित भएका थिए।

जनशाङ्खिकि[सम्पादन गर्नुहोस्]

बङ्गलादेश राष्ट्रिय जनगणना अनुसार यस उपजिल्लाको कुल जनसङ्ख्या ३२३९३२ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या १६८५९९ छ भने महिलाको जनसङ्ख्या १५५३३३ रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या ३१३६५६ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या १०१२५, बौद्ध धर्मवलम्बीको जनसङ्ख्या १२३ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या २८ रहेको छ। यस उपजिल्लामा पहाडी, मुण्डा, आदि जनजातिका मानिस बसोबास गर्छन्। यस उपजिल्लामा ३६० मस्जिद, ४८ हिन्दु मन्दिर र २ गिर्जाघरहरू रहेका छन्। उपजेला जामे मस्जिद, नगदेम्रा जामे मस्जिद, शाहिदनगर जामे मस्जिद, साँथिया काली मन्दिर, अताइकोला गिर्जाघर आदि यस उपजिल्लाका केही लोकप्रिय धार्मिक स्थलहरू हुन्।[३]

अर्थतन्त्र[सम्पादन गर्नुहोस्]

यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा धान, आलु, प्याज, तोरी तथा अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया आँप, कटहर, केरा, लिची, मेवा, भुइँकटर, खरबुजा आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा धान कुटानी केन्द्र, तेल उद्योग, बिस्कुट कारखाना, इट्टा उद्योग, फलाम उद्योग तथा अन्य उद्योग कलकारखानाहरू पनि सञ्चालनमा रहेका छन्। यस उपजिल्लाले मुख्यतया लसन, प्याज, चामल, आँप, छाता तथा मौसमी तरकारी तथा अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेका आलसको तेल, कोदो र खैनी पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा ३३ हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान ओसारपसार तथा यातायातका साधन बन्द‌ै आएका छन्। यस उपजिल्लामा ३५ माछापालन केन्द्र, ९९७ दुग्ध सङ्कलन केन्द्र तथा १२० कुखुरापालन केन्द्रहरू रहेका छन्।

यस उपजिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ६५.४४% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै ४.७२% मजदुरी, उद्योग ५.५२%, वाणिज्यमा १०.६५%, सञ्चार र यातायातमा २.८७%, निर्माण क्षेत्रमा ०.८८%, सुविधा ४.१७%, धार्मिक सेवा ०.१०%, वैदेशिक रोजगारी ०.२०% र अन्य ५.४५% रहेका छन्।

प्रशासन[सम्पादन गर्नुहोस्]

प्रशासकीय साँथिया थानाको स्थापना सन् १९०५ मा भएको थियो भने सन् १९८६ मा दिन यसलाई उपजिल्लामा परिणत गरिएको थियोे।[४]

शिक्षा[सम्पादन गर्नुहोस्]

यस उपजिल्लाको कुल साक्षरता दर ३८.३% रहेको छ जसमध्ये पुरुषको साक्षरता ४१.६% छ भने महिलाको साक्षरता दर ३४.७% रहेको छ। यस उपजिल्लामा ९ क्याम्पस, ४३ माध्यमिक विद्यालय, १७१ प्राथमिक विद्यालय, ५ बाल उद्दान केन्द्र र ५२ मदरसाहरू रहेका छन्। यस उपजिल्लाका केही उत्कृष्ट शिक्षण।संस्थाहरू यस प्रकार छन्; मियापुर हाजी जासिमुदिन विद्यालय तथा क्याम्पस (सन् १०६५), साँथिया पाइलट उच्च विद्यालय (सन् १९४३), आताईबोला उच्च विद्यालय (सन् १०३९), साँथिया सरकारी प्राथमिक विद्यालय (सन् १९०१), नगदिमरा विद्यालय (सन् १९०१), नगदिरमा सरकारी प्राथमिक विद्यालय, रघुनाथ सरकारी प्राथमिक विद्यालय, दुलाउडी कवसाडीया कामिल मदरसा (सन् १९०७), बाओरमारी कामिल मदरसा (सन् १९४०) आदि।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. বাংলাদেশ জাতীয় তথ্য বাতায়ন (জুন ২০১৪), "এক নজরে সাঁথিয়া উপজেলা", গণপ্রজাতন্ত্রী বাংলাদেশ সরকার, अन्तिम पहुँच ১৫ ডিসেম্বর ২০১৪ [dead link]
  2. সিরাজুল ইসলাম ও আহমেদ এ জামাল, सम्पादक (सन् २०१२), "साँथिया उपजिल्ला", বাংলাপিডিয়া: বাংলাদেশের জাতীয় এনসাইক্লোপিডিয়া (दोस्रो संस्करण), বাংলাদেশ এশিয়াটিক সোসাইটি। 
  3. "জনসংখ্যার আদমশুমারি শাখা, বিবিএস", मूलबाट २००५-०३-२७-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर १०, २०१४ 
  4. "বাংলাদেশ উপজেলা তালিকা", উইকি শূন্য। 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]