आन्तरिक जाँच

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

आन्तरिक जाँच (अङ्ग्रेजी: Internal Check) प्रणाली भन्नाले यस्तो प्रक्रिया हो जुन संस्था वा कम्पनीको दैनिक कार्य प्रणालीमा लागु गरिएको हुन तथा दैनिका कार्य प्रणालीमा निरन्तर कृयाशिल हुने गर्दछ भने यसले कुनै पनि व्यक्तिले गरेको कार्यलाई कार्य प्रक्रियाको पछिल्लो तहमा आफै जाँच हुने गरी तयार गरिएको हुन्छ ।[१] यस प्रणालीमा कार्य प्रणालीमा रहेको व्यक्तिहरूको कार्य सोही प्रणालीका अन्य व्यक्तिहरूद्धारा स्वतः जाँच हुने गरी तयार तथा लागु गरिएको हुन्छ । आन्तरिक व्यक्तिहरूबाट जाँच हुने जाँच प्रणाली भनेले यसलाई आन्तरिक जाँच प्रणाली भनिन्छ ।

आन्तरिक जाँच प्रणाली संस्थाको आन्तरिक नियन्त्रण प्रणालीको हिस्सा हो भने यसले आन्तरिक नियन्त्रण प्रणालीको सहायक प्रणालीको रूपमा निरन्तर कार्य गरी रहेको हुन्छ ।


आन्तरिक जाँच प्रणालीको व्यवहारिक उदाहरणहरू[सम्पादन गर्नुहोस्]

  • संस्थाको कुनै पनि गोश्वारा भौचर एक भन्दा बढी व्यक्तिले हस्ताक्षर गर्नु
  • चेकमा एक भन्दा बढि व्यक्तिहरूको हस्ताक्षर हुनु
  • सम्पत्ति व्यवस्थापनमा श्रेस्ता राख्ने तथा भौतिक सम्पत्ति सुरक्षणको जिम्मा फरक व्यक्तिहरूलाई दिइनु आदि

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Practical Auditing, Kul Narsingh Shrestha, 2012, Nabin Prakashan, Kathmandu, Nepal