सामग्रीमा जानुहोस्

"नवराज सुब्बा" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १९२: पङ्क्ति १९२:
<ref name=govind> Himal Khabar Patrika, ''He aamaa'' by Dambar Krishna Shrestha. http://nepalihimal.com/article/296.</ref>
<ref name=govind> Himal Khabar Patrika, ''He aamaa'' by Dambar Krishna Shrestha. http://nepalihimal.com/article/296.</ref>
<ref name=lukekorahar> Album ''lukeko rahar'' release program Kathmandu Nepal, 2010. http://hknepal.com/wp/?p=13730.</ref>
<ref name=lukekorahar> Album ''lukeko rahar'' release program Kathmandu Nepal, 2010. http://hknepal.com/wp/?p=13730.</ref>
<ref name=americankournal2> Traditional Practices on Mother and Child Health Care in Rajbanshi Community of Nepal. http://article.sciencepublishinggroup.com/html/10.11648.j.ajhr.20150305.18.html</ref>
<ref name=americanjournal2> Traditional Practices on Mother and Child Health Care in Rajbanshi Community of Nepal. http://article.sciencepublishinggroup.com/html/10.11648.j.ajhr.20150305.18.html</ref>
}}
}}



१४:२२, १३ अक्टोबर २०१५ जस्तै गरी पुनरावलोकन

डा नवराज सुब्बा
Dr Nawa Raj Subba
Dr Nawa Raj Subba
जन्म१ अक्टोबर १९६१
हाङपाङ, ताप्लेजुङ, नेपाल
पेशासाहित्यकार
राष्ट्रियता नेपाल
वेबसाइट
www.nrsubba.com.np

डा नवराज सुब्बा (अङ्ग्रेजी: en:Dr Nawa Raj Subba) कवि, गीतकार तथा निबन्धकार हुन्।[१][२] मानवता, राष्ट्रियता तथा सीमान्तकृत समुदायका आवाज बोकेका उनका रचना सरल, सरस र सबल ढंगले नेपाली साहित्य र संगीत जगतमा मुखरित छन् ।[३][४] उनी गायक पनि हुन्।[५][६] उनी एक दक्ष जनस्वास्थ्यकर्मी तथा शोधकर्ता पनि हुन् ।[७] उनले नेपालका विभिन्न जिल्लामा जनस्वास्थ्य व्यवस्थापनमा तीन दशक भन्दा बढी काम गरे । उनमा बहुमुखी प्रतिभा छ ।[८] उनको जन्म सन् 1961 अक्टोबर 1 मा ताप्लेजुङ जिल्लाको हाङपाङ गाउँमा भएको थियो ।

शिक्षा

उनले त्रिभुवन विश्वविद्यालयबाट जनस्वास्थ्य र नेपालीमा स्नातकोत्तर तथा स्वास्थ्य मनोविज्ञानमा विद्यावारिधि गरे । उनले लेखन 70 को दशकमा सुरु गरेता पनि समाजशास्त्र समेतको अध्ययन गरेर मात्र सन् २००० पछि उनले पुस्तकाकार कृतिहरु प्रकाशमा ल्याएको भन्ने उनको भनाई रहेको छ ।[९][१०][११][१२][१३]

अध्ययन अनुसन्धान

उनले नेपालको जनस्वास्थ्य र स्वास्थ्य मनोविज्ञान क्षेत्रका विभिन्न शिर्षकहरुमा अध्ययन गरि थुप्रै लेख तथा शोधपत्रहरु अन्तराष्ट्रिय जर्नलहरुमा प्रकाशित गरेका छन् ।

  • Traditional Practices on Mother and Child Health Care in Rajbanshi Community of Nepal. American Journal of Health Research. Vol. 3, No. 5, 2015, pp. 310-317. doi: 10.11648/j.ajhr.20150305.18.[१४]
  • Postpartum Depression Relating to Smoking and Drinking Habits of Husbands Among Rajbanshi Mothers in Nepal. American Journal of Health Research. Vol.3, No. 5, 2015, pp. 293-297.doi: 10.11648/j.ajhr.20150305.15.[१५]
  • Modification of Delivery Practice in Rajbanshi Mothers of Nepal.Journal of Nobel Medical College Vol. 3, No.1 Issue 5, pp10-15.[१६]
  • Delivery Practices among Rajbanshi. A Research Journal of Culture and Society 02/2014; 1(2). DOI: 10.3126/researcher.v1i2.9886. [१७]
  • A study of public health indicators of Morang Nepal by Lot Quality Assurance Sampling method.Nepal Medical College Journal; Vol.9, No.2, June 2007 pp117-119.[१८]
  • Health Seeking Behavior of Rajbanshi in Katahari and Baijanathpur of Morang District, Nepal. Journal of Nepal Health Research Council. Vol.2, No.2, October 2004, pp14-17.[१९]
  • Demographic Assessment on Vasectomy Clients of Sankhuwasabha Nepal. Nepal Medical College Journal. Vol.5, No.2, December 2003, pp98-99.[२०]

 कठघरामा उभिएर
हो ! हो ! हो !
म सत्य सत्य बोल्दैछु
आमाको परिभाषा म केवल आमा बुझ्दछु
जोड्दछु नाता नानाथरि
तर कदापि तोड्दिनँ यो नाता
कतिन्जेल केरिरहन्छौ !
हिरासत–मुक्त गरिदेऊ मलाई
अन्योलबाट, रिक्तता, तिक्तताबाट मुक्त गरिदेऊ !
भन, ती को हुन् ?
जसले तिमीलाई काखमा राखेर बुबु खुवाइन्
माया गरेर बुई चढाइन्
उनैको शरीरमा दिसापिसाब गरे पनि
पखालेर म्वाइँ खाइन्
भन, काँडाले घोच्दाखेरि
हिँड्दा ठेस लाग्दाखेरि
बताऊ ए आरोपित !
रगत बग्दा तिम्रो मुखैमा
पहिले को आइपुग्छ ?
भन π नसेलाउने न्यानो काख
र कहिल्यै ननिभ्ने आँखा कोसँग हुन्छ ?
अनि कसका छातीभित्र
दुःखको अपार सगर मात्र हैन
अथाह सुखको सागर पनि छ ?

ऐय्या, अब भो !
कति मीठा नमीठा सवालहरूले हिर्काइरहन्छौ !
ल भैगो म मेरो आत्मै खोलिदिन्छु
हो श्रीमान् ! विकल्प सबै कुराको छ
तर छैन विकल्प जननीको
हुँदैन विकल्प आमाको
आमा निर्विकल्प सत्य हुन्
उहिले सानामा रुँदाखेरि
‘लौ हाँस–हाँस मेरो बाबु’ भन्थिन् आमा
आज म आत्मसमर्पण गर्दै
कठघराबाट उद्घोष गर्दैछु–
आमा ! एकफेर हाँसिदेऊ न !
तिम्रो मुस्कान फर्काउन
म हिमाल भएर ठि...ङ्ग... उभिएको छु
तिमी जहाँ छौ म त्यहीँ छु
आखिर म नै तिमी र तिमी नै म हुँ
तिमी मेरो मुखमा झुन्डिएकी छ्यौ
हृदयमा मुस्कुराइरहेकी छ्यौ आमा !
तिमी मेरो आत्माझैँ अमर छ्यौ
दूबो, ढुङ्गा छोएर बोल्दैछु–
आमा ! तिमी आत्माझैँ अमर छ्यौ ।

('बीच बाटोमा ब्यूँझेर' कवितासंग्रह, 2008)
A poem kathgharama ubhiyera recited in the first online webcam world poem competition stood first in 2007
The first prize of the first online webcam world poem competition was distributed in a program held at Banni Prakashan Biratnagar

साहित्यिक क्षेत्र

बेलायत स्थित अनलाईन नेपाली साहित्य मञ्चले सन् २००७ मा पहिलो अनलाईन वेभक्याम विश्व कविता प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगितामा २७ देशका १०३ जना प्रतियोगी सहभागी थिए । विराटनगर नेपालबाट अनलाईन वेभक्याममा सहभागी कवि नवराज सुब्बा प्रतियोगितामा प्रथम भए । यसले सुब्बाको चर्चा चुलियो । [२१] उनका कविताहरु अंग्रेजी र वंगला भाषामा पनि अनुवाद गरिएका छन् ।[२२] कवि वैरागी काइँला नवराज सुब्बाकालाई सरल तर गहिरो मान्छे भन्नु हुन्छ र लेखनको भाषा पनि सरल छ भन्दै कविता सरल र गहन रुपमा लेख्ने काम कठिन कार्य हो जो सुब्बाले गरेका छन् भन्नु हुन्छ ।[२३] भाषाशास्त्री बालकृष्ण पोखरेल नवराजका कवितामा नकारात्मक ब्यापार पाईदैनन् र उनले सफलताको एउटा चचुरो चुमेका छन् भन्नुहुन्छ ।[२४] समालोचक डा. गोविन्दराज भट्टराई नवराज सुब्बालाई आमालाई औधी माया गर्ने मान्छे र आमा सम्बन्धी सशक्त कविता लेख्ने एक कविका रुपमा लिएका छन् ।[२५] यसैगरि समालोचक लीला लुइँटेल नवराजका कवितामा नारीलाई सम्मान गरिएको छ उच्च स्थान दिइएको छ भन्नु हुन्छ ।[२६] समालोचक डा. कृष्णप्रसाद दाहाल नवराजका कवितामा उच्च, उदात्त र स्वाभीमानी जीवनमूल्यको प्रतिबिम्बन भएको पाइन्छ भन्नुहुन्छ ।[२७] समालोचक दधिराज सुबेदी सुब्बालाई हिजैको परिवेशमा जन्मिएका भए सिद्धिचरण श्रेष्ठ, हरिभक्त कटुवाल र भूपी शेरचन पछिका पङ्तिमा उनको नाम दरिने थियो भन्नु हुन्छ ।[२८] आख्यानकार परशु प्रधान भन्नु हुन्छ– नवराज सुब्बा दक्ष र राम्रा कवि मात्र होइनन् राम्रा निबन्धकार पनि हुन् । उनी राम्रा प्रशासक मात्र होइनन् राम्रा मानवतावादी पनि हुन् । राम्रा गीतकार मात्र होइनन् राम्रा गायक पनि हुन् । उनीभित्र सर्वतोमुखी प्रतिभा छ । त्यसलाई बेलैमा चिनेर कदर गर्न जान्नु पर्छ ।[८] हाल नवराज सुब्बाको कृतीत्व तथा ब्यक्तित्वको बारेमा विभिन्न शोधार्थीहरुले त्रिभुवन विद्यालयमा अध्ययन गरिरहेका छन् ।

  1. जीवन मेरो शब्दकोशमा कवितासङ्ग्रह (2006)
  2. मनको मझेरी निबन्धसङ्ग्रह (2007)
  3. बीच बाटोमा ब्यूँझेर कवितासङ्ग्रह (2008)
  4. सहिदलाई सलाम गीतसङ्ग्रह (2010)
  5. यात्रा आधा शताब्दीको कवितासङ्ग्रह (2011)
  6. चीत्कार मुक्तकसङ्ग्रह (2012)
  7. समयको स्वाद निबन्धसङ्ग्रह (2013)

साङ्गीतिक क्षेत्र

बरिष्ठ गीतकार रत्न समशेर थापाले नवराज सुब्बाका गीतहरु राष्ट्रियभावनाले ओतप्रोत छन् जो सबै देशभक्त नेपालीले सुन्नै पर्ने बताउनु हुन्छ । अर्का बरिष्ठ गीतकार किरण खरेल भन्नुहुन्छ सुब्बाका गीतमा त्यो साहित्यिक गहिराई छ जसले गीतलाई गम्भीर बनाएको छ । अर्का बरिष्ठ गीतकार कालीप्रसाद रिजालले सुब्बाका गीत नेपाली गीतसंगीत क्षेत्रका अमूल्य निधिका रुपमा रहने छन् भन्नु भएको छ ।[३१]

  1. देशको माया देशभक्ति गीति एल्बम (2009)
  2. लुकेको रहर गजल एल्बम (2010)
  3. अमूल्य जीवन गीति एल्बम (2011)
  4. हामी पहिले नेपाली देशभक्तिगीत एल्बम (2012)
  5. हिमालैमा हिउँ लोकगीत एल्बम (2013)

हामी नेपाली
नेपाली नेपाली हामी नेपाली
मधेशी होस वा जनजाति हामी नेपाली
हिमाल, पहाड, तराई माटोका रङ्ग एउटै छ
शर्मा या शेर्पा थारू या राई रगतको रङ्ग एउटै छ
नेपाली नेपाली हामी नेपाली...
(देशको माया देशभक्ति गीति एल्बम 2009)

  • गीत-सङ्गीत/अन्तर्वार्ता (भिडियो)
  1. नवराज सुब्बाको प्रतिबिम्ब, भाग–१ भिडियो एल्बम (2010)
  2. प्रतिबिम्ब, भाग–२ भिडियो एल्बम (2010)
  3. प्रतिबिम्ब, भाग–३ भिडियो एल्बम (2011)
  4. प्रतिबिम्ब, भाग–४ भिडियो एल्बम (2012)

जनस्वास्थ्य क्षेत्र

जनस्वास्थ्य क्षेत्रमा उनका पुस्तकहरु प्रकाशित छन् । कृतिहरू[१९][२६][७]

  1. Health Seeking Behavior of Rajbansi Community in Nepal, 2001
  2. Assessment on Health Improvement in Eastern Nepal, 2003
  3. Assessment on Morang Innovative Neonatal Intervention, 2006
  4. जनस्वास्थ्यः पाटा बाटा र अनुभूति Janaswasthya paataa, baataa ra anubhuti (Collection of Contemporary Public Health Articles) 2006
  5. जनस्वास्थ्यका सवालहरू Janaswasthyaka Sawalharu (Collection of Contemporary Public Health Articles) 2007

साहित्यिक सम्मान

  1. पहिलो अनलाईन विश्व वेभक्याम कविता प्रतियोगितामा प्रथम, 2007[३४]
  2. घमानसिंह घले साहित्य सम्मान, 2014
  3. व्यथित काव्य वनिता पुरस्कार, 2014[३५]
  4. लेखनाथ पुस्तकालयद्वारा सम्मान, 2012
  5. उदयानन्द मुक्तिनाथ अज्र्याल संगीत प्रतिभा पुरस्कार, 2011
  6. पल्लव साहित्य प्रतिष्ठान सम्मान, 2009[३६]
  7. जयन्द्र प्रसाई स्मृति साहित्य सम्मान, 2007[३७]
  8. मोहन रेग्मी वाणी पुरस्कार, 2006
  9. नाट्येश्वर प्रतिष्ठान विराटनगर सम्मान, 2006
  10. नवरङ्ग साहित्य सम्मान, 2006.

राष्ट्रसेवा सम्मान

  1. विराटेश्वर वृद्धाश्रमद्वारा सम्मान, 2013
  2. दीर्घराना समुन्द्रवम सम्मान, 2013
  3. स्पर्श नेपालद्वारा सम्मानित, 2012
  4. मोरङ एड्स सञ्जलबाट सम्मानित, 2011
  5. किरात याक्थुङ चुम्लुङ मोरङबाट सम्मानित, 2011
  6. विराटनगर उपमहानगरपालिकाबाट सम्मानित, 2010
  7. बबरसिंह थापा स्मृति सम्मान पुरस्कार, 2007
  8. हाङपाङ सेवा समाज काठमाडौंबाट अभिनन्दित, 2007
  9. गोरखादक्षिणबाहु, 1990[३८]

References

  1. मधु पोखरेल (२०६८) साहित्य र सङ्गीतका दोभान नवराज सुब्बा, साहित्यिक प्रतिभा विशेषाङ्क, जुही, वर्ष ३१, अंक ३, पूर्णाङ्क ६७, पृष्ठ २२९–२४४
  2. कि.ये,सं, अ.स.स. (२०१०) अनुसूची १० वैयक्तिक विवरण, किरात येले सम्बत संवत् अभिलेखालय, पृष्ठ २६७
  3. जगत् प्रेक्षित (२०६७) सुन्दर कविताहरूको सँगालो वीच बाटोमा ब्यूँझेर, गोरखापत्र संस्थान, मधुपर्क, २०६७, वर्ष ४३, अंक ३, पूणौरू्क ४९४, पृष्ठ २१
  4. लक्ष्मणप्रसाद गौतम (२०६६) द्वन्द्वको परिणाबाट उत्पन्न अन्योलग्रस्त भविष्य, समकालीन नेपाली कविताका प्रवृत्तिहरू, पृष्ठ ३०४
  5. बुलु मुकारूङ (२०७१) नेपाली सङ्गीत क्षेत्रका गीतकार, नेपाली सङ्गीतको अभिलेख, पाल्पा बुक्स बागबजार काठमाडौं, पृष्ठ ३७, ४००, ६१३
  6. Subba NR. (2010) Sahidlai salaam. Sajha Praksahan.
  7. ७.० ७.१ The official website of research collections https://www.researchgate.net/profile/Nawaraj_Subba2/publications.
  8. ८.० ८.१ परशु प्रधान (२०६५) मनको मझेरी भित्र नवराज सुब्बा, प्रारम्भमा परशु प्रधान, सम्पादक– कुमारप्रसाद कोइराला, वाणी प्रकाशन विराटनगर, पृष्ठ २१०–२२३
  9. नेपाल कविता डट कम् (२०६२/६३) जागृतीका परेवाहरू नवराज सुब्बा, गणतन्त्रको खेती, नेपाल कविता डट् कम सम्पादक विक्रम सुब्बा, गणतन्त्र कविता आन्दोलन २०६२/६३ का अभिलेख कविताहरू, पृष्ठ ११७
  10. जुही (२०६५) ‘मेरो जागिरे जीवन’ भित्रका पात्रहरू छाम्दा नवराज सुब्बा, श्यामकृष्ण श्रेष्ठ विशेषाङ्क २०६५, पृष्ठ ४८२–४८४
  11. गरिमा (२०६६) देशको माया गीत– नवराज सुब्बा, साझा प्रकाशन, गरिमा, वर्ष २८, अङ्क १, पूर्णाङ्क ३२५ पुष २०६६, पृष्ठ २०
  12. वनिता (२०७०) हे नेपाल आमा नवराज सुब्बा, आमा कविता विशेषाङ्क, पृष्ठ ५९
  13. Baraili C. (2068) Vyaktitwaka Biwidh Ayamharuma Nawa Raj Subba, www.nrsubba.com.np ISBN No. 978-9937-2-4107-6.
  14. Traditional Practices on Mother and Child Health Care in Rajbanshi Community of Nepal. http://article.sciencepublishinggroup.com/html/10.11648.j.ajhr.20150305.18.html
  15. American Journal of Health Research http://article.sciencepublishinggroup.com/html/10.11648.j.ajhr.20150305.15.html website accessed on Oct 1, 2015.
  16. Modification of Delivery Practice in Rajbanshi Mothers of Nepal.Journal of Nobel Medical College Vol. 3, No.1 Issue 5, pp10-15.
  17. Delivery Practices among Rajbanshi Community in Nepal. http://www.nepjol.info/index.php/RESEARCHER/article/view/9886
  18. A study of public health indicators of Morang Nepal by Lot Quality Assurance Sampling method.Nepal Medical College Journal; Vol.9, No.2, June 2007 pp117-119.
  19. १९.० १९.१ Journal of Nepal Health Research Council Journal, 2004. http://jnhrc.com.np/index.php/jnhrc/article/viewFile/79/76.
  20. Demographic Assessment on Vasectomy Clients of Sankhuwasabha Nepal. Nepal Medical College Journal. Vol.5, No.2, December 2003, pp98-99.
  21. This is Sahityaghar http://www.sahityaghar.com/intro.php website accessed on November 9, 2014.
  22. Hari Adhikari, Pawan Alok (2012) Value of life Nawa Raj Subba, An Anthology of Nepali Verses, Edited by Hari Adhikari and Pawan Alok, Oikko Prakashoni, 73 Kakrail, Dhaka. pp 124
  23. बैरागी काइँला (२०६७) समुन्द्रको आइसबर्गमा देखिने नवराजको मुण्टो, अध्ययनको आलोकमा बीच बाटोमा ब्यूँझेर, सम्पादक डा कृष्णप्रसाद ढकाल, २०६७, पृष्ठ १०६–११०
  24. बालकृष्ण पोखरेल (२०६९) ‘चीत्कार’का स्रष्टालाई मेरो आशीर्वचन, चीत्कार मुक्तकसंग्रह लेखक नवराज सुब्बा, वाणाी प्रकाशन विराटनगर, पृष्ठ ग–ङ
  25. Himal Khabar Patrika, He aamaa by Dambar Krishna Shrestha. http://nepalihimal.com/article/296.
  26. २६.० २६.१ The official website of online library of Nepali literature http://onlinesahitya.com/allauthors?page=61.
  27. कृष्णप्रसाद दाहाल (२०६५) नवराज सुब्बाको कृतिगत मूल्याङ्कन, गरिमा, वर्ष २६, अंक ६, पूर्णाङ्क ३०६, जेठ २०६५, पृष्ठ ५७–६६
  28. दधिराज सुबेदी (२०६९) नवराज सुब्बाको कलात्मक प्रस्तुती ‘मनको मझेरी’, नेपाली साहित्यका मुस्कानहरू, पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगर, १४८–१५३
  29. This is Madan Puraskar Library reference http://madanpuraskar.org/ website accessed on November 7, 2014.
  30. This is Sanjaal Corps Library reference http://sanjaal.com/ website accessed on November 7, 2014.
  31. Album lukeko rahar release program Kathmandu Nepal, 2010. http://hknepal.com/wp/?p=13730.
  32. This is Sound Cloud musical store https://soundcloud.com/nawaraj-subba website accessed on November 7, 2014.
  33. This is Cyber Nepal musical store http://www.cybernepal.com.np/ website accessed on November 7, 2014.
  34. This is online News, http://www.usnepalonline.com/archives/news_online_nepali_poetry_uk_feb16_08.htm
  35. This is online news, http://www.nepaliheadlines.com/2014-10-18-12-32-21/
  36. This is Majheri official website of Pallav, website accessed on August 30, 2015. http://www.majheri.com/node/5054
  37. This is Contemporary Nepali Literature reference http://www.samakalinsahitya.com/ website accessed on November 7, 2014. उद्दरण त्रुटी: Invalid <ref> tag; name "samakalinsahitya" defined multiple times with different content
  38. This is online literary magazine, website accessed on August 30, 2015. http://www.khasskhass.com/navaraajsubba.htm

उद्दरण त्रुटी: <ref> tag with name "mirmire" defined in <references> is not used in prior text.
उद्दरण त्रुटी: <ref> tag with name "madhupark" defined in <references> is not used in prior text.
उद्दरण त्रुटी: <ref> tag with name "pramod" defined in <references> is not used in prior text.

उद्दरण त्रुटी: <ref> tag with name "rajbanshimph" defined in <references> is not used in prior text.

External Links