मोबिटेल (श्रीलङ्का)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मोबिटेल (प्रा) लि
मोबिटेल
मौलिक नाम
මොබිටෙල් (ප්‍රයිවට්) ලිමිටඩ්
व्यवसाय प्रकार
नियन्त्रित कम्पनी
उद्योगमोबाइल दूरसञ्चार
पूर्ववर्तीओटिसी अष्ट्रेलिया (प्रा) लि
स्थापित१९९३ (1993) कोलम्बो, श्रीलङ्का
केन्द्रीय कार्यालयकोलोम्बो ०२, श्रीलङ्का
मुख्य व्यक्ति
नालिन परेरा (प्र.का.अ)
उत्पादनहरूमोबाइल, मोबाइल ब्रोडब्यान्ड, मोबाइल बित्तीय सेवाहरू, निश्चिति ब्रोडब्यान्ड, मोबाइल टि.भी
सहायक कम्पनीहरूइच्यानलिङ पिएलसी
वेबसाइटमोबिटेल.एलके

मोबिटेल (सिन्हाला: මොබිටෙල් ; तमिल: மொபிடெல்)श्रीलङ्काको राष्ट्रिय मोबाइल सेवा प्रदायक हो । यस सञ्जाल विभिन्न प्रकारका सेवाहरू प्रदान गर्दछ र हाल २ जी, ३.५ जी ४ जी र ४.५जी प्रविधिहरू प्रयोग गरी जिएसएम, जिपिआरएस, एज, युएमटिएस, एचएसपिए, डिसि-एचएसपिए र एफडी-एलटिइ लगाएताका सेवाहरू सञ्चालन गर्दछ । यसले आफ्नो जीएसएम सञ्जाल श्रीलङ्का भरी पुगेको छ । मोबिटेलले मोबाइल ब्रोडब्यान्ड सेवाहरूसँग प्रीपेड र पोष्टपेड मोबाइल सेवाहरू प्रदान गर्दछ । ३.५.जी नेटवर्क र पोष्टपेड मोबाइल सेवाहरू, ४ जी नेटवर्क प्रयोग गरी यसले सेवा प्रदान गर्दै आइरहेको छ । मोबिटेलले नोभेम्बर २०१३ मा मोबाइल रकम सेवा पनि चलाएको छ जसलाई एमक्यास भनिन्छ जसले गर्द मोबाइल फोन एक वित्तीय साधन बनेको छ । यस सेवालाई श्रीलङ्काको केन्द्रीय बैंक (सीबीएसएल) द्वारा इजाजतपत्र दिइएको छ । यसको मुख्यालय श्रीलङ्काको कोलम्बोमा रहेको छ ।

मोबिटेलका बारेमा[सम्पादन गर्नुहोस्]

मोबिटेल, श्रीलङ्काको राष्ट्रिय मोबाइल सेवा प्रदायक हो, जसलाई १९९३ मा सञ्चालन सुरु गरिएको थियो, अक्टोबर २००२ मा एसएलटी को पूर्ण स्वामित्वमा रहेकोे सहायक कम्पनी बनेको थियो ।[१]

जनवरी २००४ मा, कम्पनीले आफ्नो पूर्णतया २.५ जी जीएसएम नेटवर्कलाई एज / जिपिआरएस गरि दोहोरो ब्यान्डमा सेवा सञ्चालन गरेको थियो । डिसेम्बर २००७ मा, कम्पनीले आफ्नो ३.५ जी एचएसपीए नेटवर्कको सुरुवात गर्यो । यो दक्षिण एसियाको पहिलो ३.५ जी नेटवर्क सेवा थियो । यसबाहेक, मोबिटेलले एचएसपीए (HSPA+) एमएमओ प्रबिधि सफलतापूर्वक डाउनलोड गति २८.८ एमबी प्रती सेकेन्ड सम्म प्रदर्शन गरे र ४ जी / एलटिइ टेक्नोलोजीको सफल परीक्षणमा एसियाली क्षेत्रमा पहिलो पटक ९६ एमबी प्रती सेकेन्ड भन्दा बढि गति परीक्षण गर्यो । मोबिटेलले २.५ जी / ३.५ जी / ४ जी सञ्जाल र सेवा प्रस्तावमा आजसम्म ५०० मिलियन अमेरिकी डलर भन्दा बढी रकमको लगानी गरेको छ ।[२]

इतिहास[सम्पादन गर्नुहोस्]

मोबिलेलले १९८६ मा श्रीलङ्काको बजारमा तेस्रो मोबाइल टेलिफोन प्रदायकको रूपमा आफुलाई स्थापित गरेको थियो । मूलतः श्रीलङ्का टेलिकम र टेलिस्ट्रा बीच सहयोगमा स्थापना भएको थियो । मोबिटेल पूर्णतया नोभेम्बर २००२ देखि एसएलटी द्वारा स्वामित्व गरिएको छ ।

नेटवर्क[सम्पादन गर्नुहोस्]

मोबिटेलले हाल ४ जी एलटिइ नेटवर्कलाई १०० एमबी प्रती सेकन्ड सम्म डाउनलोड गति प्रदान गर्दछ र ५० एमबी प्रति सम्म अप्लोड गति प्रदान गरेको छ ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]