सामग्रीमा जानुहोस्

"नवराज सुब्बा" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १७: पङ्क्ति १७:


==शिक्षा तथा पेशा==
==शिक्षा तथा पेशा==
त्रिभुवन विश्व विद्यालयमा सुब्बाले साहित्य तथा सामाजिक विज्ञान विषयहरुमा स्नातकोत्तर तह अध्ययन गरे। उनको पेशागत अध्ययन चाहिँ जनस्वास्थ्यमा स्नातकोत्तर हो। उनले तीन दशक भन्दा लामो सोही क्षेत्रमा काम गर्दा गर्दै त्यस क्षेत्रमा पनि अध्ययन गरि अनुसन्धात्मक वैज्ञानिक लेखहरू पनि प्रकाशित भएका छन्। स्वास्थ्य मनोविज्ञान विषयमा उनी विद्यावारिधि हुन।<ref name=Baraili/>
त्रिभुवन विश्व विद्यालयमा सुब्बाले साहित्य तथा सामाजिक विज्ञान विषयहरुमा स्नातकोत्तर तह अध्ययन गरे। उनको पेशागत अध्ययन चाहिँ जनस्वास्थ्यमा स्नातकोत्तर हो। उनले तीन दशक भन्दा लामो सोही क्षेत्रमा काम गर्दा गर्दै त्यस क्षेत्रमा पनि अध्ययन गरि अनुसन्धात्मक वैज्ञानिक लेखहरू पनि प्रकाशित भएका छन्।<ref name=americanjournal1 /> स्वास्थ्य मनोविज्ञान विषयमा उनी विद्यावारिधि हुन।<ref name=Baraili/>


==साहित्यिक कार्य==
==साहित्यिक कार्य==

११:०५, ४ अक्टोबर २०१५ जस्तै गरी पुनरावलोकन

नवराज सुब्बा
नवराज सुब्बा
नवराज सुब्बा
जन्म१ अक्टोबर १९६१
हाङपाङ, ताप्लेजुङ, नेपाल
पेशासाहित्यकार
राष्ट्रियता नेपाल
वेबसाइट
www.nrsubba.com.np

नवराज सुब्बा कवि, गीतकार तथा निबन्धकार हुन्। नेपाली साहित्य र संगीत क्षेत्रमा मानवता, राष्ट्रप्रेम, र सीमान्तकृतका आवाज उनका रचना मार्फत सुनिन्छन्। [१] उनी गायक पनि हुन्।

उनको जन्म बिक्रम् सम्बत् २०१८ साल असोज महिनामा ताप्लेजुङ जिल्लाको हाङपाङ गाउँमा भएको हो। उनले लेखन कार्य ४० को दशकमा सुरु गरेता पनि आफ्नो प्रकाशन चाहि ७० को दशकतिर मात्र गरेको पाइन्छ । २०६४ सालमा सम्पन्न भएको पहिलो अनलाईन विश्व वेभ्क्याम कविता प्रतियोगितामा सर्वप्रथम भएपछि साहित्य क्षेत्रमा यिनी निकै चर्चित भए।[२] उनले साहित्य, सङ्गीत क्षेत्रमा निम्न कृतिहरू प्रकाशित गरेका छन।

शिक्षा तथा पेशा

त्रिभुवन विश्व विद्यालयमा सुब्बाले साहित्य तथा सामाजिक विज्ञान विषयहरुमा स्नातकोत्तर तह अध्ययन गरे। उनको पेशागत अध्ययन चाहिँ जनस्वास्थ्यमा स्नातकोत्तर हो। उनले तीन दशक भन्दा लामो सोही क्षेत्रमा काम गर्दा गर्दै त्यस क्षेत्रमा पनि अध्ययन गरि अनुसन्धात्मक वैज्ञानिक लेखहरू पनि प्रकाशित भएका छन्।[३] स्वास्थ्य मनोविज्ञान विषयमा उनी विद्यावारिधि हुन।[४]

साहित्यिक कार्य

  १. ‘जीवन मेरो शब्दकोशमा’ कवितासङ्ग्रह (वि.स.२०६३) 
  २. ‘मनको मझेरी’ निबन्धसङ्ग्रह (वि.स.२०६४)
  ३. ‘बीच बाटोमा ब्यूँझेर’ कवितासङ्ग्रह (वि.स.२०६५)  
  ४. ‘सहिदलाई सलाम’ गीतसङ्ग्रह (वि.स.२०६७)
  ५. ‘यात्रा आधा शताब्दीको’ कवितासङ्ग्रह (वि.स.२०६८) 
  ६. ‘चीत्कार’ मुक्तकसङ्ग्रह (वि.स.२०६९)
  ७. ‘समयको स्वाद’ निबन्धसङ्ग्रह (वि.स.२०७०) 

एकता टुटेको छ जसरी यो बल्ब फुटेको छ
बिजुलीको तार पनि बीचमा कतै छुुटेको छ
हाम्रो चोकमा रातदिन बलिरहने यो बत्तीको
स्वीच मोडेर त्यो पापी यतै–कतै लुकेको छ ।।
(चीत्कार मुक्तकसंग्रह)

साङ्गीतिक कार्य

१. ‘देशको माया’ देशभक्ति गीति एल्बम (वि.स.२०६६) २. ‘लुकेको रहर’ गजल एल्बम (वि.स.२०६७) ३. ‘अमूल्य जीवन’ गीति एल्बम (वि.स.२०६८) ४. ‘हामी पहिले नेपाली’ देशभक्तिगीत एल्बम (वि.स.२०६९) ५. ‘हिमालैमा हिउँ’ लोकगीत एल्बम (वि.स.२०७०)

नेपाली नेपाली हामी नेपाली
मधेशी होस वा जनजाति हामी नेपाली
हिमाल, पहाड, तराई माटोका रङ्ग एउटै छ
शर्मा या शेर्पा थारू या राई रगतको रङ्ग एउटै छ
नेपाली नेपाली हामी नेपाली ...
(हामी नेपाली देशभक्ति गीतिएल्बम)

  • गीत-सङ्गीत (भिडियो)

१. ‘नवराज सुब्बाको प्रतिबिम्ब, भाग–१’ भिडियो एल्बम (वि.स.२०६७) २. प्रतिबिम्ब, भाग–२’ भिडियो एल्बम (२०६७) ३. प्रतिबिम्ब, भाग–३’ भिडियो एल्बम (२०६८) ४. प्रतिबिम्ब, भाग–४’ भिडियो एल्बम (२०६९)

साहित्यिक पुरस्कार

  • पहिलो अन्लाईन् विश्व वेभ्क्याम कविता प्रतियोगितामा सर्वप्रथम (वि.स.२०६४)[९]
  • व्यथित काव्य वनिता पुरस्कार (वि.स.२०७०)[१०]
  • बबरसि थापा साहित्य सम्मान (वि.स.२०६४)[११]
  • मोहन रेग्मी वाणी पुरस्कार (वि.स.२०६३)[१]
  • जयन्द्र् प्रसाई साहित्य सम्मान (वि.स.२०६४)[१]
  • पल्लभ साहित्य सम्मान (वि.स.२०६६)[१२]
  • नवरङ्ग साहित्य सम्मान (वि.स २०६३)[१]

References

  1. १.० १.१ १.२ १.३ This is Contemporary Nepali Literature reference http://www.samakalinsahitya.com/ website accessed on November 7, 2014. उद्दरण त्रुटी: Invalid <ref> tag; name "samakalinsahitya" defined multiple times with different content
  2. This is Sahityaghar http://www.sahityaghar.com/intro.php website accessed on November 9, 2014.
  3. American Journal of Health Research http://article.sciencepublishinggroup.com/html/10.11648.j.ajhr.20150305.15.html website accessed on Oct 1, 2015.
  4. Baraili, C. (2068) Vyaktitwaka Biwidh Ayamharuma Nawa Raj Subba, www.nrsubba.com.np ISBN No. 978-9937-2-4107-6.
  5. This is Madan Puraskar Library reference http://madanpuraskar.org/ website accessed on November 7, 2014.
  6. This is Sanjaal Corps Library reference http://sanjaal.com/ website accessed on November 7, 2014.
  7. This is Sound Cloud musical store https://soundcloud.com/nawaraj-subba website accessed on November 7, 2014.
  8. This is Cyber Nepal musical store http://www.cybernepal.com.np/ website accessed on November 7, 2014.
  9. This is online News, http://www.usnepalonline.com/archives/news_online_nepali_poetry_uk_feb16_08.htm
  10. This is online news, http://www.nepaliheadlines.com/2014-10-18-12-32-21/
  11. This is online literary magazine, website accessed on August 30, 2015. http://www.khasskhass.com/navaraajsubba.htm
  12. This is Majheri official website of Pallav, website accessed on August 30, 2015. http://www.majheri.com/node/5054