राष्ट्रिय दूरसञ्चार निगम (पाकिस्तान)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
राष्ट्रिय दूरसञ्चार निगम
व्यवसाय प्रकार
राज्य स्वामित्व उद्यम
उद्योगदूरसञ्चार
स्थापित१९९६ (1996)
केन्द्रीय कार्यालयइस्लामाबाद, पाकिस्तान
सेवा क्षेत्र
पाकिस्तान
सेवाहरूदूरसञ्चार र डाटा आधारित सेवा
मालिकपाकिस्तान सरकार
वेबसाइटntc.net.pk

राष्ट्रिय दूरसञ्चार निगम वा (एनटिसिको रूपमा संक्षिप्त) एक सरकारी स्वामित्वको सूचना प्रविधि र दूरसञ्चार निगम हो र पाकिस्तानको एक मुख्य दूरसञ्चार सेवा प्रदायक हो । यसको स्थापना पाकिस्तान सरकारद्वरा सन् १९९६ मा भएको थियो भने यसको मुख्यालय पाकिस्तानको इस्लामाबादमा रहेकोे छ । आहिले यस कम्पनीका प्रकाअ भिगर रशिद खान हुन् । यसले विभिन्न सेवाहरू जस्तै इन्टरनेट सेवा , टेलिफोन, मेलका साथै विभिन्न सेवाहरू सञ्चालन गर्दै आइरहेको छ ।

जम्मू र कश्मीर र उत्तरी क्षेत्रहरू बाहेक, पाकिस्तान भरी सरकारी विभाग / संस्थाहरूलाई सुरक्षित र विश्वसनीय दूरसञ्चार सेवाहरू प्रदान गर्नु यसको प्रमुख उदेश्य हो । एनटीसीले पाकिस्तानका दूरसञ्चारका आवश्यकताहरु पूरा गर्नको लागि दूरसञ्चार प्रणालीको निर्माणमा यसको ध्यान केंद्रित छ ।

इतिहास[सम्पादन गर्नुहोस्]

यो टेलिकम, पाकिस्तान दूरसञ्चार पुनर्गठन ऐनद्वरा १९९६ मा स्थापित भएको थियो । पाकिस्तान दूरसञ्चात निगम (पूर्व पाकिस्तान टेलिफोन र टेलीग्राफ विभाग) दुई कम्पनी, राष्ट्रिय दूरसञ्चार निगम (एनटिसी) र पाकिस्तान दूरसञ्चार कम्पनी लिमिटेड (पीटीसीएल) मा विभाजित भएको थियो । एनटिसीले सबै सरकारी विभागका लागि दूरसञ्चार सेवा प्रदान गर्दछ । यो स्थापना देखिनै पाकिस्तान सरकारको स्वामित्वमा रहेकोे छ र हाल पनि छ ।

कम्पनीको प्रोफाइल[सम्पादन गर्नुहोस्]

पाकिस्तान सरकारले जनवरी १९९६ मा दूरसञ्चार पुनर्गठन ऐन १९९९ का अनुसर, राष्ट्रिय दूरसञ्चार निगम (एनटिसी) को स्थापना भएको थियो । यसको मुख्य उद्देश्य सबै अन्य दूरसञ्चार कम्पनीहरूबाट पुर्वाधार स्वतन्त्र गराउनु थियो ।

विकास[सम्पादन गर्नुहोस्]

१९९६ मा एनटिसीको लागि निरन्तर चलिरहेको पूर्वाधार विकासको यात्राले गर्दा यसले केहि स्थानीय बिनियम सिर्जना गरेको थियो । तथापि, आज एनटिसीले यसको पूर्वाधार आफै विकसित गरेको छ जसमा यसलाई स्वतन्त्र इन्टरनेट सेवा प्रदायक र टेलिकम सञ्चालक भनिन्छ ।

एनटिसी ग्राहकहरूको बिलिङ पाकिस्तान दूरसञ्चार कम्पनी लिमिटेड र पाकिस्तान कम्प्यूटर ब्यूरोको माध्यमले गरइएको थियो । एनटिसीको लागि मुख्य चुनौती अन्य सञ्चालकमा निर्भरता कम गर्नु हो ।

यसले पिटिसीबाट २ वटा फाइबर खरिद गरेको थियो । यसले विभिन्न शहरहरूमा यसको आदान-प्रदान विस्तार गर्न ग्राहकहरूको पहुँचसम्म पुराउन तामाका तारहरूका बिस्तार गरेको छ । यी बिनियमहरू एनटिसी सञ्जालमा लामो दूरी सेवा प्रदान गर्न ट्रांजिट एक्सचेंजहरूमा परिवर्तित गरिएको थियो र सेलुलर र अन्य सञ्चालकहरूका साथ सीधा इन्टरनेट जडान गरेको थियो ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

आधिकारिक वेबसाइट