विकिपिडिया वार्ता:दिशानिर्देशहरू
स्वरूप
- नेपाल प्रज्ञा प्रतिष्ठान द्वारा प्रकाशित नेपाली बृहत् शब्दकोश अत्याधिक त्रुटीपूर्ण रहेको छ। यस विषयमा भाषाशास्त्रीहरूमाझ गहिरो बहश चलिरहेको छ। त्यसकारण त्यस शब्दकोषलाई मानकको रूपमा मान्ने विषयमा मेरो विरोध छ। --Ganesh Paudel (कुरा गर्ने) ०४:५५, १२ जुन २०१३ (युटिसी(UTC))
- नेपाल प्रज्ञा प्रतिष्ठान नेपालको एकमात्र भाषा नियमनकारी संस्था भएको हुनाले त्रुटी छ भन्नु गलत हो । यो शब्दकोश नमान्ने हो भने कुन मान्ने त ?-
DULAL (कुरा गर्ने) १०:१३, १२ जुन २०१३ (युटिसी(UTC))
- नेपाल प्रज्ञा प्रतिष्ठान नेपालको एकमात्र भाषा नियमनकारी संस्था भएको हुनाले त्रुटी छ भन्नु गलत हो । यो शब्दकोश नमान्ने हो भने कुन मान्ने त ?-
- पूर्णविराम, उद्गार र प्रश्नवाचक चिह्न र अन्तिम शब्दबिच एक स्पेस छोड्ने अथवा नछोड्ने भन्ने विषयमा नेपाली यूनिकोडको निर्माण हुने बेलामा पनि व्यापक छलफल भएको विषय हो। भाषा लेखनमा शब्द, वाक्य, हरफ, पृष्ठ, खण्ड आदि छुट्याइन्छ। ती सबै इकाईहरू यी चिह्नहरूले छुट्याउँछ। त्यसैले यस्ता लेख्य चिह्न (Punctuation Mark) हरू अन्तिम शब्दसँग जोडेर लेख्नु उचित हुन्छ। यसो नगरेमा भोलि यान्त्रिक अनुवाद (Machine Translation) कार्यमा हामीले धेरै कठीनाई भोग्नुपर्ने हुनसक्छ। यस विषयमा विकिमीडिया भाषा इन्जिनियरिङ टोलीसँग समेत राय लिनु राम्रो हुन्छ।--Ganesh Paudel (कुरा गर्ने) ०५:१०, १२ जुन २०१३ (युटिसी(UTC))
- अक्षरमा जोडिएर बुझ्न गाह्रो नहोस भनेर त्यसो गरिएको हो । इन्जिनियरिङ टोलीले गरेको सुझाब नै उपयुक्त होला यान्त्रिक अनुवाद (Machine Translation)मा त्रुटीरहीत हुने सम्भावना छ कि छैन? -
DULAL (कुरा गर्ने) १०:१३, १२ जुन २०१३ (युटिसी(UTC))
- अक्षरमा जोडिएर बुझ्न गाह्रो नहोस भनेर त्यसो गरिएको हो । इन्जिनियरिङ टोलीले गरेको सुझाब नै उपयुक्त होला यान्त्रिक अनुवाद (Machine Translation)मा त्रुटीरहीत हुने सम्भावना छ कि छैन? -
- REFERENCES को समान अर्थमा सन्दर्भ सामग्रीहरू तथा EXTERNAL LINKS को समान अर्थमा बाह्य कडीहरू सही देखिन्छ।--Ganesh Paudel (कुरा गर्ने) ०५:१०, १२ जुन २०१३ (युटिसी(UTC))
- यो नियम लागू भएको मितिबाट कम्तिमा पनि एउटा सन्दर्भ स्रोत नखुलेको नयाँ लेख रचना राख्न प्रतिबन्ध लगाइने छ। - यस नियममा केही खुकुलो हुनु पर्छ होला? प्रतिबन्ध को सट्टा अरु कुने उपयुक्त शब्द प्रयोग गर्दा कसो होला?
- अहिलेदेखि नै सफा गर्ने बानी नगरे हाम्रा भावी विकिपिडियनहरूलाई बोझ हुने निश्चित छ । प्रतिबन्धको सट्टामा मेटाइनेछ लेख्न सकिन्छ ।
- कुनै व्यक्तिले प्रोप्तगरेको पद तथा सम्मानका कारण दिइएको उपमालाई जीवनीको शिर्षकमा राख्न पाइनेछैन। - यो भन्नुको अर्थ अलि ब्याख्या गरिदिनु होला। - HempalShrestha (कुरा गर्ने) ०६:५६, ३० जुन २०१३ (युटिसी(UTC))
- कुनै व्यक्तिले प्राप्तगरेको पद तथा सम्मानका कारण दिइएको उपमा भन्नाले डा., माननीय, इ., जर्नेल आदि । -
DULAL (कुरा गर्ने) ०९:४५, ३० जुन २०१३ (युटिसी(UTC))
- कुनै व्यक्तिले प्राप्तगरेको पद तथा सम्मानका कारण दिइएको उपमा भन्नाले डा., माननीय, इ., जर्नेल आदि । -
- नेपाली भाषामा भएका बाहिरी वेवसाइट मात्र स्विकार गरिनेछ भन्ने वाक्यको अलिकति ब्याख्या गरीदिनुहुन अनुरोध गर्छु।-सृजना (कुरा गर्ने) ०९:०३, ५ जुलाई २०१३ (युटिसी(UTC))
- नेपाली भाषामा भएका बाहिरी वेवसाइट भन्नाले जसको वा जेको बारेमा लेख छ त्यसको आधिकारिक वेबसाइट भन्दा बाहेकका वेवसाइटहरू जस्तै : Twitter मा, Internet Database मा (तर सायद यस्ता वेबसाइटहरू नेपालीमा नभेटिन सक्छन ) । - Nirmal Dulal (कुरा गर्ने) १२:४२, ५ जुलाई २०१३ (युटिसी(UTC))
- बाह्य कडीको रूपमा प्रयोग गरिएको वेवसाइटलाई भनिएको हो । -
DULAL (कुरा गर्ने) ०९:०२, ६ जुलाई २०१३ (युटिसी(UTC))
- बाह्य कडीको रूपमा प्रयोग गरिएको वेवसाइटलाई भनिएको हो । -
- नेपाली भाषामा भएका बाहिरी वेवसाइट भन्नाले जसको वा जेको बारेमा लेख छ त्यसको आधिकारिक वेबसाइट भन्दा बाहेकका वेवसाइटहरू जस्तै : Twitter मा, Internet Database मा (तर सायद यस्ता वेबसाइटहरू नेपालीमा नभेटिन सक्छन ) । - Nirmal Dulal (कुरा गर्ने) १२:४२, ५ जुलाई २०१३ (युटिसी(UTC))
मेरो विचार
[सम्पादन गर्नुहोस्]मैले सबै ठाउँमा देखे अनुसार पूर्ण विराम (।) अन्तिम शब्दसँग जोडिएकै हुन्छ। अर्को कुरा अपूर्ण अथवा ठुटा लेखहरूमा सन्दर्भ सामाग्री अथवा स्रोत खुलाउन आवश्यक छैन।--आर॰पी॰ जोशी कुरा गर्नुहोस् योगदान १९:०५, १८ जुलाई २०१३ (युटिसी(UTC))