प्रतिहार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

प्रतिहार नेपाल तथा भारतमा बसोवास गर्ने एक हिन्दू थर हो ।प्रतिहार राजाको अङ्ग रक्षेक पद हो । यो शब्द सुरक्षासँग सम्बन्धित छ । लच्छिबी राजा ,कार्तिकेयपुरी राजा का पुराना ताम्रपत्र दानपत्र मा प्रतिहार ,महाप्रतिहर /पडियार भनेर लेखेको भेटिन्छ । डोटी राज्यका पाल राजा निरयापालका ताम्रपत्रमा यो पद उल्लेख छ । डोटी बोगटान क्षेत्रमा फैलिएका चन्दहरूका पूर्वज प्रतिहार पद मा बसेको कारण तिनलाई प्रतिहार चन्द भन्ने गरिन्छ । भानादेव का सन्तति बोगटानका चन्द चन्द्रवंशी गौतम गोत्रीय वैदिक राजपुत हुन् । भारत उत्तराखण्ड बागेश्वर क्षेत्रमा भारद्वाज गोत्रीय राजपुत प्रतिहार छन् । तिनको थर पनि रक्षा गरेको कारण प्रतिहार भएको छ ।