लाली गुराँस अजम्बरी (कुन्ती मोक्तानको गीत)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
"लाली गुराँस अजम्बरी"
कुन्ती मोक्तान[१]को एकल
ढाँचा
  • डिजिटल डाउनलोड
किसिम
लम्बाई०४:३१
लेबलम्युजिक नेपाल
गीतकार(हरू)शीला बहादुर मोक्तान
साङ्गीतिक भिडियो
"लाली गुराँस अजम्बरी" युट्युबमा हेर्नुहोस्

लाली गुराँस अजम्बरी एक बहुचर्चित तथा प्रख्यात नेपाली भाषाको आधुनिक गीत हो। यस गीतमा स्वर नेपाली गीत सङ्गीत क्षेत्रमा ख्याति कमाउन सफल गायिका कुन्ती मोक्तानको रहेको छ। यो कुन्ति मोक्तानको छैटौँ गीति सङ्गालो कमेरोमा समावेश सर्वाधिक लोकप्रिय गीत हो।

यस गीतमा छायाङ्कन नवीन श्रेष्ठले गरेका छन् भने सम्पादन प्रकाश तुलाधरले गरेका छन् र यस गीतलाई निर्देशन आलोक नेम्वाङले गरेका छन्। यस गीतमा शब्द बुद्धवीर लामा तथा सङ्गीत कुन्ती मोक्तानका श्रीमान शीला बहादुर मोक्तानको रहेको छ। यसमा श्रव्य म्युजिक नेपालको रहेको छ। यो गीत नेपाली गीत सङ्गीत बजारको लोकप्रिय प्रकाशन म्युजिक नेपालको युट्युब खातामा का ८ अगष्ट २०१३ दिन सार्वजनिक गरिएको थियो भने यसले असोज २०७६ सम्ममा ११ लाख भन्दा बढी अवलोकन प्राप्त गरिसकेको छ।[२]

साङ्गीतिक श्रव्य दृश्य[सम्पादन गर्नुहोस्]

यसको आधिकारिक साङ्गीतिक श्रव्य दृश्यको लम्बाई  ४ मिनेट ३१ सेकेण्डको रहेको छ। यसको सिआरबिटी अङ्क ०१३०००४०७० हो। यो गीतलाई कतिपयले मौलिक राष्ट्रभक्ति गीत भनेर पनि वर्णन गरेका छन्। यसको आधिकारिक श्रव्य दृश्यमा अभिनेत्री तथा नर्तक मिथिला शर्मा र दुई जना प्रतिनिधि महिलाहरूलाई प्रस्तुत गरिएको छ जसको सुरुवातमा एकजना प्रतिनिधि महिला पात्रले टाउको उठाउँदै गीत गुनगुनाउन थाल्छिन् जसमा उनले एकै ठाउँमा टाँसिएका एउटा निर्मित मानवको चरित्रलाई नचाउँछिन्। उनी हर्सित देखिन्छन्। पछि अभिनेत्री तथा नर्तक मिथिला शर्माले एउटा ऐनामा आफुलाई हेर्दै निधारमा टिका लगाउँछिन्। अर्की महिला प्रतिनिधि पात्रले सोही मानव निर्मित चरित्रलाई नचाउँदै दृश्यमा देखा पर्छिन्। महिलाहरूले उक्त चरित्रलाई नचाउँदै गीत गाउन थाल्छन्। गीतको एउटा अंश आउने बेलामा गायिका कुन्ती मोक्तान दृश्यमा देखा पर्दै गीत गाउँछिन्। अर्की महिलाले उक्त चरित्रलाई अगाडि राखेर नृत्य प्रस्तुत गर्छिन्।

गीतमा मिथिला शर्मा पुनः देखा पर्छिन् जसमा उनले चालम केलाउँद‌ै गीत गाउँछिन्। दृश्यमा पुनः गायिका कुन्ती मोक्तान र महिला पात्रहरू देखा पर्छन्। जसमा महिलाहरू एकै स्थानमा बसी नृत्य गर्छन्। मिथिला शर्मा पनि दृश्यमा अटाउँछिन्। गीतको अर्को अंशमा ती दुई महिला प्रतिनिधि पात्रहरू घ‌ैंटामा पानी बोकेर आउँछन् र नाच्न थाल्छन्। मिथिला शर्माले निफनिरहेको चामलमा उनीहरू आई एक अर्का लाई छ्याप्छन् र उनले दुबै जनालाई कानमा समाउँदै भुँईमा बसाउँछिन् र मायालु पारामा प्रस्तुत हुन्छिन्। कुन्ती मोक्तान गीत गाउँदै दृश्य देखा पर्छिन् र एकैछिन पछि मिथिला शर्माले अभिनय गर्दै गीत प्रस्तुत गर्छिन्। प्रतिनिधि महिलाहरूको पनि अभिनय दृश्यमा अटाउँछ जसमा उनीहरूले गीतमा रहेको शब्द अनुसार नृत्य प्रस्तुत गर्छन्। सो देखेर मिथिला शर्मा हर्सित हुँदै टाउको हल्लाउँछिन्। गीतको शब्दको अनुरूप ती महिलाहरूले सयपत्रीको माला समाई एक अर्काको नजिक पुग्छन् र नृत्य प्रस्तुत गर्छन्। मिथिला शर्मा एउटा कटेरोको पालीमा समाई गीतको शब्द गुन्गुनाउँछिन्। महिलाहरू पनि नाच्न थाल्छन् जसमा दृश्यको पछाडि अन्य महिलाहरू पनि नाचेर दृश्यलाई उत्कृष्ट बनाउँने कोशिश गर्छन्। 

गीतको दृश्यमा एकजना महिला अँध्यारोमा पिङ खेलिरहेको देखाइएको छ। प्रतिनिधि महिलाले मिथिला शर्माको शिरमा एउटा वृक्षको पात उनिदिन खोज्छिन् र उनले उक्त पतलाई हेर्दै रिसाउँछिन् र उनको ध्यान अन्तै लानको लागि उनले टाढाको दृश्य उनलाई देखाउँछिन् र मिथिला शर्माले उनलाई बिस्तारै मायालु पारामा प्याट्ट पिट्छिन्। गीतको दृश्य सोही पिङ खेलेको स्थानमा पुग्छ जसमा एक जना प्रतिनिधि महिला पिङ खेल्छिन् र अर्की महिलाले उनलाई पिङ खेल्नमा मद्दत गर्छिन्। मिथिला शर्माले सुमधुर सङ्गीत गुनगुनाउँछिन्। गीतको अर्को अङ्कमा उनी गीतको शब्द अनुरूप अभिनय गर्द‌े नृत्य प्रस्तुत गर्न थाल्छिन्। दृश्यमा सबै जना एकै ठाउँमा बस्छन् जसमा मिथिला शर्माले बत्ती कात्छिन् र सबै जनाले क्रमशः गीतको शब्दको उच्चारण गर्छन्। त्यसपछि गीतमा कुन्ती मोक्तान दृश्य अन्तिम पटक देखिन्छिन्। त्यसपछि सबै जना नृत्य प्रस्तुत गर्न थाल्छन्। गीतको दृश्यमा सबैजना एकै ठाउँमा बसी क्रमश: गीतको शब्द अनुसार अभिनय गर्छन्। गीतको श्रव्य दृश्यको अन्त्यमा मिथिला शर्माले ती दुबै जना प्रतिनिधि महिला पात्रलाई आफ्नो काँधमा टाँस्छिन् र एकैछिन पछि श्रव्य दृश्यको पनि अन्त्य हुन्छ। [३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]