सामग्रीमा जानुहोस्

"नवराज सुब्बा" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ७३: पङ्क्ति ७३:


[[File:Webcam competition prize 2007.jpg|thumb|Prize distribution of world webcam poem competition 2007]]उक्त अनलाईन विश्व वेभक्याम कविता प्रतियोगिताको प्रथम पुरस्कार विजयी कवि नवराज सुब्बालाई वाणी प्रकाशन विराटनगरमा वरिष्ठ कवि कृष्णभूषण बलबाट प्रदान गरिएको थियो । फोटोमा बायाँबाट क्रमसः कवि रमेश पौडेल, बरिष्ठ कथाकार परशु प्रधान, वाणी प्रकाशनका अध्यक्ष कृष्णभूषण बल, कवि नवराज सुब्बा, अनलाईन साहित्यघरका अध्यक्ष विश्वासदीप तिगेला, कवि विवश पोखरेल ।
[[File:Webcam competition prize 2007.jpg|thumb|Prize distribution of world webcam poem competition 2007]]उक्त अनलाईन विश्व वेभक्याम कविता प्रतियोगिताको प्रथम पुरस्कार विजयी कवि नवराज सुब्बालाई वाणी प्रकाशन विराटनगरमा वरिष्ठ कवि कृष्णभूषण बलबाट प्रदान गरिएको थियो । फोटोमा बायाँबाट क्रमसः कवि रमेश पौडेल, बरिष्ठ कथाकार परशु प्रधान, वाणी प्रकाशनका अध्यक्ष कृष्णभूषण बल, कवि नवराज सुब्बा, अनलाईन साहित्यघरका अध्यक्ष विश्वासदीप तिगेला, कवि विवश पोखरेल ।

}}
'''हामी नेपाली'''
{{Quote box |width=350px |align=right|quoted=true |bgcolor=#FFFFF0 |salign=right
|quote =
<poem> '''हामी नेपाली'''
नेपाली नेपाली हामी नेपाली
नेपाली नेपाली हामी नेपाली
मधेशी होस वा जनजाति हामी नेपाली
मधेशी होस वा जनजाति हामी नेपाली

१८:१८, १२ अक्टोबर २०१५ जस्तै गरी पुनरावलोकन

डा नवराज सुब्बा
Dr Nawa Raj Subba
Dr Nawa Raj Subba
जन्म१ अक्टोबर १९६१
हाङपाङ, ताप्लेजुङ, नेपाल
पेशासाहित्यकार
राष्ट्रियता नेपाल
वेबसाइट
www.nrsubba.com.np

डा नवराज सुब्बा कवि, गीतकार तथा निबन्धकार हुन्।[१][२][३] मानवता, राष्ट्रियता तथा सीमान्तकृत समुदायका आवाज बोकेका उनका रचना नेपाली साहित्य र संगीत जगतमा सरल, सरस र सबल ढंगले मुखरित छन् ।[४][५][६][७][८] उनी गायक पनि हुन्।[९][१०] उनमा बहुमुखी प्रतिभा छ । ।[११][१२]

उनको जन्म सन् 1961 अक्टोबर 1 मा ताप्लेजुङ जिल्लाको हाङपाङ गाउँमा भएको थियो । उनले लेखन 70 को दशकमा सुरु गरेता पनि पुस्तकाकार कृतिहरुको रुपमा प्रकाशन चाहि 2000 पछि मात्र गरेको पाइन्छ ।[१३][१४][१५][१६] 2007 मा सम्पन्न भएको पहिलो अनलाईन विश्व वेभक्याम कविता प्रतियोगितामा प्रथम भएपछि साहित्य क्षेत्रमा यिनी निकै चर्चित भए।[१७] उनका कविताहरु अंग्रेजी र वंगला भाषामा पनि अनुवाद गरिएका छन् ।[१८]

शिक्षा तथा पेशा

पेशाले डा सुब्बा एक दक्ष जनस्वास्थ्यकर्मी हुन् । उनले नेपालको विभिन्न जिल्लाहरूमा जनस्वास्थ्य व्यवस्थापकका रूपमा तीन दशकभन्दा बढी काम गरे । उनको पेशागत अध्ययन जनस्वास्थ्यमा स्नातकोत्तर हो। त्रिभुवन विश्वविद्यालयमा सुब्बाले नेपाली साहित्यमा पनि स्नातकोत्तर गरे। स्वास्थ्य मनोविज्ञान विषयमा उनले सोही विश्वविद्यालयबाट विद्यावारिधि गरेका हुन। जनस्वास्थ्य क्षेत्रमा उनका पुस्तकहरु प्रकाशित छन् ।[१९]

शोध तथा अनुसन्धान

उनले नेपालको जनस्वास्थ्य र स्वास्थ्य मनोविज्ञान क्षेत्रमा विभिन्न शिर्षकहरुमा शोध गरि थुप्रै लेखहरु अन्तराष्ट्रिय जर्नलहरुमा प्रकाशित गरेका छन् ।[२०][२१]

 कठघरामा उभिएर
हो ! हो ! हो !
म सत्य सत्य बोल्दैछु
आमाको परिभाषा म केवल आमा बुझ्दछु
जोड्दछु नाता नानाथरि
तर कदापि तोड्दिनँ यो नाता
कतिन्जेल केरिरहन्छौ !
हिरासत–मुक्त गरिदेऊ मलाई
अन्योलबाट, रिक्तता, तिक्तताबाट मुक्त गरिदेऊ !
भन, ती को हुन् ?
जसले तिमीलाई काखमा राखेर बुबु खुवाइन्
माया गरेर बुई चढाइन्
उनैको शरीरमा दिसापिसाब गरे पनि
पखालेर म्वाइँ खाइन्
भन, काँडाले घोच्दाखेरि
हिँड्दा ठेस लाग्दाखेरि
बताऊ ए आरोपित !
रगत बग्दा तिम्रो मुखैमा
पहिले को आइपुग्छ ?
भन π नसेलाउने न्यानो काख
र कहिल्यै ननिभ्ने आँखा कोसँग हुन्छ ?
अनि कसका छातीभित्र
दुःखको अपार सगर मात्र हैन
अथाह सुखको सागर पनि छ ?

ऐय्या, अब भो !
कति मीठा नमीठा सवालहरूले हिर्काइरहन्छौ !
ल भैगो म मेरो आत्मै खोलिदिन्छु
हो श्रीमान् ! विकल्प सबै कुराको छ
तर छैन विकल्प जननीको
हुँदैन विकल्प आमाको
आमा निर्विकल्प सत्य हुन्
उहिले सानामा रुँदाखेरि
‘लौ हाँस–हाँस मेरो बाबु’ भन्थिन् आमा
आज म आत्मसमर्पण गर्दै
कठघराबाट उद्घोष गर्दैछु–
आमा ! एकफेर हाँसिदेऊ न !
तिम्रो मुस्कान फर्काउन
म हिमाल भएर ठि...ङ्ग... उभिएको छु
तिमी जहाँ छौ म त्यहीँ छु
आखिर म नै तिमी र तिमी नै म हुँ
तिमी मेरो मुखमा झुन्डिएकी छ्यौ
हृदयमा मुस्कुराइरहेकी छ्यौ आमा !
तिमी मेरो आत्माझैँ अमर छ्यौ
दूबो, ढुङ्गा छोएर बोल्दैछु–
आमा ! तिमी आत्माझैँ अमर छ्यौ ।

('बीच बाटोमा ब्यूँझेर' कवितासंग्रह, 2008)
Recital poem on online poem competition 2007
अनलाईन साहित्य मञ्चद्वारा आयोजित पहिलो अनलाईन विश्व वेभक्याम कविता प्रतियोगिता 2007 मा 'कठघरामा उभिएर' शिर्षकको कवितावाचन गर्दै फोटोमा माथिः प्रतियोगी नवराज सुब्बा (विराटनगर), तल आयोजक विश्वासदीप तिगेला (बेलायत)
Prize distribution of world webcam poem competition 2007
उक्त अनलाईन विश्व वेभक्याम कविता प्रतियोगिताको प्रथम पुरस्कार विजयी कवि नवराज सुब्बालाई वाणी प्रकाशन विराटनगरमा वरिष्ठ कवि कृष्णभूषण बलबाट प्रदान गरिएको थियो । फोटोमा बायाँबाट क्रमसः कवि रमेश पौडेल, बरिष्ठ कथाकार परशु प्रधान, वाणी प्रकाशनका अध्यक्ष कृष्णभूषण बल, कवि नवराज सुब्बा, अनलाईन साहित्यघरका अध्यक्ष विश्वासदीप तिगेला, कवि विवश पोखरेल ।

हामी नेपाली नेपाली नेपाली हामी नेपाली मधेशी होस वा जनजाति हामी नेपाली हिमाल, पहाड, तराई माटोका रङ्ग एउटै छ शर्मा या शेर्पा थारू या राई रगतको रङ्ग एउटै छ नेपाली नेपाली हामी नेपाली...

('देशको माया' देशभक्ति गीति एल्बम 2009)

साहित्यिक क्षेत्र

  1. जीवन मेरो शब्दकोशमा कवितासङ्ग्रह (2006)
  2. मनको मझेरी निबन्धसङ्ग्रह (2007)
  3. बीच बाटोमा ब्यूँझेर कवितासङ्ग्रह (2008)
  4. सहिदलाई सलाम गीतसङ्ग्रह (2010)
  5. यात्रा आधा शताब्दीको कवितासङ्ग्रह (2011)
  6. चीत्कार मुक्तकसङ्ग्रह (2012)
  7. समयको स्वाद निबन्धसङ्ग्रह (2013)

साङ्गीतिक क्षेत्र

  1. देशको माया देशभक्ति गीति एल्बम (2009)
  2. लुकेको रहर गजल एल्बम (2010)
  3. अमूल्य जीवन गीति एल्बम (2011)
  4. हामी पहिले नेपाली देशभक्तिगीत एल्बम (2012)
  5. हिमालैमा हिउँ लोकगीत एल्बम (2013)


  • गीत-सङ्गीत/अन्तर्वार्ता (भिडियो)
  1. नवराज सुब्बाको प्रतिबिम्ब, भाग–१ भिडियो एल्बम (2010)
  2. प्रतिबिम्ब, भाग–२ भिडियो एल्बम (2010)
  3. प्रतिबिम्ब, भाग–३ भिडियो एल्बम (2011)
  4. प्रतिबिम्ब, भाग–४ भिडियो एल्बम (2012)

जनस्वास्थ्य क्षेत्र

कृतिहरू[२६][३][२१]

  1. Health Seeking Behavior of Rajbansi Community in Nepal, 2001
  2. Assessment on Health Improvement in Eastern Nepal, 2003
  3. Assessment on Morang Innovative Neonatal Intervention, 2006
  4. जनस्वास्थ्यः पाटा बाटा र अनुभूति Janaswasthya paataa, baataa ra anubhuti (Collection of Contemporary Public Health Articles) 2006
  5. जनस्वास्थ्यका सवालहरू Janaswasthyaka Sawalharu (Collection of Contemporary Public Health Articles) 2007

साहित्यिक पुरस्कार तथा सम्मान

  1. पहिलो अनलाईन विश्व वेभक्याम कविता प्रतियोगितामा प्रथम, 2007[२७]
  2. घमानसिंह घले साहित्य सम्मान, 2014
  3. व्यथित काव्य वनिता पुरस्कार, 2014[२८]
  4. लेखनाथ पुस्तकालयद्वारा सम्मान, 2012
  5. उदयानन्द मुक्तिनाथ अज्र्याल संगीत प्रतिभा पुरस्कार, 2011
  6. पल्लव साहित्य प्रतिष्ठान सम्मान, 2009[२९]
  7. जयन्द्र प्रसाई स्मृति साहित्य सम्मान, 2007[३०]
  8. मोहन रेग्मी वाणी पुरस्कार, 2006
  9. नाट्येश्वर प्रतिष्ठान विराटनगर सम्मान, 2006
  10. नवरङ्ग साहित्य सम्मान, 2006.

राष्ट्रसेवा सम्मान तथा पुरस्कार

  1. विराटेश्वर वृद्धाश्रमद्वारा सम्मान, 2013
  2. दीर्घराना समुन्द्रवम सम्मान, 2013
  3. स्पर्श नेपालद्वारा सम्मानित, 2012
  4. मोरङ एड्स सञ्जलबाट सम्मानित, 2011
  5. किरात याक्थुङ चुम्लुङ मोरङबाट सम्मानित, 2011
  6. विराटनगर उपमहानगरपालिकाबाट सम्मानित, 2010
  7. बबरसिंह थापा स्मृति सम्मान पुरस्कार, 2007
  8. हाङपाङ सेवा समाज काठमाडौंबाट अभिनन्दित, 2007
  9. गोरखादक्षिणबाहु, 1990[३१]

References

  1. मधु पोखरेल (२०६८) साहित्य र सङ्गीतका दोभान नवराज सुब्बा, साहित्यिक प्रतिभा विशेषाङ्क, जुही, वर्ष ३१, अंक ३, पूर्णाङ्क ६७, पृष्ठ २२९–२४४
  2. कि.ये,सं, अ.स.स. (२०१०) अनुसूची १० वैयक्तिक विवरण, किरात येले सम्बत संवत् अभिलेखालय, पृष्ठ २६७
  3. ३.० ३.१ The official website of online library of Nepali literature http://onlinesahitya.com/allauthors?page=61.
  4. कृष्णप्रसाद दाहाल (२०६५) नवराज सुब्बाको कृतिगत मूल्याङ्कन, गरिमा, वर्ष २६, अंक ६, पूर्णाङ्क ३०६, जेठ २०६५, पृष्ठ ५७–६६
  5. जगत् प्रेक्षित (२०६७) सुन्दर कविताहरूको सँगालो वीच बाटोमा ब्यूँझेर, गोरखापत्र संस्थान, मधुपर्क, २०६७, वर्ष ४३, अंक ३, पूणौरू्क ४९४, पृष्ठ २१
  6. लक्ष्मणप्रसाद गौतम (२०६६) द्वन्द्वको परिणाबाट उत्पन्न अन्योलग्रस्त भविष्य, समकालीन नेपाली कविताका प्रवृत्तिहरू, पृष्ठ ३०४
  7. बालकृष्ण पोखरेल (२०६९) ‘चीत्कार’का स्रष्टालाई मेरो आशीर्वचन, चीत्कार मुक्तकसंग्रह लेखक नवराज सुब्बा, वाणाी प्रकाशन विराटनगर, पृष्ठ ग–ङ
  8. परशु प्रधान (२०६५) मनको मझेरी भित्र नवराज सुब्बा, प्रारम्भमा परशु प्रधान, सम्पादक– कुमारप्रसाद कोइराला, वाणी प्रकाशन विराटनगर, पृष्ठ २१०–२२३
  9. बुलु मुकारूङ (२०७१) नेपाली सङ्गीत क्षेत्रका गीतकार, नेपाली सङ्गीतको अभिलेख, पाल्पा बुक्स बागबजार काठमाडौं, पृष्ठ ३७, ४००, ६१३
  10. Subba NR. (2010) Sahidlai salaam. Sajha Praksahan.
  11. बैरागी काइँला (२०६७) समुन्द्रको आइसबर्गमा देखिने नवराजको मुण्टो, अध्ययनको आलोकमा बीच बाटोमा ब्यूँझेर, सम्पादक डा कृष्णप्रसाद ढकाल, २०६७, पृष्ठ १०६–११०
  12. दधिराज सुबेदी (२०६९) नवराज सुब्बाको कलात्मक प्रस्तुती ‘मनको मझेरी’, नेपाली साहित्यका मुस्कानहरू, पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगर, १४८–१५३
  13. नेपाल कविता डट कम् (२०६२/६३) जागृतीका परेवाहरू नवराज सुब्बा, गणतन्त्रको खेती, नेपाल कविता डट् कम सम्पादक विक्रम सुब्बा, गणतन्त्र कविता आन्दोलन २०६२/६३ का अभिलेख कविताहरू, पृष्ठ ११७
  14. जुही (२०६५) ‘मेरो जागिरे जीवन’ भित्रका पात्रहरू छाम्दा नवराज सुब्बा, श्यामकृष्ण श्रेष्ठ विशेषाङ्क २०६५, पृष्ठ ४८२–४८४
  15. गरिमा (२०६६) देशको माया गीत– नवराज सुब्बा, साझा प्रकाशन, गरिमा, वर्ष २८, अङ्क १, पूर्णाङ्क ३२५ पुष २०६६, पृष्ठ २०
  16. वनिता (२०७०) हे नेपाल आमा नवराज सुब्बा, आमा कविता विशेषाङ्क, पृष्ठ ५९
  17. This is Sahityaghar http://www.sahityaghar.com/intro.php website accessed on November 9, 2014.
  18. Hari Adhikari, Pawan Alok (2012) Value of life Nawa Raj Subba, An Anthology of Nepali Verses, Edited by Hari Adhikari and Pawan Alok, Oikko Prakashoni, 73 Kakrail, Dhaka. pp 124
  19. Baraili C. (2068) Vyaktitwaka Biwidh Ayamharuma Nawa Raj Subba, www.nrsubba.com.np ISBN No. 978-9937-2-4107-6.
  20. American Journal of Health Research http://article.sciencepublishinggroup.com/html/10.11648.j.ajhr.20150305.15.html website accessed on Oct 1, 2015.
  21. २१.० २१.१ The official website of research collections https://www.researchgate.net/profile/Nawaraj_Subba2/publications.
  22. This is Madan Puraskar Library reference http://madanpuraskar.org/ website accessed on November 7, 2014.
  23. This is Sanjaal Corps Library reference http://sanjaal.com/ website accessed on November 7, 2014.
  24. This is Sound Cloud musical store https://soundcloud.com/nawaraj-subba website accessed on November 7, 2014.
  25. This is Cyber Nepal musical store http://www.cybernepal.com.np/ website accessed on November 7, 2014.
  26. Journal of Nepal Health Research Council Journal, 2004. http://jnhrc.com.np/index.php/jnhrc/article/viewFile/79/76.
  27. This is online News, http://www.usnepalonline.com/archives/news_online_nepali_poetry_uk_feb16_08.htm
  28. This is online news, http://www.nepaliheadlines.com/2014-10-18-12-32-21/
  29. This is Majheri official website of Pallav, website accessed on August 30, 2015. http://www.majheri.com/node/5054
  30. This is Contemporary Nepali Literature reference http://www.samakalinsahitya.com/ website accessed on November 7, 2014. उद्दरण त्रुटी: Invalid <ref> tag; name "samakalinsahitya" defined multiple times with different content
  31. This is online literary magazine, website accessed on August 30, 2015. http://www.khasskhass.com/navaraajsubba.htm

उद्दरण त्रुटी: <ref> tag with name "mirmire" defined in <references> is not used in prior text.
उद्दरण त्रुटी: <ref> tag with name "madhupark" defined in <references> is not used in prior text.

उद्दरण त्रुटी: <ref> tag with name "pramod" defined in <references> is not used in prior text.

External Links