मानव विकास अर्थशास्त्र
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) |
==मानव विकासको परिचय==आर्थिक क्षेत्रको विकास भएको अवस्थामा मात्र विकास भएको ठहर्छ भन्ने कुरा अर्थशास्त्रीहरूको राय देखिन्छ । हुन पनि राजनीति तथा सामाजिक क्षेत्रको विकास गर्नको लागि पनि अर्थकै आवश्यकता पर्दछ । अर्थ अथवा पैसा भएन भने न त राजनीति अगाडि बढ्न सक्छ, न त समाज नै । मानिसमा रक्तसञ्चारको जति आवश्यक हुन्छ, त्यस्तै आर्थिक पक्षको हुँदोरहेछ । पैसा नहुने हो भने यी दुवै क्षेत्र निकम्मा हुँदारहेछन् । त्यसैले पैसालाई न्यूनतम मात्रामा लगानी गरेर अधिकतम उपलब्धि हासिल गर्नेतिर लागिएको हुन्छ । किनकि वित्तीय साधनस्रोत सीमित हुन्छन् । यसको योगदानबाट धेरै क्षेत्रले प्रगति प्राप्त गर्नुपर्ने हुन्छ ।
मानवका आर्थिक
[सम्पादन गर्नुहोस्]मानव विकासका तीनवटा दृष्टिकोण छन्– क) मनोवैज्ञानिक दृष्टिकोण ख) मानवीय मूल्य दृष्टिकोण ग) गुणस्तरीय जीवन दृष्टिकोण
मनोवैज्ञानिक दृष्टिकोण
[सम्पादन गर्नुहोस्]मनोविज्ञानमा यस दृष्टिकोणले मानिसको आन्तरिक र बाह्य विकासलाई ध्यानमा राख्छ अर्थात् यसले मानिसको शारीरिक र मानसिक विकास तथा रोग प्रतिरोध क्षमता विकासको अध्ययन गर्छ । सामान्यतया मनोविज्ञानमा बाल विकासको बढी अध्ययन हुन्छ । यस अन्तर्गत मानिसको शारीरिक विकास अन्तर्गत स्वास्थ्य, तौल, लम्बाई इत्यादि कुराहरु पर्दछन् । मानसिक विकास अन्तर्गत शारीरिक परिवर्तनको मानसिक प्रभाव, मानसिक क्षमता, संवेग, केवल मानसिक विकास इत्यादि पर्दछन् । यी दुवै कुराको विकासका दुइ मुख्य तत्त्व मानिन्छ, प्रथम वंशानुक्रम र अर्को वातावरण । यी दुइ कुराको प्रभावले मानिसको जुन व्यक्तित्व निर्माण हुन्छ त्यसले व्यक्तिको सामाजिक, आर्थिक, मनोवैज्ञानिक र व्यक्तिगत अवस्था प्रभावित हुन्छ ।
मानवीय मूल्य दृष्टिकोण
[सम्पादन गर्नुहोस्]मानवीय मूल्य दृष्टिकोणमा मानवीय गुणहरूको विकासलाई मानव विकास भनिन्छ । मानवीय मूल्य, मान्यता र यसको विकासले सभ्य र सुसंस्कृत समाजको निर्माणमा सहयोग पुग्छ । मानवीय सभ्यता र संस्कृतिले तीन कुराको कामना गर्दछ– अन्धकारबाट उज्यालो तिर । मृत्युबाट अमरता तिर र असत्यबाट सत्य तिर– तमसोमा ज्योतिर्गमय । मृत्योर्मा अमृतं गमय । असतोमा सद्गमय । मानव विकासको यस दृष्टिकोणले मुख्यतः नैतिक कुराहरूलाई केन्द्रमा राख्छ ।
गुणस्तरीय जीवन दृष्टिकोण
[सम्पादन गर्नुहोस्]अर्थशास्त्रमा मानव विकासको अध्ययन अलि फरक प्रकारले गरिन्छ । कुनै देशको आर्थिक विकासका दुइ मुख्य आधार हुन्छन्– प्राृकतिक साधन र मानवीय साधन । मानवीय साधनको प्रयोगले मानिसको सुख र कल्याणका उन्नतिका विविध प्रयास गर्नु नै आर्थिक विकास हो । यहा“ ध्यान दिनु पर्ने कुरा के भने, मानवीय साधनलाई बढी उत्पादनशील बनाउन यसमा लगानी गरिरहनु पर्दछ । शिक्षा, स्वास्थ्य, सरसफाईमा लगानी गर्नु भनेको मानव विकासमा लागनी गर्नु हो । यी मध्ये मानव विकासका लागि सबभन्दा महत्त्वपूर्ण खर्च भनेको शिक्षा क्षेत्र हो । यसको दीर्घकालिक प्रभाव हुन्छ । तर स्वास्थ्य र सरसफाईमा खर्चको प्रतिफल छिटै प्राप्त हुन्छ । यस खर्चले मानवीय साधनलाई उत्पादनशील मात्र बनाउ“दैन, मानवीय कल्याणमा पनि योगदान गर्छ । यसले गर्दा मानव विकासमा गरिएको खर्च साधन र साध्य दुवै मानिन्छ । जबकि भौतिक पूर्वाधारमा गरिएको खर्चको केवल एक पक्षीय प्रभाव हुन्छ । त्यसले उत्पादनका साधन छिटो र सरलतासाथ उपलब्ध हुन जान्छन् । उत्पादन क्षमतामा वृद्धि हुन जान्छ । सडक, विद्युत स्वयंमा लक्ष्य होइन । यसको उद्देश्य मानव कल्याणसंग सम्बन्धित छ । मानव विकासको अर्थशास्त्रले जैविकीय विकासको अध्ययन गर्दैन बरु यसले गुणस्तरीय जीवनका लागि अनिवार्य, र आरामदायक आवश्यकताहरूको परिपूर्ति, सभ्य नागरिक सरह जीवन बिताउनका लागि चाहिने आवश्यक ज्ञान, सुख भोगका लागि चाहिने स्वस्थ र लामो आयु जस्ता कुराहरूको उपलब्धि जस्ता कुराहरूको अध्ययन गर्दछ । यी सबैका लागि चाहिने न्यूनतम मात्रा कति हो ? कति प्राप्त भएको छ ? कसरी प्राप्त गर्न सकिन्छ र यसको निरन्तर उपलब्धि र विकास के कसरी गर्न सकिन्छ भन्ने कुरा मानव विकासका अर्थशास्त्रको विषय वस्तु हो । त्यसैले, यस अवधारणालाई आर्थिक प्रगतिको तुलनामा सामाजिक न्यायलाई बढी महत्त्व दिने अवधारणा मानिन्छ । यो आर्थिक अवधारणा भइकन पनि यसले भौतिक धन र पूंजीको होइन मानवीय धन र मानवीय पूंजीको अध्ययन गर्दछ । मानिसका शारीरिक, मानसिक र बौद्धिक विकासको अध्ययन अर्थिक दृष्टिकोणले गर्दछ ।
मानव विकास अध्ययनका एप्रोच (विधि) र सूचक
[सम्पादन गर्नुहोस्]एप्रोचको अर्थ हुन्छ पुग्नु । अर्थात् मानव विकास के कति भएको छ ? के कस्तो विकास छ ? यसलाई अनुमान गर्ने समान्य तरीकाहरूलाई एप्रोच वा उपागम वा आगम भनिन्छ । मानव विकास सम्बन्धी अवधारणामा समय समयमा अर्थशास्त्री, समाजशास्त्री, राजनीतिशास्त्री लगायतका विचारकहरूले विचार गर्दै आएका छन् । यस आधारमा मानव विकासका लागि निम्न्लिखित विचारहरु प्रस्तुत गरिएका छन्–
१. आर्थिक वृद्धि– एडम स्मिथको समय देखिनै विकासलाई आर्थिक आयामसंग जोड्ने परम्परा सुरु भएको हो । दोस्रो विश्व युद्ध पछि यस अवधारणालाई अझ महत्त्वपूर्ण ठानिएको हो । यस अवधारणाले मानव विकास र गुणस्तरीय जीवन मूलतः आर्थिक पू“जी र प्रविधिको उपज हो भन्ने मान्दछ ।यस अवधारणाले सामाजिक, सांस्कृतिक र राजनीतिक सम्बन्धहरूलाई न्यूनीकरण गरेकोले यसलाई कम महत्त्वपूर्ण सूचक मानिन्छ ।
२. मानव पूंजीको विकास– सन ५० को दशक पछि मानव पूंजीको अवधारणा विकसित भयो । यस अवधारणाले मानव विकासको अवधारणालाई अस्वीकार गर्दैन तर यसले केवल मानवको स्वास्थ्य शिक्षा, सीप जस्ता मानव पूंजीलाई बढी महत्त्व दिन्छ । किनभने शिक्षित स्वस्थ र सीपयुक्त जनसङ्ख्याले आर्थिक विकासमा योगदान गर्दछ । यस अवधारणाको दोष के हो भने यसले मानिसलाई उत्पादनको एक साधनको रूपमा मात्र अध्ययन गरिएको छ । जबकि मानिस उत्पादनको अन्तिम लक्ष्य पनि हो ।
३. आर्थिक समानता– राष्ट्रिय आयमा वृद्धिले पूंजी र लगानीमा वृद्धि भइ रोजगारी बढछ जसले सबै मानिसको कल्याणमा वृद्धि हुन्छ भन्ने पूँजीवादी अवधारणा आंशिक रूपमा मात्र सफल रह्यो किनभने यसले समाजमा असमानता वृद्धि भइ धनी झन धनी र गरीब झन गरीब अझ गरीब हुन पुग्यो । जसले समाजमा जातीय, वर्गीय र अन्य द्वन्द्व चर्कियो । त्यस कारण समानता सहितको आर्थिक वृद्धिको अवधारणा विकसित भयो । तर यस अवधारणामा पनि आर्थिक पक्षलाई मात्र समेटिएको र अन्य मानवीय र व्यक्तिगत तत्वलाई बेवास्ता गरिएकोले मानव विकास र मानिसको कल्याणमा यसको योगदानलाई पूर्ण मानिंदैन।
४. आधारभूत आवश्यकता– सन ७०को शुरुमा यस अवधारणाको विकास भयो । राष्ट्रिय आयको वृद्धि, आर्थिक समानता लक्ष्य नभएर मानवीय कल्याण प्राप्त गर्ने साधन हो । यी दुवै कुरा भए पनि मानिस आधारभूत आवश्यकताबाट वंचित भएको हुन सक्छ ।त्यसैले मूलकुरा भनेको मानिसका आधारभूत आवश्यकताहरूको परिपूर्ति हो। यस अन्तर्गत खाद्यान्न, लत्ता कपडा, आवास, शिक्षा, सामाजिक सुरक्षाको न्यूनतम प्राप्ति लाई आधार मानियो । तर अल्पविकसित मुलुकहरूमा उपर्युक्त लक्ष्यहरूको सन्तोषजनक रूपमा प्राप्ति भएन । तसर्थ मानव विकास र जीवनको गुणस्तरीयताको नाप यस आधारमा हुन सकेन ।
५. आर्थिक उदारीकरण – स्थानीय अर्थतंत्र र बजार व्यवस्थालाई विश्व अर्थतंत्रसंग समायोजन गर्दै बजार व्यवस्था माथि सरकारी हस्तक्षेप बन्द गरेर आर्थिक वृद्धि हुन सक्ने मान्यता यस अवधारणाको छ । यसले प्रत्येक व्यक्तिको व्यक्तिगत स्वतंत्रता र क्षमता अभिवृद्धि गर्ने अवसर प्राप्त हुनसक्ने कुरालाई नकार्न सकिंदैन तथापि यस अवधारणाका पनि केही त्रुटिहरु छन । तथापि वर्तमानमा आर्थिक उदारीकरण र आर्थिक स्वतन्त्रतालाई मानव विकासको एक तत्त्वको रूपमा सामान्यतः स्वीकार गरिएको छ ।
६. मानवीय विकास – कुनै पनि मुलुकको वास्तविक धन भनेका त्यहांका महिला र पुरुष हुन र विकासको उद्देश्य यस्तो वातावरणको सृजना गर्नु हो जसमा जनता स्वस्थ, दीर्घायु र रचनात्मक हुन सक्छन । भौतिक र वित्तीय धनको लालसामा यो महत्त्वपूर्ण सत्य ओझेलमा पर्छ । राष्ट्रिय आय तुलनात्मक रूपमा कम छ तर मानिसको जीवनको गुणस्तरीयता उच्च रहेको छ । यो अवधारणाकेहि नयां हो । यसले मानवीय विकास र गुणस्तरीय जीवनलाई आर्थिक विकासको आधार मान्दछ । यस अवधारणालाई के कारणले पनि वैज्ञानिक मानिन्छ भने यसमा आर्थिक विकासका अन्य सूचकहरु, प्रति व्यक्ति आय, शिक्षा, स्वास्थ्य आदि कुराहरु पनि समायोजित गरिन्छ । साथै गुणस्तरीयताको संख्यात्मक नाप गरिने भएकोले यो सूचक अन्य भन्दा बढी वैज्ञानिक छ ।
मानव विकासको नापका लागि विभिन्न दृष्टिकोणहरु विकसित भइरहेका छन् । केही नापहरु यस प्रकार छन्–
- १. मानव विकास सूचक
- २. मानव निर्धनता सूचक
- ३. लैंगिक विकास सूचक
- ४. लैगिक सशक्तता माप
मानव विकासमा कति उन्नति भएको छ भन्ने कुरा पत्ता लगाउन एच डी आईको निर्माण गरिएको छ । विभिन्न देशका मानव विकास सूचकहरूले कुन देश मानव विकासको कुन स्तरमा छ भन्ने कुरा अध्ययन गर्न सकिन्छ । यस सूचकले मानिसको प्रत्याशित आयु, शैक्षिक अवस्था, र प्रति व्यक्ति आयको स्तर नाप गर्छ ।
मानव वंचितता सूचकले मानव विकासमा रहेको कमीलाई र लैंगिक विकास सूचकले पुरुषको तुलनामा महिलाको विकास स्तरको सापेक्षिक नाप गर्छ ।
लैंगिक सशक्तता नापले महिलाहरूको विकासका लागि गरिएका कामहरूको विवरणको अध्ययन गर्छ ।
सहस्राब्दी मानव विकास लक्ष्य
[सम्पादन गर्नुहोस्]सन् २०१५ सम्मका लागि सं.रा.सं.ले निम्नलिखित आठवटा विकास लक्ष्य निर्धारित गरेको छ
- १. भोक र गरिबीबाट मुक्ति
- २. सबैलाई प्राथमिक शिक्षा
- ३. लैगिक समानता र महिला सशक्तिकरण
- ४. बाल मृत्युदर घटाउने
- ५. मातृस्वास्थय सुधार
- ६. एच आइ भीबाट सुरक्षा
- ७. वातावरणीय सुरक्षा
- ८. अन्तर्राष्ट्रिय सम्बन्ध
३. मानवीय विकासका क्षेत्र
[सम्पादन गर्नुहोस्]अमत्र्य सेनले मानवीय विकासका आधारभूत पक्षलाई निम्नलिखित प्रकारले उल्लेख गरेका छन्
- १. समानता
- २. दिगो आर्थिक विकास
- ३. उत्पादकता
- ४. सशक्तिकरण
- ५. सहकार्य, र
- ६. सुरक्षा
मानव विकासका विषयहरु
[सम्पादन गर्नुहोस्]मानव विकासकालागि कुनै देशले शिक्षा र स्वास्थ्यमा लगानी गर्नु पर्दछ । स्वस्थ र शिक्षित जनशक्ति नै देशकालागि वास्तविक पूंजी हुन्छ । अस्वस्थ र अशिक्षित जनसङ्ख्या देशकालागि मात्र होइन स्वयं आफ्नैलागि पन िसमस्या हुन जान्छ । नेपालमा मानव संसाधन विकासकालागि देशले शिक्षामा लगानी गरिरहेको छ । शिक्षा स्वास्थ्य, खानेपानी जस्ता कुरामा सरकारले प्रति वर्ष कुल बजेटको एक तिहाइ खर्च गरिएको छ । शिक्षामा मात्र कुल बजेटको २० प्रतिशत खर्च गरिएको छ । यसले गर्दा नेपालमा साक्षरता र विद्यालय शिक्षाको उपलब्धि निकै सकारात्मक भए तापनि शिक्षित जनशक्तिको गुण स्तर अभिवृद्धि गराउने चुनौती अझै पनि नेपालले बेहोर्नु परेको छ । गुणस्तरीयतामा अभिवृद्धि गर्न शिक्षालाई निजी संस्थाहरुद्वारा सञ्चालन गर्ने काम गरिएको छ । अहिले नेपालमा सरकारी, निजी र सामुदायिक तीन प्रकारका कार्यक्रमहरूद्वारा शिक्षाको विकास प्रयास गरिएको छ । उच्च शिक्षाको लागि सबभन्दा महत्त्वपूर्ण संस्था अहिले त्रिभुवन विश्वविद्यालय हो । यस बाहेक नेपाल संस्कृत विश्वविद्यालय, क्षेत्रीय विश्वविद्यालयहरु, तथा निजी विश्वविद्यालयहरु पनि क्रियाशील छन् ।
मानव विकास अर्थशास्त्रको विषय वस्तु
[सम्पादन गर्नुहोस्]मानव विकास अर्थशास्त्रले निम्नलिखित विषय वस्तु अध्ययन गर्दछ–
- १. मानव विकासका मनोवैज्ञानिक सिद्धान्त
- २. जन्म, मृत्यु, बसाईं सराइका नाप र तिनीहरूलाई प्रभावित गर्ने तत्त्व
- ३. मानव संसाधन विकास र मानव विकासको सम्बन्ध
- ४. मानव संसाधनको नापका विधि
- ५. मानव विकास सूचक र यसको नाप
- ६. मानव विकास सूचकका अवयव
- ७. लैगिक भिन्नता र मानव विकास
- ८. मानव समुदायमा गरिने लागनी
- ९. मानव पूंजी र आर्थिक वृद्धिको सम्बन्ध
- १०. मानव विकास र आर्थिक वृद्धि
- ११.मानव विकास र गरिबी निवारण
- १२. वैश्विकीकरण र मानव विकास
- १३. सुशासन र मानव विकास
- १४. मानव विकाससम्बन्धी योजना र नीतिहरु
जनसङ्ख्या अर्थशास्त्र, श्रम अर्थशास्त्र, जनशक्ति अर्थशास्त्र तथा मानव विकास अर्थशास्त्र
[सम्पादन गर्नुहोस्]जनसङ्ख्या अर्थशास्त्रमा जनसङ्ख्याका पक्षहरु जन्म, मृत्यु, बसाईं सराइ र यसलाई प्रभाव पार्ने तत्त्वहरूको अध्ययन गरिन्छ । श्रम अर्थशास्त्रले उत्पादनको साधनको रूपमा मानव साधनको अध्ययन गर्छ । यसमा श्रम समस्या, श्रम कानुन, सामूहिक मोलमोलाई, श्रमको सीमान्त उत्पादक, ज्याला, जीवनस्तर र जयालाको सम्बन्धको बारेमा अध्ययन गरिन्छ । यसमा मुख्यतः श्रम बजारमा श्रमको माग र पूर्तिसंग सम्बन्धित विषयवसतु अध्ययन गरिन्छ । जनशक्ति अर्थशास्त्रमा त्यस जनसङ्ख्याको बारेमा अध्ययन गरिन्छ जुन देशको राष्ट्रिय आयमा योगदान गर्छ । यस जनशक्तिलाई अझ बढी उत्पादक बनाउन शिक्षा, सीप र स्वास्थयमा लागनी गर्नु पर्छ । तथापि जनशक्ति अर्थशास्त्रमा शिक्षा र प्रशिक्षणमा बढी ध्यान केन्द्रित गरिन्छ । त्यसैले जनशक्ति अर्थशास्त्रलाई शिक्षाको अर्थशास्त्रको समानान्तर मानिन्छ । तथापि जनशक्ति अर्थशास्त्र र शिक्षाको अर्थशास्त्रमा अन्तर हुन्छ । मानव विकास अर्थशास्त्र एक विस्तृत अवधारणा हो । यसमा श्रमको अध्ययन उत्पादनको एकाई र उपभोग दुवै दृष्टिले गरिन्छ । यसमा श्रम साधन मात्र हुंदैन साध्य पनि हुन्छ । त्यसैले यसमा मानव जीवनको सुख र सन्तोष मुख्य कुरा हुन्छ । त्यसैले यसमा निम्नलिखित विषयवस्तु अध्ययन गरिन्छ–
- १.मानव विकासका मनोवैज्ञानिक सिद्धान्त
- २.मानव विकासको परिभाषा र मानव विकासको नापका विधिहरु
- ३.जनसङ्ख्या, मानव संसाधन, मानव पू“जी र आर्थिक विकासको सम्बन्ध
- ४.लैंगिक समानता, गरिबी निवारण र मानव विकासको सम्बन्ध
- ५. सुशासन र मानव विकास
- ६. विश्वव्यापीकरण र मानव विकास
- ७. मानव विकास सम्बन्धी नीति र योजना
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- घोष, बी एन, १९९०, पपुलेशन इकोनोमिक्स, दीप एन्ड दीप ।
- ज्ञवाली, बाबुराम, वि.सं. २०७०, जनसंख्या अर्थशास्त्र, ज्ञानज्योति प्रकाशन ।
- झिङ्गन,एम एल १९९०, इकोनोमिक्स अफ डिभलपमेन्ट, विकास पब्लिेकशन्स ।
- टोडारो, इकोनोमिक डिभलपमेन्ट (पी डि एफ) २०१९।
- यु एन डी पी, १९९८, नेपालमा मानव विकास १९९८।
- शुल्ज, टी डब्लु, इन्वेस्टमेन्ट इन ह्युमन क्यापिटल, (पी डि एफ) २०१९।
- ह्युमन डिभलपमेन्ट इन्डेक्स, विकिपीडिया, नवम्बर २०१९।
- हार्बिन्सन एन्ड मायर्स, एजुकेशन, म्यान पावर एन्ड इकोनोमिक ग्रोथ ।