टेलकमटेल्ष्ट्रा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
टेलकमटेल्ष्ट्रा
टेलकमटेल्ष्ट्रा पर्सिरन टर्बटास टेलट्रानेट एप्लिकासी सोलुसी
व्यवसाय प्रकार
दूरसञ्चार कम्पनी
उद्योगदूरसञ्चार
स्थापित२७ अक्टोबर २०१४ (2014-10-27) in जाकार्ता, इन्डोनेसिया
केन्द्रीय कार्यालय,
सेवा क्षेत्र
इन्डोनेसिया
मुख्य व्यक्ति
एरिक मिजर (प्रमुख कार्यकारी अधिकृत)
वेबसाइटwww.telkomtelstra.co.id

टेलकमटेल्ष्ट्रा इन्डोनेसियाको राजधानी जाकार्तामा आधारित एक दूरसञ्चार कम्पनी हो।[१] यो देशको सबैभन्दा ठूलो निश्चित लाइन सेवा सञ्चालक हो भने यो अष्ट्रेलियाली दूरसञ्चार कम्पनी, टेल्ष्ट्रा र टेलकम इन्डोनेसियाको संयुक्त लगानीको रूपमा गठन भएको थियो। [२][३] टेलकमटेल्ष्ट्राले प्रबन्धित सञ्जाल सेवाहरू जस्त‌ै वादल सेवा, सफ्टवेयरको रूपमा सेवा , सेवाको रूपमा पूर्वाधार, सेवाको रूपमा मञ्च, एकीकृत सञ्चार र सहयोग सेवा, व्यवस्थित सुरक्षा सेवा , र व्यावसायिक सेवाहरूको प्रदान गर्दछ। यस संयुक्त उद्यम अक्टोबर २०१४ मा गठन भएको थियो र यसमा हाल १०० भन्दा बढी कर्मचारीहरू कार्यरत छन्।[४][५] यो कतारको बहुराष्ट्रिय दूरसञ्चार कम्पनी उरिदूको सहायक इन्डोस्याटको प्रतिद्वन्द्वी हो।

इतिहास[सम्पादन गर्नुहोस्]

टेलकमटेल्ष्ट्राको स्थापना, टेलकम इन्डोनेसिया र एक अष्ट्रेलियाली कम्पनी टेल्ष्ट्राको बीच एक प्रारम्भिक बैठक र सम्झौता ज्ञापनपत्रबाट भएको थियो।[६][७] २९ अगष्ट २०१४ मा यी दुई कम्पनीका अभिभावकहरू बीच संयुक्त लगानी सम्झौता अन्तिम रूपमा समापन भएको थियो। एक विशेष नयाँ दूरसञ्चार सेवा प्रदायक बन्न र नयाँ संयुक्त उद्यम सृजना गर्नका लागि, दुई कम्पनीका विशेष स्रोतहरू छान्ने र साझा रूपमा गठन गर्ने अवधारणाका साथ यसलाई स्थापना गरिएको थियो। पर्सिरन टर्बटास टेलट्रानेट एप्लिकासी सोलुसी (टेलकमटेल्ष्ट्रा) जकार्तामा स्थापित भएको थियो।[६][७] स्थापना कार्यलाई सन् २७ अक्टोबर २०१४ मा, गणतन्त्र इन्डोनेसियाका न्यायमन्त्रीले आफ्नो निर्णय पत्रमा अनुमोदन गरेका थिए। स्थापना काल देखि यता यसको विस्तार भएको छ र यसले विभिन्न सेवाहरूको दायरा पनि समावेश गरेको छ।[८] यसलाई आइडिसी द्वारा "सबैभन्दा अभिनव साझेदारी पुरस्कार"बाट सम्मानित गरिएको छ।[९][१०][११]

सेवाहरू[सम्पादन गर्नुहोस्]

टेलकमटेल्ष्ट्राले देशव्यापी रूपमा सञ्जाल अनुप्रयोग सेवाहरूको प्रदान गर्दछ, र, यसको सम्झौता बमोजिम, देशमा यो दूरसञ्चार सेवाहरूको विशेष प्रदायक हो। हाल सम्म, कम्पनीले प्रदान गरेको सेवाहरू यस प्रकारका छन्:[१२]

व्यवस्थित सञ्जाल सेवाहरू - टेलकमटेल्ष्ट्राले दुबै बहुराष्ट्रिय र घरेलु कम्पनीहरूको सञ्चार सञ्जालहरूको लागि प्रबन्धन सेवाहरूको प्रदान गर्दछ।[१३]

सेवाको रूपमा सफ्टवेयर - यसलाई माग अनुरुपका सफ्टवेयर भनेर पनि चिनिन्छ। टेलकमटेल्ष्ट्राले सदस्यतामा आधारित सफ्टवेयर सेवाहरूको पनि प्रदान गर्दछ। [१४]

एकीकृत सञ्चार र सहयोग - टेलकमटेल्ष्ट्राले कम्पनीहरूमा सबै सञ्चारहरूलाई एक ठाउँमा ल्याएर चुनौतीहरू पार गर्न मद्दत गर्दछ, र कर्मचारीहरूको लागि सञ्चार सेवाहरू प्रदान गर्दछ। [१५]

व्यवस्थित सुरक्षा सेवाहरू - यो सेवा कम्पनीको सुरक्षाको उद्देश्य हो जसले ग्राहकहरूको संवेदनशील जानकारीलाई आक्रमण र चुहावट हुनबाट बचाउँदछ।[१६]

व्यावसायिक सेवाहरू - परामर्श सेवाहरू सहित परियोजना व्यवस्थापन र मूल्याङ्कन।[४][१७]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Telstra in joint venture with Telekom Indonesia", द अष्ट्रेलिएन, ३० अगस्ट २०१४, अन्तिम पहुँच २७ फेब्रुअरी २०१६ 
  2. आदित्य पञ्जी (१३ मे २०१५), "Perusahaan Patungan TelkomTelstra Incar Perbankan", सिएनएन इन्डोनेसिया, अन्तिम पहुँच २७ फेब्रुअरी २०१६ 
  3. "PASARKAN NAS, Telkom Gandeng Telstra", Bisnis, २९ अगस्ट २०१४, अन्तिम पहुँच २७ फेब्रुअरी २०१६ 
  4. ४.० ४.१ "Telstra Forges Network Services Joint Venture in Indonesia", द गर्जिएन 
  5. "Telkom, Australia’s Telstra to form JV", द जाकार्ता पोष्ट, २ सेप्टेम्बर २०१४, अन्तिम पहुँच २७ फेब्रुअरी २०१६ 
  6. ६.० ६.१ ब्राएन कार्लोभस्की (२९ अगस्ट २०१४), "Telstra strikes Cloud deal with Telkom Indonesia", आर्न नेट, अन्तिम पहुँच २७ फेब्रुअरी २०१६ 
  7. ७.० ७.१ "TELKOM & TelkomMetra Embarked on a Joint Venture with Telstra", मित्र, अन्तिम पहुँच २७ फेब्रुअरी २०१६ 
  8. रोहन पिएर्स (२९ अगस्ट २०१४), "Telstra finalises joint venture with Telkom Indonesia", कम्प्युटर वर्ल्ड, अन्तिम पहुँच २७ फेब्रुअरी २०१६  वेब्याक मेसिन अभिलेखिकरण ३ मार्च २०१६ मिति
  9. "Telkomtelstra Switches on Gen Next Solutions in Indonesia", मिडिया न्युजलाइन 
  10. "Telkom and Telstra Win 'IDC Telecom Service Provider Innovation Award 2014'", जाकार्ता ग्लोब, अन्तिम पहुँच २७ फेब्रुअरी २०१६ 
  11. "Telkomtelstra To Bridge Business Relations Between Australia and Indonesia", जकार्ता ग्लोब, अन्तिम पहुँच २७ फेब्रुअरी २०१६ 
  12. एण्ड्र्यु सादौसकास (१ सेप्टेम्बर २०१४), "Telstra finalises NAS joint venture deal with Telkom Indonesia", Smartcompany.com.au, अन्तिम पहुँच २७ फेब्रुअरी २०१६  वेब्याक मेसिन अभिलेखिकरण ७ मार्च २०१६ मिति
  13. "Company Overview of Telkomtelstra", ब्लुमबर्ग, अन्तिम पहुँच २७ फेब्रुअरी २०१६ 
  14. इचसान इमरल्ड (१४ नोभेम्बर २०१४), "Telkom Telstra Raih Penghargaan TSPI 2014", रिपब्लिका, अन्तिम पहुँच २७ फेब्रुअरी २०१६ 
  15. "Telkomtelstra Launches Network Applications and Services (NAS) for Indonesian Enterprises", ुद फाष्ट मोड, अन्तिम पहुँच २७ फेब्रुअरी २०१६ 
  16. बेञ्जामिन चिर (१० फेब्रुअरी २०१६), "Telstra serious about Asia play", डिजिटल न्युज एसिया, अन्तिम पहुँच २७ फेब्रुअरी २०१६ 
  17. "Telkom-Telstra JV to Launch Customer Experience Center in Jakarta", जाकार्ता ग्लोब, १६ सेप्टेम्बर २०१५, अन्तिम पहुँच २७ फेब्रुअरी २०१६ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]