मेलबक्स (अनुप्रयोग)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मेलबक्स
आइओएसमा चलिरहेको मेलबक्स
आइओएसमा चलिरहेको मेलबक्स
मूल सम्पादक(हरू)अर्चेष्ट्रा, निगम
निर्माणकर्ता (हरू)ड्रपबक्स, निगम
मौलिक संस्करण७ फेब्रुअरी २०१३ (2013-02-07)
सञ्चालन प्रणालीआइओएस, एन्ड्रोइड, ओएक्स एक्स (परीक्षण संस्करण)
प्रकारइ-डाँक पाठक
अनुमति पत्रफ्रिवेर
वेबसाइटwww.mailboxapp.com

मेलबक्स आइओएसएन्ड्रोइडका लागि सृजना एक फ्रिवेयर ई डाँक प्रबन्धन अनुप्रयोग हो। यसलाई अर्चेष्ट्रा निगमले विकास तथा सञ्चालन गरेको छ। यसले यसको उपयोगिता र नवीन सुविधाहरूको लागि असङ्ख्य प्रविधि ब्लगहरूको ध्यानाकर्षण गर्न सफल भएको थियो।[१][२] सुरू हुनुभन्दा एक हप्ता अघि, एक पूर्व-दर्ता अवधिले आरक्षणहरूको प्रतीक्षा सूचीमा ३,८०,००० परिणाम दिएको थियो।[३][४] ७ फेब्रुअरी २०१७ मा, आइओएसको लागि अनुप्रयोगको रूपमा सार्वजनिक भए लगत्तै यो त्यस दिन एप ष्टोरमा दोस्रो सबैभन्दा डाउनलोड गरिएको नि: शुल्क अनुप्रयोग बनेको थियो। यसको सुरुवाती प्रक्षेपण ७ फेब्रुअरी २०१३ मा गरिएको थियो।[५]

मार्च २०१३ मा, अर्चेष्ट्रालाई ड्रपबक्सद्वारा अधिग्रहण गरिएको थियो[६] जसले गर्दा मेलबक्सको सार्वजनिक छिटो रूपमा भएको थियो भने पूर्व-दर्ता अवधि अप्रिलमा समाप्त भएको थियो।[७][८][९] अप्रिल २०१४ मा, ड्रपबक्सले एन्ड्रोइडका लागि मेलबक्सको आधिकारिक अनुप्रयोगको जारी गरेको थियो[१०][११] र ओएस एक्सका लागि सार्वजनिक परीक्षण संस्करण घोषणा गरेको थियो जसलाई सोही वर्षको अगष्टमा जारी गरिएको थियो।[११][१२][१३]

डिसेम्बर २०१५ मा, ड्रपबक्सले मूलभूत डाँकलाई कायम गर्न नसकेको भन्दै मेलबक्सको विच्छेदनको घोषणा गरेको थियो। अघि घोषण गरिए अनुसार, यो अन्ततः २६ फेब्रुअरी २०१६ मा पूर्ण रूपमा बन्द गरिएको थियो।[१४]

विशेषता[सम्पादन गर्नुहोस्]

मेलबक्स जिमेलआइक्लाउड खाताहरूमा सीमित थियो। यसले याहुको डाँकलाई ३ दिनका लागि समर्थन गरेको थियो।[१५] मेलबक्स चालू गर्न, कम्पनीका सेवकहरूलाई प्रयोगकर्ताको इ डाँक खातामा पहुँच प्रदान गर्न आवश्यक पर्दछ। उक्त पहुँच एपीआई (जीमेल) वा सिधा पहुँच (आइक्लाउड) मार्फत गर्न सकिन्छ। मेलबक्सको सेवकहरूले बारम्बार प्रयोगकर्ताको ईमेल खातालाई सूचनाहरू प्रदान गर्न प्रश्न गर्दथे र लामो समयसम्म पृष्ठभूमिमा चल्नु बिना नै अनुप्रयोगलाई यसको सामग्री पुन: ताजा गर्न अनुमति दिन्थ्यो।

आलोचना[सम्पादन गर्नुहोस्]

अनुप्रयोगको सार्वजनिक पछि, यो अमेरिकी कम्पनी गुगलको जीमेल खाताहरूमा मात्र उपलब्ध भएको थियो। डिसेम्बर २०१३ देखि, अनुप्रयोगले आइक्लाउड डाँकका खाताहरूलाई पनि समर्थन गरेको थियो, तर सुरुवातको बेला आइक्लाउड पासवर्ड मेलबक्सको सेवकहरूमा थपिएको थियो, जुन जीमेल खाताहरूका लागि आवश्यक थिएन।[१६]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Mailbox By Orchestra: The Best Email App We’ve Ever Used (Review)", कल्ट अफ म्याक, २०१३-०२-०३, अन्तिम पहुँच २०१३-०२-०८ 
  2. Inbox Unchained: Mailbox just fixed email on the iPhone द भर्ज (२०१३-०२-०७)। अभिगमन मिति २०१३-०७-३०
  3. "Mailbox CEO says insane 380K person wait list kept app from crashing today", भेञ्चर बिट, २०१३-०२-०४, अन्तिम पहुँच २०१३-०२-०८ 
  4. Mailbox for iPhone suffers downtime even with slow rollout द भर्ज (२०१३-०२-१४)। अभिगमन मिति २०१३-०७-३०
  5. Seth Fiegerman (२०१३-०१-२२), "Mailbox Email App Finally Released on iPhone (Sort Of)", म्यासएबल, अन्तिम पहुँच २०१३-०२-०८ 
  6. "Mailbox now available without the wait", २०१३-०४-१६, अन्तिम पहुँच २०१३-०५-१५  वेब्याक मेसिन अभिलेखिकरण २०१३-०५-१५ मिति
  7. डारेल इथरिङ्टन (२०१३-०३-१५), "Dropbox Buys Mailbox, All 13 Employees Joining And App Will Remain Separate", टेक क्रञ्च, अन्तिम पहुँच २०१३-०३-१५ 
  8. टोड वासरम्यान (२०१३-०३-१५), "Dropbox Buys Mailbox", म्यासएबल, अन्तिम पहुँच २०१३-०३-१५ 
  9. जोन फिङ्गस (२०१३-०३-१५), "Dropbox acquires Mailbox, teases an email and cloud collaboration", इनग्याजेट, अन्तिम पहुँच २०१३-०३-१५ 
  10. ब्राड मोलेन (२०१४ -०४-०९), "Dropbox brings the popular Mailbox email app to Android and desktop", इनग्याजेट, अन्तिम पहुँच २०१४-०४-१० 
  11. ११.० ११.१ http://9to5mac.com/2014/04/09/mailbox-goes-beyond-ios-now-available-on-android-and-coming-soon-to-os-x/
  12. ब्राड मोलेन (२०१४-०४-०९), "Dropbox brings the popular Mailbox email app to Android and desktop", इनग्याजेट, अन्तिम पहुँच २०१४-०४-१० 
  13. बल्दविन, Roberto (अगष्ट १९, २०१४), "Mailbox for OS X Enters Public Beta", द नेक्स्ट वेब, अन्तिम पहुँच डिसेम्बर ७, २०१५ 
  14. "Saying Goodbye", मेलबक्स, डिसेम्बर ७्, २०१५, अन्तिम पहुँच डिसेम्बर ७, २०१५  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०२-१२ मिति
  15. "मेलबक्स: आइक्लाउड र याहु मेलका लागि", अन्तिम पहुँच २०१४-०६-०२  वेब्याक मेसिन अभिलेखिकरण २०१४-०९-१३ मिति
  16. लियो बेकर (२०१३-१२-१८), "Mailbox-App von Dropbox unterstützt iCloud-E-Mail", म्याक र आइ, अन्तिम पहुँच २०१९-०७-२९ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]