करण सिंह

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


करण सिंह

करण सिंह (जन्म 1931) भारतीय राजनेता, लेखक र कूटनीतिज्ञ हुन् । उनी जम्मू र कश्मीरको महाराजा हरि सिंह र महारानी तारा देवीको प्रत्यक्ष उत्तराधिकारी (युवराज) को रूपमा जन्म डा. करण सिंहले १८ वर्षको उमेरमा राजनीतिक जीवनमा प्रवेश गरे र सन १९४९ मा प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूको हस्तक्षेपमा उनको पिताले उनलाई राजप्रतिनिधि (रीजेन्ट) नियुक्त गरिदिए । यस पश्चात १८ वर्षसम्म राजप्रतिनिधि, निर्वाचित सदर-ए-रियासत र अन्तत: राज्यपालको पदहरूमा रहे।

उनी जम्मूका डोग्रा राजपूत परिवारका वर्तमान प्रमुख हुन् र उनले नेपालका राणा प्रधानमन्त्री महाराजा मोहन शम्शेर जबराको नातिनी तथा शारदा शम्शेर जबराको छोरी यशोदा राज्यलक्ष्मीसँग विवाह गरे । यशोदा राज्यलक्ष्मीबाट उनका २ छोरा; विक्रमादित्य सिंहअजातशत्रु सिंहको जन्म भयो ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]