विलियम बर्क

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

विलियम बर्क मदन पुरस्कार पाउने पहिलो विदेशी हुन्। उनलाई फादर विलियम बर्क भनेर चिनिन्छ। उनले वि.सं. २०५१मा उक्त पुरस्कार पाएका हुन्।

जीवनी[सम्पादन गर्नुहोस्]

विलियम बर्क हेलिङ्गयाक्स, क्यानडामा जन्मेका हुन्। उनले बी. ए., बी. कम त्यहाँको सेन्ट मेरिज विश्वविद्यालयमा र एक वर्षसम्म डल्हौजी विश्व विद्यालयमा कानुनको अध्ययन गरेका हुन्। अध्ययन समाप्त भएपछि प्रारम्भमा उनले १२ वर्षजति अध्यापन कार्य गरे। सुरुमा हिन्दी माध्यमको विद्यालयमा अध्यापन गरे भने पछि सन् १९८०को दशकमा अर्थात् सन् १९८१मा प्राथमिक भाषा नेपाली भएको सेन्ट रोबर्टस उच्च विद्यालय, दार्जीलिङको प्राधानाध्यापक पनि बने।

पुरस्कार[सम्पादन गर्नुहोस्]

धेरै वर्षको मेहनत र प्रयत्नको फलस्वरूप तयार भएको सही शब्द नामक नेपाली ग्रन्थका लागि उनले मदन पुरस्कार २०५१ प्राप्त गरे।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]