प्रिया तेन्दुलकर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
प्रिया तेन्दुलकर
जन्म(१९५४-१०-१९)१९ अक्टोबर १९५४
मृत्यु१९ सेप्टेम्बर २००२(2002-09-19) (उमेर ४७)
मुम्बई, भारत

भारतको पहिलो टिभी स्टार[१] प्रिया तेन्दुलकर ले अनेक चलचित्र र टिभी धारावाहिहरूमा भूमिका निभाएकी तर संभवतः उनी सम्पूर्ण जीवन आफ्नो सब भन्दा पहिलो टिभी अवतार "रजनी" को नामबाट उनी प्रशिद्ध भईन । १९८५ मा निर्मित र बासू चटर्जी द्वारा निर्देशित यो धारावाहिकमा उनले भ्रष्टाचार र सामाजिक कुरीतिको विरुद्ध बुलन्द आवाज उठाउने एक साधारण गृहणीको किरदार निभाएकी थिइन् । उनी लेखिका पनि थिईन ।

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

प्रिया प्रसिद्ध नाटककार विजय तेन्दुलकर को सुपुत्री थिइन् । उनको जन्म १९ अक्टोबर, १९५४ मा भएको थियो, उनको दुई बहिनी र एक भाइ थियो । प्रियाको विहे अभिनेता तथा लेखक करण राजदान सँग १९८८ मा भयो । तर यो बिहे सात साल सम्म मात्र चल्यो र त्यसपछि उनको सम्बन्ध विच्छेद भयो । करण र प्रियालर "रजनी" र "किस्से मिया बीवी के" धारावाहिकमा श्रीमान श्रीमतीको वास्तविक जीवनको किरदार पनि निभाएका थिए । १९७४ मा श्याम बेनेगल को चलचित्र अंकुर मा निभाएको भूमिकाको कारण प्रियाको अभिनेता अनंत नाग सँग पनि सम्बन्ध जोडिएको थियो ।[२]

फिल्मोग्राफी[सम्पादन गर्नुहोस्]

  • १९७४ - अंकुर
  • १९७८ - देवता
  • १९८३ - माहेरची मानसे, रानीने दाव जिंकाला
  • १९८४ - गोंघळत गोंधळ
  • १९८५ - मुम्बईचा फौजदार, रजनी (टीवी धारावाहिक)
  • १९८७ - कालचक्र
  • १९८८ - किस्से मिया बीवी के (टीवी धारावाहिक)
  • १९८९ - एक शून्य (टीवी धारावाहिक)
  • १९९० - घर (टीवी धारावाहिक)
  • १९९४ - मोहरा
  • १९९५ - त्रिमूर्ति
  • १९९६ - द प्रिया तेंदुलकर शो (टीवी टॉक शो)
  • १९९७ - और प्यार हो गया, ज़िम्मेदार कौन (टीवी टक शो), गुप्त, हम पाँच (टीवी धारावाहिक)
  • २००० - राजा को रानी से प्यार हो गया
  • २००१ - प्यार इश्क और मुहब्बत

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]