स्ट्राइक रेट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

क्रिकेट खेलमा स्ट्राइक रेटले दुई प्रकारको तथ्याङ्कलाई जनाउन सक्दछ । ब्याटिङ स्ट्राइक रेट ले ब्याट्सम्यान ले आफ्नो प्राथमिक लक्ष्य कसरी प्राप्त गर्दछ भन्ने मापन गर्दछ । अर्थात् रन कुन गतिमा बनाइरहेको छ त्यो थाहा पाउन सकिन्छ । त्यस्तै बलिङ स्ट्राइक रेट ले बलर कसरी आफ्नो प्राथमिक लक्ष्य कसरी प्राप्त गरिरहेको छ मापन गर्दछ, अर्थात् कुन गतिमा विकेट प्राप्त गरिरहेको छ त्यो थाहा पाउन सकिन्छ ।

यी दुवै स्ट्राइक रेट तुलनात्मक रूपमा नयाँ तथ्याङ्क हुन्, यसको बारेमा सन् १९७० को दशकतिर एकदिवसीय अन्तर्राष्ट्रियको सुरूवात भएपछि छलफल गर्न थालिएको हो ।

ब्याटिङ स्ट्राइक रेट[सम्पादन गर्नुहोस्]

International batting strike rates as of January 2004

कुनै पनि ब्याट्सम्यानले सामना गरेको प्रति १०० बलमा बनाउने औषत रनलाई ब्याटिङ स्ट्राइक रेट भनिन्छ । जुन ब्याट्सम्यानको स्ट्राइक रेट बढी छ उ प्रभावकारी ब्याट्सम्यान वा तेज गतिमा रन बनाउन सक्ने ब्याट्सम्यानको रूपमा चिनिन्छ ।

टेस्ट क्रिकेटमा ब्याट्सम्यानको स्ट्राइक रेटलाइ त्यत्ति प्राथमिकता दिइदैन ।यस्तो क्रिकेटमा रन बनाउने क्षमतालाई मात्र ध्यान दिइन्छ । यसको अर्थ टेस्ट क्रिकेट खेलाडीहरूको महत्त्वपूर्ण तथ्यांक ब्याटिङ औषत हो, स्ट्राइक रेट होइन ।

सिमित ओभरको क्रिकेट मा भने स्ट्राइक रेटको महत्त्वपूर्ण हुन्छ ।यसको कारण प्रत्येक टिमले इनिङमा सिमित सङ्ख्यामा मात्र बल सामना गर्न पाउछ, यदि ब्याट्सम्यानले तिव्र गतिमा रन बनाएमा मात्र टिमले बढी रन जम्मा गर्न सक्दछ । १५० भन्दा माथिको स्ट्राइक रेट टिट्वान्टि क्रिकेटमा सामान्य मानिन्छ ।[१] स्ट्राइक रेट (s/r) एकदिवसीय क्रिकेटको प्रमुख तत्व हो । विशेष गरी टि-ट्वान्टि क्रिकेटमा कम स्ट्राइक रेट भन्दा बढी स्ट्राइक रेट भएको ब्याट्सम्यानलाई महत्त्व दिइन्छ ।

बलिङ स्ट्राइक रेट[सम्पादन गर्नुहोस्]

कुनै पनि बलरले १ विकेट लिनका लागि गर्ने औषत बललाई बलिङ स्ट्राइक रेट भनिन्छ । बलरको हकमा भने कम स्ट्राइक रेट राम्रो मानिन्छ, जति कम स्ट्राइक रेट भयो उसले त्यति चाडो विकेट लिन्छ ।

बलिङ स्ट्राइक रेट ब्याटिङ स्ट्राइक रेटको पूरकको रूपमा सन् १९८०को दशकतिर एकदिवसीय क्रिकेटमा सुरुवात भएपनि यसको महत्त्व एकदिवसीय भन्दापनि टेस्ट क्रिकेटमा बढी छ । यसको कारण के हो भने टेस्ट क्रिकेट खेल्ने बलरको प्रमुख लक्ष्य नै विकेट लिनु हुनछ तर एकदिवसीय खेलमा विकेटका साथै सिमित ओभर मात्र बलिङ गर्दा सकेसम्म कम रन दिनुपर्ने हुन्छ ।

जिवनकै सर्वोत्कृष्ट बलिङ स्ट्राइक रेट (टेस्ट)

सन्यास लिइसकेका खेलाडीहरू
स्ट्राइक रेट खेलाडी बल सङ्ख्या विकेट
३४.१ इङ्ल्यान्ड जर्ज लोह्मोन ३,८३० ११२
३७.७ अस्ट्रेलिया / इङ्ल्यान्ड जे. जे. फेर्रिस २,३०२ ६१
३८.८ न्युजिल्यान्ड शेन बेन्ड ३,३७२ ८७
४१.६ इङ्ल्यान्ड सिड्नी बार्नस ७,८७३ १८९
४३.१ दक्षिण अफ्रिका बेर्ट भोग्लेर २,७६४ ६४

योग्यता: २००० बल
अन्तिम पटक अपडेट: १९ अगस्ट २०१५[२]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. Cricinfo Twenty20 Internationals Highest career batting strike rates
  2. "Test matches – Bowling records – Best career strike rate", Cricinfo, ESPN, अन्तिम पहुँच १९ अगस्ट २०१५ 

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]