नम्रता शिरोडकर
स्वरूप
नम्रता शिरोडकर | |
---|---|
जन्म | मुम्बई, महाराष्ट्र , भारत | जनवरी २२, १९७२
वासस्थान | फिल्म नगर, हैदराबाद, तेलङ्गाना, भारत |
कार्यकाल | १९९३–२००४ |
जीवनसाथी | महेश बाबु (फेब्रुवरी २००५ – वर्त्तमान) |
सन्तान | जि. गौथम कृष्ण जि.सितारा |
नम्रता शिरोडकर (जन्म सन् १९७२ जनवरी २२ मुम्बई महाराष्ट्र भारत) एक भारतीय चलचित्र अभिनेत्री हुन् । उनी १९९३को मिस इन्डिया जित्न सफल भएकी थिइन् । उनले बलिउडमा आफ्नो करियरको सुरुवात 'पूरब की लैला पश्चिम की छैला'देखि गरेकी थिइन् । यस चलचित्रमा अक्षय कुमार र सुनील शेट्टीले पनि काम गरेका थिए तर केही कारणवस यो चलचित्र प्रस्तुत हुन सकेन त्यसपछि १९९८मा उनले सलमान खानको साथमा 'जब प्यार किसी से होता है' मा काम गरिन । सो चलचित्रको सफलता पछि उनी चलचित्र जीवनमा सफल भएकी थिइन ।[१]
जीवनी
[सम्पादन गर्नुहोस्]नम्रता शिरोडकरको जन्म सन् १९७२ जनवरी २२ मा भारतको मुम्बईमा भएको थियो । उनले आफ्नो करियरको सुरुवात मोडलिङबाट गरेकी थिइन ।