यास्क

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

यास्क वैदिक संज्ञाका एक प्रसिद्ध व्युत्पत्तिकार तथा वैयाकरण थिए । यिनको समय पाँचौँ र छैँटौँ शताब्दी ईसापूर्व थियो । यिनलाई निरुक्तकार भनिएको छ । निरुक्त लाई वेदको तेश्रो अङ्ग मानिन्छ । यास्क ले पहिले निघण्टु नामक वैदिक शब्दकोष तयार गरेका थिए । निरुक्त त्यसैको विशेषण हो । व्याकरणशास्त्रमा निरुक्तको ठूलो महत्त्व छ ।

योगदान[सम्पादन गर्नुहोस्]

यास्क निरुक्त का लेखक हुन्, निरुक्त शब्द व्युत्पक्ति, शब्द वर्गीकरण, वा शब्दार्थ विज्ञानको उचीत प्रबन्ध हो । यास्कलाई शाकटायनका उत्तराधिकारी मानिन्छ जो वेदका व्याख्यानकर्ता थिए , उनको उल्लेख यास्कका रचनाहरूमा भेटिन्छ । निरुक्त मा यो सम्झाउने कोशिस गरिएको छ कि कसरीे वेदमा दिइएका विशेष शब्दहरूको अर्थ उनलाई थाहा भयो । यि धातु, प्रत्यय तथा शब्दसंग्रहबाट शब्दहरु बनाउने नियमतन्त्र युक्त छन् ।

वर्णागमो वर्णविपर्ययश्च द्वौ चापरौ वर्णविकारनाशौ |
धातोस्तथार्थतिशयेन योगस्तदुच्यते पंचविधं निरुक्तम्॥

निरुक्त का तीन काण्ड छन् – नैघण्टुक, नैगम र दैवत । यसमा परिशिष्टसहित कूल १४ अध्याय छन् । यास्क ले शब्दलाई धातुज मानेका छन् र धातुहरूको व्युत्पत्ति गरेर त्यसको अर्थ निकालेका छन् । यास्क ले वेदलाई ब्रह्म भनेका छन् ।

शाब्दिक वर्गीकरण[सम्पादन गर्नुहोस्]

यास्क ले शब्दलाई ४ वर्गमा वर्गीकृत गरेका छन् ।

१) नाम (संज्ञा या मूल)

२) आख्यात (क्रिया)

३) उपसर्ग

४) निपात

व्युत्पत्तिशास्त्र

निरुक्त