जम्मू

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
जम्मू

جموں
प्रशासनिक मन्डल
जम्मू शहर एवं तवी नदीको दॄश्य
जम्मू शहर एवं तवी नदीको दॄश्य
जम्मू (रानी रङ्गमा, 1-5) कश्मीरको मानचित्रमा दिखाइएको छ
जम्मू (रानी रङ्गमा, 1-5) कश्मीरको मानचित्रमा दिखाइएको छ
देशभारत
राज्यजम्मू र कश्मीर
जिल्लाजम्मु, डोडा, कठुआ, रामबन, रियासी, किश्तवार, पुन्छ, राजौरी, उधमपुर, साम्बा
स्थापना१४वीं शताब्दी, ई.पू.
संस्थापकराजा जम्बू लोचन
मुख्यालयजम्मू
सरकार
 • प्रकारकेन्द्रीय
 • अङ्गराज्य सरकार
क्षेत्रफल
 • जम्मा२२२,२०० किमी (८५,८०० वर्ग माइल)
उन्नतांश
३०५ मिटर (१,००१ फिट)
जनसङ्ख्या
 • जम्मा१३,७९०,६७८
 • घनत्व६२/किमी (१६०/वर्ग माइल)
भाषाएं
 • आधिकारिकवर्णक्रमात्मक व्यवस्थित
समय क्षेत्रयुटिसी+5:30 (IST)
पिनकोड
0191
सवारी दर्ताJK02-
वेबसाइटwww.jammu.nic.in

जम्मू /ˈ[invalid input: 'ah']m[invalid input: 'oo']/ (उर्दू: جموں यसका बारेमा उच्चारण  , पञ्जाबी: ਜੰਮੂ), भारतको उत्तरतम राज्य जम्मू एवं कश्मीर मा तीनमध्ये एक प्रशासनिक खण्ड हो । यो क्षेत्र जम्मू एवं कश्मीर राज्यको एक भाग हो । क्षेत्रको प्रमुख जिल्लामा डोडा, कठुआ, उधमपुर, राजौरी, रामबन, रियासी, साम्बा, किश्तवार एवं पुन्छ आउछ । क्षेत्रको अधिकांश भूमि पहाडी वा पथरीली हो । यसैमा पीर पन्जाल रेन्ज पनि आउछ जुन कश्मीर घाटीलाई हिमालय देखि पूर्वी जिल्ला डोडा र किश्तवारमा पृथक गर्दछ । यहाको प्रधान नदी चेनाब (चन्द्रभागा) हो ।

जम्मू शहर, जसलाई आधिकारिक रूपले जम्मू-तवी पनि भनिन्छ, यस प्रभागको सबैभन्दा ठुलो नगर हो र जम्मू एवं कश्मीर राज्यको शीतकालीन राजधानी पनि हो । नगरको बीचबाट तवी नदी निक्लन्छ, जसको कारण यस नगरलाई यो आधिकारिक नाम मिलेको हो । जम्मू शहरलाई "मन्दिरहरूको शहर" पनि भनिन्छ, किनकि यहा धेरै मन्दिर एवं तीर्थ छन् जसको चमकते शिखर एवं दमकते कलश नगरको क्षितिजरेखामा सुवर्ण बिन्दुहरू जस्तै देखिन्छ र एक पवित्र एवं शान्तिपूर्ण हिन्दू नगरकोका वातावरण प्रस्तुत गर्दछ ।

यहा केहि प्रसिद्ध हिन्दु तीर्थ पनि छन्, जस्तै वैष्णो देवी, आदि जसको कारण जम्मू हिन्दू तीर्थ शहरहरूमा गनिन्छ । यहाको अधिकांश जनसङ्ख्या हिन्दू तथा सिख छन् ।[१]


भूगोल[सम्पादन गर्ने]

जम्मू नगर ३२°४४′N ७४°५२′E / ३२.७३°N ७४.८७°E / 32.73; 74.87 निर्देशांकमा स्थित छ[२]। मा स्थित छ । यहाको सागर सतहदेज्गि औसत ऊंचाई ३२७ मी (१,०७३ फीट) छ । यो नगर शिवालिक पर्वतमाला को निचली असमान पहाडिहरू र टीलहरूको बीच बसेको छ । उत्तर, पूर्व एवं दक्षिण-पूर्वमा यो शिवालिकबाट घेरिएको छ र उत्तर-पश्चिम दिशामा त्रिकुटा रेन्ज छ । राष्ट्रीय राजधानी दिल्लीदेखि यो शहर लगभग ६०० कि.मी (370 mi) दूरीमा उत्तर दिशामा स्थित छ । नगर तवी नदीको किनारहरूमा बसेको छ र अगाडि फैलिएको छ तथा पुरानो शहर दाया तटमा उत्तर दिशामा बसेको छ तथा नया बसा शहर नदीको दक्षिणी तटबाट लगेको (बाया तर्फ) छ । तवी नदी चार बडा सेतुहरू द्वारा पार गर्न सकिन्छ र पाचौ सेतु अहिले निर्माणाधीन छ । नगरको भूमि समान नभएर कहीं कहीं मथि तथा कहीं तल यी टीलहरूमा फैलिएको छ । नदीको एक तटमा बाहु का किला एवं पुरानो शहर छ त दोश्रो तरफ रोयल डोगरा प्यालेस बनेको छ, जुन नगरको उच्चतम स्थान हो । नगरको विमानक्षेत्र सतबाडीमा स्थित छ ।

नामकरण[सम्पादन गर्ने]

जम्मू नगरको नाम यसको स्थापकको नाममा राखिएको छ । राय जम्बुलोचनले यसको स्थापना गरे र नाम राखे जम्बुपुरा जुन जम्मू भयो । धेरै इतिहासकारहरू एवं स्थानीय उक्तियहरूको अनुसार नगरको स्थापना राय जम्बुलोचनले १४औ शताब्दी ई.पू. मा गरेका थिए । राजा एक पटक आखेट गर्दै त्यसैबेला नदीको तटमा एक स्थानमा पुगे जहा उनले देखे एक बाघ र बाख्रा एक साथ एउटै घाटमा पानी पिउदै दिए । पानी पिएर दुवै जानवर आफ्नो आफ्नो बाटो लागे । राजा आश्चर्यचकित भए र आखेटको विचार छोडेर आफ्नो साथीहरू भएको ठाम पुगे र सबै कथा विस्तारमा बताए । सबैले भने कि यो स्थान शंति वा सद्भावले भरिएको होला जहा बाघ र बाख्रा एक साथ पानी पिरहेका थिए । तब उसले आदेश दिए कि यस स्थानमा एक किलाको निर्माण गरियोस् र त्यसको निकट नै शहर बसाइयोस् । यस शहरको नाम नै जम्बुपुरा वा जम्बुनगर रहयो र कालान्तरमा जम्मू भयो ।[३]</ref>[४]

जम्मू राजाहरूको सूची[सम्पादन गर्ने]

जम्मू एवं कश्मीरको महाराजा[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. बीबीसी न्यूज़
  2. फोलिंग रेन जीनोमिक्स, इंका - जम्मू
  3. जेराथ, अशोक (२०००), फ़ोर्ट्स एण्ड पैलेसेज़ ऑफ़ वैस्टर्न हिमालयाज़, इंडस पब्लिशिंग, पृ: ५९–६५, आइएसबिएन 81-7387-104-3  |Language= প্যারামিটার অজানা, উপেক্ষা করুন (|language= পরামর্শকৃত) (सहायता)(अंग्रेजी)
  4. सिलास, संदीप (२००५), डिस्कवर इण्डिया बाय रेल, स्टर्लिंग पब्लिशर्स प्रा.लि., पृ: ४७, आइएसबिएन 81-207-2939-0, अन्तिम पहुँच ७ अप्रैल २०१० 

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]