सूक्ष्मदर्शक यन्त्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

अति सुक्ष्म/सानो वस्तुलाई ठुलो पारी हेर्न प्रयोग गरिने उपकरणलाई सुक्ष्मदर्शक यन्त्र भनिन्छ । यसलाई (अङ्ग्रेजी: Microscope भनिन्छ । यसमा दुईवटा कन्भेक्स लेन्सको प्रयोग गरिएको हुन्छ । एउटा कन्भेक्स लेन्सलाई अब्जेटिभ लेन्स भनिन्छ भने अर्को लेन्स आइलेन्स (Eye Lens) हो । आइलेन्स आँखाको नजिक हुन्छ । यसबाट हेर्ने गरिन्छ ।
सुक्ष्मदर्शक यन्त्रमा यि दुईवटा लेन्सहरुबिचको दूरी घटबढ गर्न नमिल्ने गरी निश्चित दुरि निर्धारण गरिएको हुन्छ । यसलाई जीव कोष, कीटाणु र अन्य अत्यन्तै साना वस्तुहरूको अवलोकन गर्न विज्ञान प्रयोगशाला र डाक्टरको क्लिनिकमा पनि प्रयोग गरिन्छ ।

Microscope
Microscope
प्रयोगSmall sample observation
Notable experiments
Discovery of cells
सम्बन्धित उपकरणहरूOptical microscope Electron microscope