मृणाल पाण्डे

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मृणाल पाण्डे
मृणाल पाण्डे
मृणाल पाण्डे
जन्म (1946-02-26) २६ फेब्रुअरी १९४६ (उमेर ७८)
टीकमगढ, मध्य प्रदेश, भारत
पेशापत्रकार, लेखक, सम्पादिका
उल्लेखनीय पुरस्कारहरूपद्म श्री
सक्रिय अवधि१९६७ - हालसम्म

मृणाल पाण्डे ( (1946-02-26) २६ फेब्रुअरी १९४६ (उमेर ७८)) एक भारतीय पत्रकार, लेखिका तथा टेलीभिजनकी एक चर्चित व्यक्तित्व हुन्। अगष्ट २००९ सम्म उनी हिन्दी दैनिक हिन्दुस्तानको सम्पादिका थिइन्। हिन्दुस्तान भारतमा सबैभन्दा धेरै पढिने पत्रिकाहरूमा एक हो। उनी हिन्दुस्तान टाइम्सको हिन्दी प्रकाशन समूहको सदस्या पनि हुन्। यस बाहेक उनी लोकसभा च्यानलको साप्ताहिक साक्षात्कार कार्यक्रम (बातों बातों में) सञ्चालन पनि गर्छिन्। भारत सरकारले उनीलाई २००६ मा पद्म श्रीले सम्मानित गरेको थियो।[१]

उपन्यासहरू[सम्पादन गर्नुहोस्]

  • अपनी गवाही
  • हमका दियो परदेस
  • रास्तों पर भटकते हुए
  • पटरंगपुर पुराण
  • देवी
  • हमका दियो परदेस

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Padma Awards", Ministry of Home Affairs, Government of India, २०१५, अन्तिम पहुँच २१ जुलाई २०१५  वेब्याक मेसिन अभिलेखिकरण १५ अक्टोबर २०१५ मिति