साधना प्रधान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

साधना प्रधान नेपालका पहिलो महिला पत्रकार हुन्। यिनले कुमारी कामाक्षादेवी सँग मिलेर वि.सं. २००८ सालमा महिला नामक पत्रिका प्रकाशित गरेकी थिइन्। साधना प्रधान एमाले नेतृ साहना प्रधानकी दिदी तथा पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीकी श्रीमती हुन्। नेपालको शिक्षा क्षेत्रको इतिहासमा वि.सं. २००४ सालमा पहिलो पटक चार जना महिलाहरू - साधना प्रधान, साहना प्रधान, अंगुरबाबा जोशी र भुवनसिंहले प्रवेशिका परीक्षा दिएका थिए।[१]

बाल्यकाल तथा शिक्षादिक्षा[सम्पादन गर्नुहोस्]

साधना प्रधान बर्मामा हुर्केकी हुन्। उनको परिवार दोस्रो विश्वयुद्धको बेला भागेर नेपाल आएको थियो। शिक्षाको जग बर्मामैँ बसालेकि उनले २००४ सालमा नेपालमा प्रवेशिका परीक्षा दिने हिम्मत गरिन र नेपालको इतिहासमा प्रवेशिका परीक्षा दिने पहिलो महिलाहरूमा आफ्नो नाम दर्ज गरिन्।[१]


सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ भैरव रिसाल (शनिबार, २८ पौष , २०७५), "एसएलसी दिने प्रथम चार महिला", अन्तिम पहुँच जुलाई २९, २०१९ 

बाह्य सूत्र[सम्पादन गर्नुहोस्]