विकिपिडिया:दिशानिर्देशहरू

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

प्रस्तुत दिशानिर्देशहरू विकिमिडिया नेपालको प्रारम्भिक दिशानिर्देशहरू हुन्। यसका बुँदाहरूमा तपाईंको दावी विरोध भए वार्तालाप पृष्ठमा उल्लेख गर्नुहोला। तपाईंको सुझाब हाम्रा लागि महत्वपुर्ण छ।

हिज्जे विन्यास (शब्द संरचना)

  • नेपाली विकिपिडियामा सम्पूर्ण सामग्रीहरूमा सरल नेपाली भाषा प्रयोग गरिने छ।
  • यसमा अन्य नियमले व्याख्या नगरेका शब्दहरू नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित नेपाली बृहत् शब्दकोशको अनुसार हिज्जे विन्यास गरिने छ।
  • अङ्ग्रेजी शब्दको छोटकरी रूप लेख्दा जोडेर लेखेमा अन्तिम ईकार मात्र दीर्घ अरू सबै ह्रस्व हुनेछ भने लाघव चिह्न (थोप्लो) सहित लेख्दा सबै ईकार तथा उकार दीर्घ हुनेछ। जस्तैः युएनडिपी अथवा यू. एन. डी. पी. आदि।
  • सन् तथा विसं लेख्दा मितिसँग विभक्तिहरू नजोडी लेखिनेछ।
  • पूर्णविराम, उद्गार र प्रश्नवाचक वा अन्य चिह्नहरू र अन्तिम शब्दबिच स्पेस राखिने छैन।
  • अङ्ग्रेजी आगन्तुक शब्दहरूमा "sa"को अर्थमा "स" मात्र प्रयोग गरिने छ, "ष" र "श" प्रयोग गरिने छैन। यस्ता शब्दहरूमा अन्तिम बाहेक सबै इकार तथा उकार ह्रस्व लेखिनेछ जस्तैः प्लास्टिक, एसोसिएसन, ब्याट्री आदि।
  • श्रेणी बनाउँदा गन्नसकिने नामको श्रेणी बहुवचनमा लेखिने छ। जस्तैः पानीका स्रोतहरू, पर्यटकीय स्थलहरू तर इतिहास, भूगोल, संस्कृति आदि।
  • यो नियम लागू भएको मितिबाट कम्तिमा पनि एउटा सन्दर्भ स्रोत नखुलेको नयाँ लेख रचना राख्न प्रतिबन्ध लगाइने छ।
  • जीवनी लेख्दा तृतीय पुरुष तथा मध्यम आदरार्थी शब्दको प्रयोग गरिनेछ। जस्तैः विसं २०६३ मा राजा ज्ञानेन्द्रले व्यापक जनदवावका कारण गद्दी त्याग गरे। उच्च आदरार्थी तथा अनादरार्थी शब्दको प्रयोग गरेमा सच्याइने छ।
  • राजनीतिक नेता, साहित्यकार जस्ता प्रख्यात व्यक्तिहरूको वास्तविक नाम नै मुख्य मानिने छ। अन्य नामहरू REDIRECT पृष्ठको रूपमा राखिनेछ।
  • अङ्ग्रेजी अक्षर तथा अङ्कहरू एक्लै लेख्नु परेमा सबै दीर्घ लेखिनेछ। जस्तैः e-ई, d-डी, u-यू, 3-थ्री आदि। तर जोडेको बेलामा अन्तिम बाहेक सबै ह्रस्व हुनेछ। जस्तैः थ्रिस्टार
  • गाउँ विकास समितिहरूको नाम एउटै परेमा अल्पविराम चिह्न (,) दिएर जिल्लाको नाम लेखिनेछ। जस्तैः कटुञ्जे, काभ्रेपलाञ्चोक र कटुञ्जे, भक्तपुर।
  • नेपाली विकिपिडियामा अश्लिल शब्दहरू निषेधित छ।
  • REFERENCES को समान अर्थमा सन्दर्भ सामग्रीहरू तथा EXTERNAL LINKS को समान अर्थमा बाह्य लिङ्कहरू or कडीहरू प्रयोग गरिने छ।
  • कुनै व्यक्तिले प्राप्तगरेको पद तथा सम्मानका कारण दिइएको उपमालाई जीवनीको शीर्षकमा राख्न पाइनेछैन।
  • खाली शीर्षकहरू थप्न पाइने छैन।
  • अर्को लेखमा मिलाइनुपर्ने लेखहरू श्रेणीमा भएका लेखहरूकोविरुद्धमा एक महिनासम्म पनि कुनै दावी विरोध नआएमा कार्यान्वयनमा ल्याइने छ। विवाद भएमा चौतारीमा छलफल गरी निर्णय गरिने छ।

लेख लेख्नका लागि विषयवस्तु

  • विकिपिडियामा लेखिने लेखको शीर्षक महत्वपूर्ण विषय हुनुपर्छ।
  • त्यस्तो शीर्षकको लेख पढ्दा सकेसम्म धेरै मानिसले ज्ञान वा महत्वपूर्ण जानकारी पाउने किसिमको हुनुपर्छ।

शीर्षकको स्तर

  • शीर्षक छोटो र प्रष्ट हुनुपर्छ।
  • एउटै नाममा फरक फरक विषयवस्तुको बारेमा लेख्नुपर्ने भएमा
    • स्पष्टता पृष्ठ तयार गर्नुपर्ने।
    • उस्तै उस्तै भएपनि त्यो विषयवस्तुलाइ प्रष्ट्याउनेगरी शीर्षक बनाउनुपर्ने। जस्तोः जोगमाई नदी र जोगमाई गाविस

एउटा लेखमा हुनुपर्ने न्यूनतम कुरा

  • शीर्षक
  • परिचय हरफ
  • त्यो विषय उल्लेखनीय अथवा महत्वपूर्ण (Notable) भएको पुष्टि गर्ने आधार
  • त्यस विषयवस्तुसँग सम्बन्धित सन्दर्भ सामग्री।

सन्दर्भ सामग्रीको मान्यता

निम्नानुसारका सन्दर्भ सामग्रीहरू मान्य हुनेछन्

    • सम्बन्धित विषयको बारेमा जानकारी भएको तर त्यसविषय सँग सम्बन्ध नभएको स्वतन्त्र वेबसाइट वा समाचार साइट
    • सम्बन्धित विषयमा प्रकाशित भएका पत्रपत्रिका, पुस्तक, जर्नल आदि

मान्य नहुने

    • ब्लग, विषयवस्तुकै आफ्नो वेवसाइट
    • फेसबुक, युट्युब

बाहिरी कडीहरू

  • सन्दर्भ सामग्रीको रूपमा प्रयोग भएका तथा लेखमा समाबेस विषयवस्तु भएका वेवठेगाना बाहिरी कडीहरूको रूपमा प्रयोग गर्न पाइने छैन।
  • नेपाली भाषामा भएका बाहिरी वेबसाइट मात्र स्विकार गरिनेछ।
  • लेखसँग सम्बन्धित बाहिरी वेबसाइट आदिको URL प्रदान गर्नुपर्नेछ।
  • विषयवस्तुको आधिकारिक वेबसाइट भए त्यसको उल्लेख गर्ने।

भाषाको प्रयोग

  • शुद्ध भाषाको प्रयोग
  • शिष्ठ र सम्मानजनक
  • व्याक्तिगत आक्षेप र गालीगलोज तथा आरोप प्रत्यारोप बिहिन
  • राष्ट्रिय अखण्डता र सामाजिक सद्भावमा खलल नपुग्ने
  • निर्देशन दिइए जस्तो नहुने त पूर्णरुपमा मित्रवत ढाँचामा लेखिएको

लेख पृष्ठको बनोट

आयोजना पृष्ठ

रिडाइरेक्ट पृष्ठ

स्पष्टता पृष्ठ

  • अनेकार्थक शब्दहरूको मूलशब्दलाई स्पष्टता पृष्ठ बनाइनेछ, उक्त स्पष्टता पृष्ठमा सबै अर्थलाग्ने सम्बन्धित लेखहरूको लिंक सामान्य अर्थसहित राखिनेछ।

स्थान परिचयको ढाँचाः

  • जानकारी बाकस (infobox)
  • स्थानको सामान्य परिचय (शीर्षकबिना)
  • नामकरण
  • इतिहास
  • भौगोलिक अवस्था
  • जनसंख्या

जीवनीको ढाँचाः

  • जानकारी बाकस (infobox)
  • व्यक्तिको वर्तमान सामान्य परिचय (शीर्षकबिना)
  • बाल्यकाल
  • शिक्षा
  • पेशागत विकासक्रम

पुस्तक परिचयको ढाँचाः

  • जानकारी बाकस (infobox)
  • सामान्य परिचयः लेखक, विधा, प्रकाशक, मिति, पृष्ठसंख्या, मुद्रण, पुनर्मुद्रण (शीर्षकबिना)
  • पुस्तक सारांश
  • पात्र परिचय

वनस्पतिको बारेमा लेखको ढाँचाः

  • जानकारी बाकस (infobox)
  • सामान्य परिचयःनाम, अन्य नामहरू, अन्य भाषाका नामहरू, प्रकार (शीर्षकबिना)
  • वनस्पतिको बाह्य संरचना
  • उपयोगिता
  • उत्पादन

यी पनि हेर्नुहोस्