बबिता बस्नेत

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

बबिता बस्नेत नेपाली पत्रकार तथा महिला अधिकारकर्मी हुन्। उनी हाल घटना र विचार साप्ताहिककी सम्पादक छिन्। बस्नेतले २०४७ साल जेठबाट नेपाल पत्र दैनिकको संवाददाताका रूपबाट पत्रकारिता क्षेत्रमा प्रवेश गरेकी थिइन्। उनले इन्डियन इन्स्टिच्युट अफ मास कम्युनिकेनबाट पत्रकारिताको एड्भान्स प्रशिक्षण लिएकी छन्। उनले टाइम्स अफ इन्डिया र रेडियो नेपालबाट प्रसारण हुने घटना र विचार रेडियो कार्यक्रमसंग समेत काम गरेकी छन्।[१] महिला सञ्चारकर्मीहरूको संस्था सञ्चारिका समुहकी अध्यक्ष रहिसकेकी बस्नेत अहिले मिडिया एडभोकेसी ग्रूपको अध्यक्षको रूपमा पनि कार्यरत छिन्[१]

उनले सम्पदा राष्ट्रिय अवार्ड [२] लगायतका पुरस्कारहरू प्राप्त गरेकी छन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]