हरि सिंह

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


हरि सिंह
जम्मू र कश्मीरको महाराजा
महाराज हरि सिंह, जम्मू र कश्मीरको महाराज
पूर्वाधिकारीप्रताप सिंह
उत्तराधिकारीकरण सिंह (राजप्रमुखको रूपमा)
सन्तानकरण सिंह ६: (४ पुत्र, २ पुत्री)
घरानाडोग्रा राजवंश
महा राजा हरि सिंह

महाराजा हरि सिंह (जन्म: २१ सेप्टेम्बर १८९५ , जम्मू; निधन: २६ अप्रिल १९६१ मुम्बई) जम्मू र कश्मीर राज्यको अन्तिम शासक महाराज थिए । उनी महाराजा प्रताप सिंह को भाइ, अमर सिंहको कान्छो छोरा हुन् । उनले जम्मू-कश्मीरको राजगद्दी आफ्नो ठूलोबुवा महाराजा प्रताप सिंहबाट अपुतालीमा पाएका थिए ।

उनले आफ्नो जीवनकालमा चार विवाह गरे । उनकी चौथी पत्नी, महारानी तारा देवीबाट उनलाई एकमात्र पुत्र करण सिंहको जन्म भयो । हरि सिंह राजपूत डोग्रा राजवंशको अन्तिम राजा थिए । उनी पहाडी डोग्रा राजपूतहरूको जम्मवाल (जम्मुवाल) कुलका प्रमुख पनि थिए ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]