विकिपिडिया वार्ता:चौतारी (अफ विकि कार्यक्रमहरू)

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

विषयको सम्बन्धमा[सम्पादन गर्नुहोस्]

यो अफ विकी कार्यक्रम भनेको कुन चाहिँ चराको नाम हो। पर्वत सुबेदी (कुरा गर्ने) १५:४१, २० जुन २०१९ (युटिसी(UTC))

@पर्वत सुबेदी: जी, अफ विकि कार्यक्रमहरू भन्नाले विकिपिडिया भन्दा बाहिर हुने अफलाइन कार्यक्रमहरूलाई जनाउँदछ । साथै विकिपिडियामा प्रश्न तथा वार्ता गर्दा अरूको सम्मानमा आँच नआउने गरि स्पष्ट शब्दहरूमा प्रश्न गर्ने गरिन्छ तसर्थ प्रश्न तथा वार्ता गर्दा कृपया ध्यान दिनु हुन अनुरोध गर्दछु । Nirjal stha (कुरा गर्ने) १२:४१, २४ जुन २०१९ (युटिसी(UTC))
  • सबैले बुझिने गरि नेपालीमा शीर्षक भए पो हामीले बुझ्ने त, समुदायले हामी अङ्ग्रेजी राम्रोसँग नजान्नेहरूका लागि सधैं यस्तो किन गर्छ नेपालीमा शीर्षक पनि राख्न सकिन्छ नि (जस्तै: फोटोवाक, आउटिच आदि), म चाहन्छु कि नेपाली विकिपिडिया भन्ने बित्तिकै सबै थोक पूर्ण तया नेपालीमा हुनु पर्छ हाम्रो समुदायका सम्पादक साथीहरू किन अङ्ग्रेजीको नकल गर्छन् के त्यहि हो नेपालीत्व? आइन्दा कुनै पनि प्रस्ताव हाल्दा शीर्षक चाहिँ नेपालीमा हुन आवस्यक देख्छु म। धन्यवाद-हिमाल सुबेदी (कुरा गर्ने) १२:५९, २४ जुन २०१९ (युटिसी(UTC))

समस्याको समाधान[सम्पादन गर्नुहोस्]

अफ विकी कार्यक्रम भनेको विकि बाहिरका कार्यक्रम हुन् भन्ने कुरा मैले आज बल्ल थाहा पाएँ। म जस्ता धेरै प्रयोगकर्ताहरूलाई यो अफ भन्ने कुरा थाह नहुन सक्छ किनभने यो अफ भन्ने शब्द आज सम्मपनि नेपाली शब्दकोशमा रहेको छैन र रहदा पनि रहँदैन। तसर्थ मेरो के सल्लाह छ भने अफ विकि कार्यक्रम लाई शुद्ध नेपाली भाषामा विकि बाहिरका कार्यक्रमहरूमा नाम परिवर्तन गर्न उपयुक्त हुन्छ र तत्काल यो गर्नु पर्छ नत्र महिले जस्तै चरामा झुक्किन सक्छन् नेपाली सम्पादकहरू। पर्वत सुबेदी (कुरा गर्ने) १६:५१, २४ जुन २०१९ (युटिसी(UTC))