लिसमेनिअसिस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लिसमेनिअसिस
विभाग:Infectious diseases Edit this on Wikidata

लिशमेनिअसिस वा लिशमेनिओसिस लिशमेनिअ जातिको प्रोटोजोअन परजीवीको कारणले हुने एक रोग हो जुन केही निश्चित प्रकारका स्याण्डफ्लाई (एक प्रकारको टोक्ने झीँगा) को टोकाइद्वारा फैलने गर्छ।[१] यो रोग तीन मुख्य तरीकाले देखा पर्न सक्छ: क्युटेनिअस (त्वचामा), मुकोक्युटेनिअस (श्लैष्मिक झिल्ली तथा त्वचामा), वा भिसेरल लिशमेनिअसिस (आँतमा रहेका महत्त्वपूर्ण अंगहरूमा)।[१] क्युटेनिअसमा छालामा घाउहरू देखा पर्छन् भने मुकोक्युटेनिअसमा छाला, मुख र नाकमा घाउहरू देखा पर्छन्, र भिसेरल लिशमेनिअसिसमा सुरूमा छालामा घाउहरू देखा पर्छन् र त्यसपछि ज्वरो आउने, रेड ब्लड सेल कम हुने, र फियो (प्लीहा) र कलेजो सुन्निने हुन्छ।[१][२]

मानिसहरूमा हुने संक्रमण लिशमेनिअका 20 भन्दा बढी प्रजातिको कारणले गर्दा हुन्छ।[१] जोखिम तत्वहरूमा निम्न पर्दछन्: गरीबी, कुपोषण, वन फँडानी, र शहरीकरण।[१] परजीवीलाई माइक्रोस्कोपद्वारा हेरेर यसका तीनवटै प्रकारलाई निदान गर्न सकिन्छ।[१] यस अतिरिक्त, भिसेरल रोगको निदान रगत परीक्षणद्वारा पनि गर्न सकिन्छ।[२]

किटनाशक औषधि लगाइएका जालीहरू भित्र सुतेर लेशमेनिअसिसलाई केही हदसम्म रोकथाम गर्न सकिन्छ।[१] अन्य उपायहरूमा झीँगालाई मार्नको लागि किटनाशक औषधि छर्कने र यो रोग अझ फैलन नदिन यो रोग लागेका व्यक्तिलाई शीघ्र उपचार गर्ने पर्दछन्।[१] रोग लागेको ठाउँ, लेशमेनिअको प्रजाति, र संक्रमणको प्रकारमा आधारित रहेर कस्तो खालको उपचार आवश्यक छ भनी निर्धारण गरिन्छ।[१] भिसेरल रोगको लागि प्रयोग गरिन सक्ने केही सम्भावित औषधिहरूमा निम्न पर्दछन्: लिपोसोमल एम्फोटेरिसिन बि (liposomal amphotericin B),[३] पेन्टाभ्यालेन्ट एन्टिमोनियलस् (pentavalent antimonials)पारोमोमिसिन (paromomycin) को संयोजन,[३]मिल्टेफोसाइन (miltefosine)[४] क्युटेनिअस रोगको लागि, पारोमोमिसिन, फ्लिकोनाजोल (fluconazole), वा पेन्टामिडाइन (pentamidine) प्रभावकारी हुन सक्छन्।[५]

हाल यसबाट 98 देशमा गरी लगभग 1 करोड 20 लाख मानिस[६] संक्रमित छन्।[२] प्रत्येक वर्ष लगभग 20 लाख नयाँ बिरामीहरू थपिन्छन्[२] र 20 देखि 50 हजार मानिसहरूको मृत्यु हुने गर्छ।[१][७] एसिया, अफ्रिका, दक्षिण तथा मध्य अमेरिका, र दक्षिणी युरोपमा लगभग 20 करोड मानिसहरू यो रोग लाग्ने जोखिम भएको क्षेत्रमा बस्छन्।[२][८] विश्व स्वास्थ्य सङ्गठनले यो रोगको उपचारको लागि केही औषधिहरूमा छुट प्राप्त गरेको छ।[२] यो रोग कुकुरमुसो, छुचुन्द्रो, खरायो, लोखर्के, इत्यादि लगायतका केही अन्य जनावरहरूलाई पनि लाग्न सक्छ।[१]

सन्दर्भहरू[सम्पादन गर्नुहोस्]

  1. १.०० १.०१ १.०२ १.०३ १.०४ १.०५ १.०६ १.०७ १.०८ १.०९ १.१० "Leishmaniasis Fact sheet N°375", World Health Organization, जनवरी २०१४, अन्तिम पहुँच १७ फेब्रुअरी २०१४ 
  2. २.० २.१ २.२ २.३ २.४ २.५ Barrett, MP; Croft, SL (२०१२), "Management of trypanosomiasis and leishmaniasis.", British medical bulletin 104: 175–96, डिओआई:10.1093/bmb/lds031, पिएमआइडी 23137768, पिएमसी 3530408 
  3. ३.० ३.१ Sundar, S; Chakravarty, J (Jan २०१३), "Leishmaniasis: an update of current pharmacotherapy.", Expert opinion on pharmacotherapy 14 (1): 53–63, डिओआई:10.1517/14656566.2013.755515, पिएमआइडी 23256501 
  4. Dorlo, TP; Balasegaram, M; Beijnen, JH; de Vries, PJ (Nov २०१२), "Miltefosine: a review of its pharmacology and therapeutic efficacy in the treatment of leishmaniasis.", The Journal of antimicrobial chemotherapy 67 (11): 2576–97, डिओआई:10.1093/jac/dks275, पिएमआइडी 22833634 
  5. Minodier, P; Parola, P (मे २००७), "Cutaneous leishmaniasis treatment.", Travel medicine and infectious disease 5 (3): 150–8, डिओआई:10.1016/j.tmaid.2006.09.004, पिएमआइडी 17448941 
  6. "Leishmaniasis Magnitude of the problem", World Health Organization, अन्तिम पहुँच १७ फेब्रुअरी २०१४ 
  7. Lozano, R (Dec १५, २०१२), "Global and regional mortality from 235 causes of death for 20 age groups in 1990 and 2010: a systematic analysis for the Global Burden of Disease Study 2010.", Lancet 380 (9859): 2095–128, डिओआई:10.1016/S0140-6736(12)61728-0, पिएमआइडी 23245604 
  8. Ejazi, SA; Ali, N (Jan २०१३), "Developments in diagnosis and treatment of visceral leishmaniasis during the last decade and future prospects.", Expert review of anti-infective therapy 11 (1): 79–98, डिओआई:10.1586/eri.12.148, पिएमआइडी 23428104