पछौटे डढुवा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
आलुको पातमा देखिएको पछौट डढुवा रोगको लक्षण

पछौटे डढुवा (अङ्ग्रेजी: Late Blight) वनस्पति जगतको सोलेनेसी परिवारमा लाग्ने फाइटोप्थरा इन्फेस्टेन्स नामक ढुसीबाट हुने रोग हो ।[१] प्रथमतः बोटहरूमा खरानी-हरिया रङका थोप्लाहरू देखिन्छन्, ती ठुला हुदैँ खैरा र खस्रा बन्दै जान्छन् ।[२] १८४० को दशकको आइर्ल्यान्डमा लागेको आलुको रोग यसैले गर्दा लागेको हो ।

उत्पत्ती[सम्पादन गर्नुहोस्]

फाइटोथोप्रा को ग्रिक भाषामा फाइटो भन्नाले बोट/वनस्पति र थोप्रा ले क्षति/तहसनहस भएको अर्थ दिन्छ । इन्फेस्टेन्स्ले क्षति पुर्याइरहेको भन्ने अर्थ दिन्छ ।

कारण र लक्षण[सम्पादन गर्नुहोस्]

बादली भएको मौसममा यो रोग लाग्ने सम्भावना बढेर जान्छ र रोगले कुनै पनि भागलाई आक्रमण गर्दछ ।[३]

जीवन चक्र[सम्पादन गर्नुहोस्]

रोग व्यवस्थापन[सम्पादन गर्नुहोस्]

यस रोगलाई एक महत्त्वपूर्ण र व्यवस्थापन गर्न अलिक कठिन रोगका रूपमा लिइन्छ ।[१] रोगका नियन्त्रणका निम्ति विभिन्न ढुसीनासक विषादीहरू पनि पाइन्छन् ।[४] रोग देखिएको केही समय लगत्तै नफैलून् भन्ने हेतुले उपचारार्थ गर्नु पर्ने हुन्छ ।

  • रोग अवरोधक तथा सहन सक्ने जातहरू लगाउने, भरपर्दो बीउ वितरकहरूबाट विक्री हुने विउहरू मात्र किन्ने, रोगग्रस्त ठाउँबाट तयार पारिएका बिउको प्रयोग नगर्ने,
  • मौसमको ख्याल राखी रोग लाग्ने सम्भावनाको विश्लेषण गर्ने,
  • रोगको अवस्था हेरी मात्र विषादीको प्रयोग गर्ने,

एतिहासिक स्थान[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ Nowicki, Marcin (११ अक्टोबर २०१३), "Late blight of tomato. In:Translational Genomics for Crop Breeding: Volume 1, Biotic Stress, pp.241-265", Biotic Stress (John Wiley & Sons, Inc.): २४१ – २६५, डिओआई:10.1002/9781118728475.ch13, अन्तिम पहुँच २०१३-१०-२९ 
  2. Nowicki, Marcin (१७ अगस्ट २०११), "Potato and tomato late blight caused by Phytophthora infestans: An overview of pathology and resistance breeding", Plant Disease (Plant Disease, ASP) ९६: ४ – १७, डिओआई:10.1094/PDIS-05-11-0458, अन्तिम पहुँच २०११-०८-३० 
  3. ठाकुर, प्रदिप (२०७२), आधुनिक कृषि प्रविधि (तेस्रो संस्करण), डिल्लीबजार, काठमाडौँ: मकालु प्रकाशन गृह, पृ: ४९८-४९९। 
  4. [१] वेब्याक मेसिन अभिलेखिकरण २०१५-१२-२२ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]