पिस्ता

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पिस्ता
पाकेको पिस्ताको फल
भुटेर तयार पारिएको पिस्ता
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
फूल फुल्ने वनस्पति (एन्जिओस्पर्म)
(श्रेणीविहीन):
(श्रेणीविहीन):
गण:
कुल:
वंश:
प्रजाति:
P. vera
वैज्ञानिक नाम
Pistacia vera
लिनिअस

पिस्ता मसलाको रूपमा प्रयोग गरिने फल लाग्ने वनस्पति हो । स्वादिलो परिकार तयार पार्न पेस्ताको प्रयोगलाई प्रमुख स्वादका रूपमा सेफहरूले लिने गरेका छन् । पेस्ताको स्वाद मन नपराउने हामीमध्ये थोरै मात्र होलान् । ठूला होस वा साना सबै होटलका सेफहरु पेस्ताको बखान गरेर थाक्दैनन् ।


पेस्ता सेवन गर्नाले हुने फाइदाहरु[सम्पादन गर्नुहोस्]

  • मुटु
नियमित रूपमा पेस्ता खानाले मुटुजन्य समस्याबाट सहजै छुटकारा पाउन सकिन्छ । पेस्ताले मुटुको धड्कनलाई नियमित बनाउन सहयोग गर्छ । पेस्ता सेवन उच्च रक्तचाप हुनेहरुका लागि अति उपयुक्त  ओखती पनि हो ।
  • स्वस्थकर चिल्लो
पेस्तामा शरीरलाई फाइदा हुने चिल्लो पदार्थ लुकेको हुन्छ । ५० दाना पेस्तामा १६० क्यालोरी लुकेको हुन्छ । यसको अर्थ पेस्ता लो क्यालोरी भएको खाजा भन्दा पनि हुन्छ ।
  • फाइबर
अन्य फाइबर जन्य खोराकको अनुपातमा पेस्तामा अत्यधिक मात्रामा फाइबर उपलब्ध हुन्छ ।
  • क्यारोटिन
पेस्तामा क्यारोटिनोइड भन्ने विशेषता लुकेको हुन्छ जसले आँखाको जोतीलाई बलियो बनाइराख्न मद्धत पुर्याउँछ ।
  • मासुको सट्टामा
पिस्तामा आबद्ध फिटोसटेरोल्स भन्ने तत्वले अन्य श्रोतबाट शरीरमा प्रवेशहुने कोलस्ट्रोललाई सोस्ने काम गर्छ । अनि यसले मासुले प्रदान गर्ने शक्ति प्रदान गर्छ ।
  • प्रोटिन
हरियो सागसब्जिमा जस्तै पेस्तामा पनि प्रोटिनको मात्रा लुकेको हुन्छ र यसको सेवन साकाहारी तथा मान्साहारी दुबै थरिका मानिसहरु गर्छन् किनकि यसको प्रयोग माछामासुको सट्टामा गर्न सकिन्छ।
  • विषादीनाशक
केही निश्चित प्रकारका खानेकुरामा उपलब्ध फेनोलीक भन्ने तत्व पेस्तामा पनि उपलब्ध छ जसले शरीरमा विषादीनाशकको काम गर्छ । विषादीनाशक गुणले शरीरमा तनाव उत्पन्न हुन दिदैन जसका कारण क्यान्सर तथा मुटुजन्य रोगले घर बनाउन सक्तैन ।
  • ८. पोषण
पेस्तामा आइरन, पोटासियम, फासफोरस, म्याग्नेसियम तथा भिटामीन बी को मात्रा उपलब्ध हुन्छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]