सामग्रीमा जानुहोस्

मिथिला शर्मा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मिथिला शर्मा
जन्ममिथिला शर्मा
राष्ट्रियतानेपाली
अन्य नाममिथिला शर्मा
चिनारीको कारणअभिनेत्री
उचाइ१.६७ मी (५ फिट ६ इन्च)
जीवनसाथीमोतिलाल बोहरा [१]

मिथिला शर्मा नेपाली चलचित्र क्षेत्रकी प्रसिद्ध अभिनेत्री हुन् । उनले अहिले अभिनेता तथा अभिनेत्रीकी आमाको भूमिका निभाउँछिन्। वि.सं. २०४२ सालमा चेतन कार्कीको निर्देशनमा तयार भएको चलचित्र ‘विश्वास’बाट चलचित्रको रङ्गिन दुनियाँमा होमिएकी मिथिलाले झण्डै एक सय २५ चलचित्रमा अभिनय गरिसकेकी छिन् । लगभग १० वर्षअघि स्वर्गीय निर्देशक शिव रेग्मीले निर्देशन गरेको चलचित्र सुख–दुःखमा अभिनय गरेपछि उनको उचाइ अझ चुलिएको थियो । [२] उनले ५० वर्षको उमेरमा विवाह गरेकी थिइन्।

व्यक्तिगत जीवन र शिक्षा

[सम्पादन गर्नुहोस्]

मिथिला शर्मा गृह विज्ञान र नृत्यमा स्नातक हुन् जसले सय भन्दा बढी चलचित्रहरू, एक दर्जन भन्दा बढी धारावाहिक चलचित्रहरू, धेरै सङ्गीतहरू, नाटकहरू र स्टेज शोमा काम गरिसकिकी छिन्। उनले वि.सं. २०१४ मा नेपालका पूर्व आईजीपी मोतीलाल बोहोरासँग विवाह गरेकी थिइन्।[३]

पेशागत जीवन

[सम्पादन गर्नुहोस्]

शर्माले ९ वर्षको उमेरमा पेशागत जीवन शुरू गरिन्। उनले गोपाल योन्जानको गीतमा स्वर्गीय राजा वीरेन्द्रको अगाडि उनकै जन्मदिनको अवसरमा नृत्य प्रस्तुत गरिन्। उनी पहिलो पटक चेतन कार्कीद्वारा निर्देशित फिल्म विश्वासमा नृत्यका शिक्षकको भूमिकामा देखा परिन्, जसले नेपाली चलचित्र जगतमा उनको बाटो फराकिलो बनायो। मुकुन्डो फिल्ममा "गीता" को भूमिकाले उनलाई अन्तर्राष्ट्रिय चलचित्र उद्योगमा चिनायो। मुकुन्डो, सुख-दुःख,दिदी,मुना मदन, बसाइँ र अफ्नो मान्छेजस्ता फिल्महरूमा उनको अभिनय अझै खारिएको छ जुन उनलाई पनि मनपर्छ। उनले आफ्नो फिल्म पेशामा व्यावसायिक भूमिकाको सट्टा चरित्र अभिनेत्रीको भूमिकालाई प्राथमिकता दिइन्। उनी कान्तिश्वरी र सेन्ट मेरिज हाई स्कूल, जावलाखेल, नेपालमा गीत गाउँन र नाच्न पनि सिकाउँछिन्। उनी नेपाल टेलिभिजनमा प्रसारित नेपाली रिलायटी डान्स ट्यालेन्ट शो छम् छमीका लागि निर्णायक थिइन्।[४]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]