औद्योगिक क्रान्ति
औद्योगिक क्रान्ति १८औँ शताब्दीको मध्यदेखि १९औँ शताब्दीको मध्यसम्म भएको थियो। यस समयमा बेलायत, फ्रान्स, स्पेन, नेदरल्यान्ड, बेल्जियमले ठुलाठुला साम्राज्य खडा गरेका थिए। औद्योगिक क्रान्ति बेलायत, युरोपेली महादेश र संयुक्त राज्य अमेरिकामा १७६० देखि १८२० सम्म र १८४० को समयको नयाँ म्यानुफ्याक्चरिङ प्रक्रियाहरूको सङ्क्रमणकाल थियो। [१] यस सङ्क्रमणमा हाते उत्पादन विधि मेसिनमा रुपान्तरण भयो, नयाँ रासायनिक म्यानुफ्याक्चरिङको, स्टिल उत्पादनको बिकास भयो, वाष्प उर्जा र जल उर्जाको उपयोग बढ्यो, मेसिन टुलको बिकास भयो र मेकनाइज्ड फ्याक्ट्री प्रणालीको उदय भयो।औद्योगिक क्रान्तिले जनसंख्या वृद्धि दरमा पनि ठूलो वृद्धि ल्यायो।
रोजगार,पूँजी लागानी र उत्पादन मुल्यको हिसाबले टेक्सटाइल उद्योग औद्योगिक क्रान्तिको समयमा अग्रणी उद्योग थियो। आधुनिक उत्पादन प्रक्रिया सुरु गर्ने पहिलो उद्योग पनि टेक्स्टाइल उद्योग नै थियो।[२]:40
औद्योगिक क्रान्तिको सुरुवात बेलायतमा भयो र धेरै प्राविधिक तथा यान्त्रिक आविष्कारहरू बेलायती मुलका थिए।[३][४] १८ औं शताब्दीको मध्य सम्ममा बेलायत विश्वको अग्रणी व्यापारिक राष्ट्र थियो,[५] र यसले अमेरिका र क्यारिबियनमा उपनिवेश, भारतीय उपमहाद्वीपमा सैन्य तथा राजनैतिक प्रभुत्व सहितको वैश्विक व्यापारिक साम्राज्यको नियन्त्रण गरेको थियो। [६][७][८][९] व्यापार व्यवसायमा विकास र उदय नै औद्योगिक क्रान्तिको मुख्य कारण थियो।[२]:15
बेलायती औद्योगिक क्रान्तिका कारणहरू
[सम्पादन गर्नुहोस्]- बेलायतको भौगोलिक स्थिति
- बेलायतमा भएको राजनितिक स्थिरता
- औपनिवेशिक एकाधिकार
- बेलायती वैज्ञानिकहरूको योगदान
- कुशल कालीगढ र सस्ता मजदुरको उपल्बधता
- ठुला युद्दहरूको असर
- कृषि क्रान्ति
पश्चिमी मुलुकहरूमा औद्योगिक क्रान्ति १८औँ शताब्दीमा भएको थियो तर इङ्ल्यान्ड सबैभन्दा सफल हुनुमा कृषि क्रान्ति, प्रविधिको विकास, उर्जाका लागि प्रशस्त कोइला उपलब्ध, उल्लेख्य मजदुर सङ्ख्या, पुँजी परिचालनका लागि बैङ्क, स्टक मार्केटको सुरुवात, सरकारी उत्प्रेरणा आदिलाई मानिन्छ। एक जमाना इङ्ल्यान्डको संसारभर साम्राज्य थियो जसले गर्दा उद्योगका लागि चाहिने कच्चा पदार्थ सहज आपूर्ति हुन्थ्यो। रोजगारीले गर्दा मानिसको जीवनस्तर बढेपछि सामानको माग बढ्न थालेको थियो। बेलायतभित्र मात्र नभई निर्यातका लागि पनि आफ्नो साम्राज्य उपयोगी भएको थियो। सन् १७७० मा जेम्स हारग्रीभ्सले आठवटा धागो घुम्ने परम्परागत चर्खाको सट्टा एकैपटक १२० वटा धागो राखी घुम्ने आधुनिक चर्खा आविष्कार गरेर बेलायतमा औद्योगिक क्रान्ति सुरुवात भएको मानिन्छ। यसपछि कपडा र फलाम उद्योगमा ठूलो फड्को देखिएको थियो।
औद्योगिक क्रान्तिक को सामाजिक आर्थिक प्रभाव
[सम्पादन गर्नुहोस्]औद्योगिक क्रान्तिले कारखानाको विकास, रेलको सुरुवात, पुँजीवाद र खुल्ला बजार तथा अन्य प्रविधि विकासले बेलायतको रूप फेरेको थियो।यसले नकारात्मक प्राभाव समेत पारेको छ
आलोचना
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Industrial History of European Countries", European Route of Industrial Heritage, Council of Europe, अन्तिम पहुँच २ जुन २०२१।
- ↑ २.० २.१ Landes, David S. (१९६९), The Unbound Prometheus, Press Syndicate of the University of Cambridge, आइएसबिएन 978-0-521-09418-4।
- ↑ Horn, Jeff; Rosenband, Leonard; Smith, Merritt (२०१०), Reconceptualizing the Industrial Revolution, Cambridge MA, London: MIT Press, आइएसबिएन 978-0-262-51562-7।
- ↑ E. Anthony Wrigley, "Reconsidering the Industrial Revolution: England and Wales." Journal of Interdisciplinary History 49.01 (2018): 9–42.
- ↑ Reisman, George (१९९८), Capitalism: A complete understanding of the nature and value of human economic life, Jameson Books, पृ: १२७, आइएसबिएन 978-0-915463-73-2।
- ↑ Tong, Junie T. (२०१६), Finance and Society in 21st Century China: Chinese Culture Versus Western Markets, CRC Press, पृ: १५१, आइएसबिएन 978-1-317-13522-7।
- ↑ Esposito, John L., सम्पादक (२००४), The Islamic World: Past and Present, Volume 1: Abba - Hist., Oxford University Press, पृ: १७४, आइएसबिएन 978-0-19-516520-3।
- ↑ Ray, Indrajit (२०११), Bengal Industries and the British Industrial Revolution (1757-1857), Routledge, पृ: 7–10, आइएसबिएन 978-1-136-82552-1।
- ↑ उद्दरण त्रुटी: अवैध
<ref>
चिनो;David_Landes_1999
नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन