सूचना प्रविधि तथा दूरसञ्चार मन्त्रालय (पाकिस्तान)
निकाय विवरण | |
---|---|
गठन | |
प्रधान कार्यालय | इस्लामाबाद |
मन्त्री |
|
निकाय कार्यकारी | |
वेबसाइट | moit |
सूचना प्रविधि तथा दूरसञ्चार मन्त्रालय (उर्दु: وزارت انفارمیشن ٹیکنالوجی و ٹیلی مواصلات) (एमओआइटीको रूपमा संक्षिप्त) सूचना प्रविधि तथा दूरसञ्चारसँग सम्बन्धित पाकिस्तानको एक सरकारी मन्त्रालय हो।
सङ्गठनहरू
[सम्पादन गर्नुहोस्]पाकिस्तान दूरसञ्चार प्राधिकरण
[सम्पादन गर्नुहोस्]पाकिस्तान दूरसञ्चार प्राधिकरण एक दूरसञ्चार क्षेत्रको नियामक निकाय हो जुन पाकिस्तानमा दूरसञ्चारको स्थापना, सञ्चालन र मर्मतका लागि जिम्मेवार छ।[१]
राष्ट्रिय दूरसञ्चार निगम
[सम्पादन गर्नुहोस्]राष्ट्रिय दूरसञ्चार निगम पाकिस्तान सरकारसँग सम्बन्धित सूचना प्रविधि र दूरसञ्चार सेवा प्रदायक निगम हो। राष्ट्रिय दूरसञ्चार निगमले सङ्घीय सरकार , सशस्त्र बल , रक्षा परियोजना, प्रदेशीय सरकार र सबै सरकारी संस्थानहरूलाई सूचना प्रविधि सेवा प्रदान गर्दछ।[२]
पाकिस्तान सफ्टवेयर निर्यात विभाग
[सम्पादन गर्नुहोस्]पाकिस्तान सफ्टवेयर निर्यात विभाग एक शीर्ष सरकारी निकाय हो जुन स्थानीय र अन्तर्राष्ट्रिय बजारमा पाकिस्तानको सूचना प्रविधि उद्योगलाई प्रवर्द्धन गर्न जिम्मेवार छ। पाकिस्तान सफ्टवेयर निर्यात विभागले सूचना प्रविधि उद्योगलाई पूर्वाधार विकास, मानवीय पूँजी विकास, कम्पनीको क्षमता विकास, अन्तर्राष्ट्रिय बजारशास्त्र, रणनीति, अनुसन्धान र नवीन प्रविधिहरूको प्रवर्द्धनका परियोजना र कार्यक्रमहरूको श्रृङ्खलाको माध्यमबाट सुविधा पुर्याउँदछ।[३]
राष्ट्रिय सूचना प्रविधि विभाग
[सम्पादन गर्नुहोस्]राष्ट्रिय सूचना प्रविधि विभाग वा राष्ट्रिय सूचना प्रविधि विभाग सन् २०१४ मा पाकिस्तान सुशाङ्ख्य कार्यालय र इलेक्ट्रोनिक सरकार निर्देशनालयको समायोजन भई स्थापना भएको थियो।[४]
विशेष सञ्चार संस्था
[सम्पादन गर्नुहोस्]विशेष सञ्चार संस्था, सूचना प्रविधि र दूरसञ्चार मन्त्रालयको प्रशासनिक नियन्त्रण अन्तर्गत सार्वजनिक स्तरको एक संस्था हो जुन सन् १९७६ मा आजाद जम्मू कश्मीर र गिल्गित-बाल्तिस्तानमा दूरसञ्चार सेवाहरूको विकास, सञ्चालन र सम्भारको लागि स्थापना भएको थियो।[५]
दूरसञ्चार कोष
[सम्पादन गर्नुहोस्]दूरसञ्चार कोष, दूरसञ्चार क्षेत्रमा सार्वजनिक क्षेत्र सङ्गठनहरूका कर्मचारीहरूको कल्याणको लागि एक कोषको रूपमा स्थापना गरिएको एक सरकारी निकाय हो। यसले औद्योगिक कम्पनीहरूको स्थापना र वाणिज्यिक गतिविधिहरूको सञ्चालन गरी नाफा प्राप्त गर्ने लक्ष्यहरू लिएको छ। यसले सीमित कम्पनीहरूको पनि स्थापना गरेको छ।[६]
विश्वव्यापी सेवा कोष
[सम्पादन गर्नुहोस्]पाकिस्तान विश्वव्यापी सेवा कोष, पाकिस्तान सरकारद्वारा कम्पनी अध्यादेश १९८४ अन्तर्गत स्थापना भएको थियो।[७] विश्वव्यापी सेवा कोषले देशव्यापी रूपमा सेवा उपलब्ध नभएका र कम सेवा उपलब्ध भएका क्षेत्रहरूमा दूरसञ्चार सेवाहरूको प्रचार गर्दछ। [८][९]
पाकिस्तान आभासी विश्वविद्यालय
[सम्पादन गर्नुहोस्]पाकिस्तान आभासी विश्वविद्यालय, पाकिस्तानको पहिलो विश्वविद्यालय हो जुन पूर्ण रूपमा आधुनिक सूचना तथा सञ्चार प्रविधिहरूमा आधारित छ। सरकारले सार्वजनिक क्षेत्रको रूपमा नाफा कमाउने उद्देशका साथ यस संस्थाको स्थापना गरेको थियो।[१०]
प्रज्वलित राष्ट्रिय प्रविधि कोष
[सम्पादन गर्नुहोस्]प्रज्वलित राष्ट्रिय प्रविधि कोष (पूर्व राष्ट्रिय सूचना प्रविधि कोष) जनवरी २००७ मा सूचना प्रविधि र दूरसञ्चार मन्त्रालयद्वारा स्थापना गरिएको थियो। यस अनुसन्धान तथा विकास कोषको स्थापनाको उद्देश्य उद्योग र शिक्षाविद्द्वारा प्रस्तावित अनुसन्धान र विकास परियोजनाहरूलाई सहयोग गर्नु हो।[११][१२] पाकिस्तानका सबै दूरसञ्चार सेवा प्रदायकहरूद्वारा कमाइएको कूल राजस्वको केही प्रतिशत यस कोषलाई प्रदान गरिन्छ।[१३]
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "गृह", पाकिस्तान दूरसञ्चार प्राधिकरण, अन्तिम पहुँच २०१८-०८-२२।
- ↑ http://ntc.net.pk/about.asp?menu_id=05#cp
- ↑ "हाम्रो बारेमा", मूलबाट २०१४-०७-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१४-०७-१७। वेब्याक मेसिन अभिलेखिकरण २०१४-०७-२५ मिति
- ↑ "National IT Board constituted - Newspaper", Dawn.Com, अन्तिम पहुँच २०१८-०८-२२।
- ↑ "हाम्रो बारेमा", मूलबाट २०१५-०२-१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१४-०७-१७। वेब्याक मेसिन अभिलेखिकरण २०१५-०२-१६ मिति
- ↑ "अभिलेखको प्रतिलिपी", मूलबाट २०१४-०७-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१४-०७-१७। वेब्याक मेसिन अभिलेखिकरण २०१४-०७-२५ मिति
- ↑ https://www.app.com.pk/govt-devise-next-generation-broadband-technology-projects-survey/
- ↑ https://www.ictforgirls.org.pk/ वेब्याक मेसिन अभिलेखिकरण २०१८-०४-२५ मिति
- ↑ "अभिलेखको प्रतिलिपी", मूलबाट २०१४-०७-२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१४-०७-१७।
- ↑ "Virtual University of Pakistan", अन्तिम पहुँच २०१८-०८-२२।
- ↑ http://www.ictrdf.org.pk/
- ↑ http://www.brecorder.com/general-news/172/1183922/ वेब्याक मेसिन अभिलेखिकरण २०१४-०७-२६ मिति
- ↑ https://propakistani.pk/2018/01/16/ignite-approves-contract-digiskills-training-project-national-incubation-center-karachi/
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- आधिकारिक वेबसाइट वेब्याक मेसिन अभिलेखिकरण २०१८-१०-२७ मिति