व्यवस्थापन लेखापरीक्षण

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

व्यवस्थापन लेखापरीक्षण(अङ्ग्रेजी: Management Audit) भन्नाले व्यवस्थापनले दैनिक व्यवसाय सञ्चालनको लागि लिएको निर्णय तथा कार्यहरूको विश्लेषण गरी व्यवस्थापनको कार्य सम्पादन मूल्यांकनको लागि गरिने लेखापरीक्षणलाई जनाउँदछ । व्यवस्थापन लेखापरीक्षणमा व्यवस्थापकिए कुराहरू जस्तै संस्थाको उद्देश्य, नीतिहरू, प्रक्रियाहरू, संस्थाको संरचना, नियन्त्रण तथा प्रणालीको पुनरावलोकन गरी व्यवस्थापनको मूल्यांकन गरिन्छ। यसले दुबै वित्तीय र गैर वित्तीय कारकहरूलाई मध्यनजर गरी तिनिहरूको प्रशासन र संगठनको लक्ष्यहरूमा पार्ने प्रभावलाई ध्यानमा राख्दछ। यो एक सङ्गठनको संरचना, योजना, नीतिहरू र मानव संसाधनको प्रयोगको उद्देश्य र विस्तृत परीक्षणको माध्यमबाट व्यवस्थापनको सम्पूर्ण प्रदर्शनको मूल्यांकनको एक प्रकार हो।[१]


यस लेखापरीक्षणमा गैह आर्थिक कुराहरूको आधारमा लेखापरीक्षण गर्ने गरिन्छ। व्यवस्थापन लेखापरीक्षण भनेको निरीक्षण वा परिपालनाको परीक्षणमात्र होइन । यसले व्यवस्थापकीय कार्यको हालको उपलब्धि, नतिजा प्रभावकारिता तथा सो हासिल गर्नुपर्ने सुधारका बारेमा स्वतन्त्र र विशेषण रूपमा मार्गदर्शन गर्दछ र कार्य प्रगतिको अनुगमन र मूल्यांकन गर्दछ। सङ्गठनात्मक व्यवहारका दृस्टिले व्यवस्थापन परीक्षण सहभागीतामूलक नतिजामा आधारिता एवम् कर्मचारी तन्त्रीय वा प्रशासकीय व्यवस्थाभन्दा व्यवस्थापकीय अवधार्णामा आधारित हुन्छ। व्यवस्थापन लेखापरीक्षणले व्यवस्थापनका सिद्धान्त र अभ्यासहरूमा रहेका कमीहरूलाई पहिचान गरेर सम्पूर्ण प्रबन्धकीय प्रणालीमा संरचनात्मक सुधारमा मद्दत गर्दछ।[२]

व्यवस्थापन लेखापरीक्षणका प्रकृया[सम्पादन गर्नुहोस्]

  • उद्देश्यहरूको पहिचान्
  • उद्देश्यहरूको विभाजन्
  • सङ्गठन संरचनाको मूल्यांकन
  • कार्यको मूल्यांकन
  • सल्लह तथा सुझाव

उद्देश्य[सम्पादन गर्नुहोस्]

यसका महत्त्वपूर्ण उद्देश्यहरू निम्न छन्[३]:

  • उत्पादन, बिक्री, वित्त इत्यादि जस्ता विभिन्न कार्यक्षेत्रहरूमा व्यवस्थापनका कमजोरीहरू र अक्षमताको पहिचान गर्न।
  • अक्षमता वा कमजोरीहरू पार गर्न विभिन्न तरिकाहरू विश्लेषण गर्न।
  • सङ्गठन संरचनाको समीक्षा गर्न को लागि आलोचना गर्न।
  • व्यवस्थापन दक्षता सुधार गर्न र उत्तम छनौट गर्न तरिकाहरूको मूल्यांकन गर्न।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Management Audit: Concept and Scope", अन्तिम पहुँच नोभेम्बर १७, २०१९ 
  2. "Responsibility Accounting, Management Audit and Pert and CPM", अन्तिम पहुँच नोभेम्बर १८, २०१९ 
  3. "Management Audit,Objectives,Advantages,Disadvantages", अन्तिम पहुँच नोभेम्बर १८, २०१९