वार्तालाप:म्यानमार

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

शीर्षक परिवर्तन[सम्पादन गर्नुहोस्]

म्यानमार पृष्ठको शीर्षक गलत रहेकोले शीर्षक परिवर्तन गरि म्यानमार गर्न प्रस्ताव गर्दछु। nShrestha २२:३९, ३० जुन २०२० (नेपाली समय)

तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।

स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: सारियो-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:२८, १७ अगस्त २०२० (नेपाली समय)


पृष्ठ सार्न अनुरोध →१ जुलाई २०२०[सम्पादन गर्नुहोस्]

म्यानमाम्यानमार – शीर्षक गलत रहेकोले पृष्ठलाई म्यानमारमा सार्न अनुरोध गर्दछौं । nShrestha ०७:१२, १ जुलाई २०२० (नेपाली समय)

नेपाली बृहत शब्दकोषमा पनि म्यानमा (पृष्ठ ८९१ बर्मा२) उल्लेख गरिएको भेटियो। - निर्मल दुलाल (कुरा गर्नुहोस) ११:५९, ६ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
नेपाली भाषामा "म्यानमा" भन्दा पनि "म्यानमार" नै चलनचल्तीमा रहेको छ। उदाहरणको लागि -
सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू वाट म्यानमार गणतन्त्र संघको राजकीय भ्रमण सम्बन्धमा सम्प्माननीय परराष्ट्र मन्त्री श्री प्रदीपकुमार ज्ञवालीज्यूद्वारा जारी गरेको प्रेश नोटआयकर मुल्य अभिवृद्धि कर नामक पुस्तक हेरौँ। यी स्रोतहरूमा "म्यानमार" नै उल्लेख छ। शब्दकोशमा "म्यानमा" छ भने "म्यानमा"लाई पुनर्निर्देश वा वैकल्पिक नामको रूपमा राख्न सकिन्छ। तर प्रयोगको दृष्टिकोणबाट "म्यानमार" नै उपयुक्त शीर्षक हो।Nirajan pant (कुरा गर्ने) २२:१३, ६ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
शब्दकोश र मुल भाषा अनुसार वर्ण नहुने भएकाले लेख्नु आवश्यक छैन, तसर्थ यसको वास्तविक शीर्षक म्यानमा हुन्छ।पर्वत सुबेदी (कुरा गर्ने) १७:३४, ६ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
म्यानमार नेपाली भाषामा चलनचल्तीमा रहेको शब्द हो। त्यसकारण यसको मूल उच्चारण के हो भनी खोजिरहन आवश्यक छ जस्तो लाग्दैन। यसको मूल उच्चारण लेखको शुरूमैं बर्मेली भाषा र आइपीएमा राखिने नै छ। यदि कसैलाई मूल उच्चारण के रहेछ भनी जान्ने इच्छा भएको त्यहीँबाट जान्न सक्छन्। हामीले मूल शीर्षक नै परिवर्तन गरेर "म्यानमा" राख्नु आवश्यक छैन्।--Nirajan pant (कुरा गर्ने) २२:१३, ६ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
मूल भाषामा प्रयोग हुने शीर्षकलाई ज्ञानबाकस अथवा अग्रभागमा देखाउन समस्या भएन वा वैकल्पिक रूपमा प्रयोग गर्न सकियो तर लेखको शीर्षक नेपाली भाषामा चलनचल्तीमा रहेको शब्दलाई ग्राह्यता दिनु पर्दछ, तसर्थ यस लेखको शीर्षक 'म्यानमार'नै उपयुक्त हुन्छ।(सन्दर्भको लागि Nirajan pantजी ले राख्नुभएको टिप्पणी हेर्नुस्)।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:१३, ७ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

──────────────────────────────────────────────────────────────────────────────────────────────────── Nirajan pant जी को टिप्पणी ठिक छ। हामी ले म्यानमालाई पुनर्निर्देश वा वैकल्पिक नामको रूपमा राखी बढी प्रचलनमा रहेको म्यानमारलाई मुख्य शिर्षकको रूपमा राख्दा उपयुक्त होला। --निर्मल दुलाल (कुरा गर्नुहोस) ०९:५१, ७ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

  • कुरा यस्तो हो, नेपालशरी बृहत् शब्दकोशमा रहेको शीर्षक मानक हुन्, जसको फेरबदल गरि विभिन्न शीर्षक प्रकाशित हुन्छन् जसलाई मानकको अवहेलना भनिन्छ। radionepal.gov.np › news-details राष्ट्रपतिको म्यानमा भ्रमण फलदायीः ... कतिले त्यसलाई मान्ने गर्छन् भने कतिले त्यसको वास्ता गर्दैनन्। नेपाली शब्दकोश नमान्ने भए के को मान्ने? अब कसैले काठमाडौं भन्देलारे, कसैले इटली भन्ला, कसैले ग्रीस भन्ला, कसैले पोर्चुगल भन्ला यी सबै नामक हावादारी हुन्, जसलाई नेबृशले अस्वीकार गर्दछ। यदि म्यानमार साच्चिकै सही शब्द हो भने नेपाल प्रज्ञाप्रतिष्ठाजलाई शीर्षक गलत भयो भने फेर्न अनुरोध गर्न सक्नुहुनेछ तर यसको अवहेलना गर्ने हामीमा कुनै कारण छैन। हामीले म्यानमालाई गलत भन्यौ र सञ्चार माध्यम हेरेकै भरमा पोर्चुगल हुन्छ भनिरहेका छौँ। यस्ता शीर्षकहरूमा निष्कर्ष हामीले निकाल्ने होइन। मानक निकायले गर्छ गर्नुपर्ने काम, मात्रै हामीले त्यसको अनुसरण गर्न पर्छ नकी नकार्ने। मैले इताली भनिरहेको थिए र त्यो सही पनि थियो त्यहाँको भाषा अनुसार तर नेबृशले उक्त शब्दको अस्वीकार गर्दछ र मानक इटाली नै बनाउँछ तर कतिले त्यसको अवहेलना गरेर इटली लेखिरहेका छन्, खोज्न सक्नुहुन्छ। इताली शब्दमा मेरो केही चलेन। यस्ता विषयहरू हेर्ने संस्था त्यही हो। जहाँ सम्म पुस्तकको कुरा छ, पुस्तकतमा बर्मा पढ्छौँ हामी, पढिरहेका छौँ, एउटा उपन्यास पढ्नुपर्छ यही प्रथम वर्षमा लैनसिंह वाङ्देलको मुलुक बाहिर भन्ने यसमा बर्मा बाहेक केही पनि छैन, र उपन्यास देशले नामक फेर्नु भन्दा पनि अगाडि लेखिएको भएर त्यसो हुनु स्वभाविक हो र हाल पनि त्यो शब्द प्रचलित छ, त्यसमा ब्रह्मदेश पनि उल्लेख छ। अचानक नयाँ नाम कसरी आयो भन्ने बारेमा जिज्ञासा हुन सक्छ, त्यो स्वभाविक हो, माल्दिभ्स र मालद्वीप दुबै छ त्यस मध्ये एउटा वैकल्पिक हो तर म्यानमार उल्लेखित नभएको कारण, म्यानमा र बर्मा नै सही छ। [ https://www.onlinekhabar.com/2019/10/805897] पर्वत सुबेदी (कुरा गर्ने) १०:३३, ७ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
बर्मा म्यानमारको पुरानो नाम हो जुन अहिले प्रयोगमा घट्दै गएको छ। अब यस नामको प्रयोग अनौपचारिक बोलचाल र साहित्यलेखनमा मात्र सीमित छ। नेपाली शब्दकोशमा म्यानमा शब्द कसरी रहनगयो त्यो हेर्नै पर्छ तर नेपाली भाषाका पत्रपत्रिका, किताब लगायत अन्य सबै तिर म्यानमार नै बढी प्रयोगमा छ र पाठकले पनि सोही नामबाट खोजी गर्दछन्। अतः प्रयोगको आधारमा म्यानमार नै उपयुक्त हुन्छ।--Nirajan pant (कुरा गर्ने) २२:०२, १३ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
  • नेपाली बृहत् शब्दकोशमा रहेको शीर्षक मानक हुन्। म्यानमा आधिकारिक निकाय र मूल भाषाको शीर्षक हो। तर यदी म्यानमार पनि उत्तिकै प्रचलनमा छ र यो अनुप्रेषित पनि छ जसले गर्दा खोजकर्ता सही शीर्षकमा पु्न मद्दत गर्दछ। आज बाङ्लादेश, बङ्गलादेश भएको पनि नेपाली बृहत् शब्दकोशमा रहेको मानक शीर्षक नै हो, तथापि यो पनि वैकल्पिक शीर्षक थियो तर मानक होइन। अब के गर्ने भने मानक निकायमा नै भएको शीर्षकलाई प्रोत्साहन दिने र त्यसको सम्मान गर्ने। हिमाल सुबेदी (कुरा गर्ने) २२:१३, १३ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
  • Nirajan जीको टिप्पणी अनुसार म्यानमार नै बढी प्रचलित भएको कारणले पृष्ठ सार्ने अनुरोधमा मेरो समर्थन छ।--Saroj Uprety (कुरा गर्ने) ०७:५७, ७ अगस्त २०२० (नेपाली समय)
@Biplab Anand, Nirjal stha, and Tulsi Bhagat: छलफल समयसीमा समाप्त भैसकेको कारणले मतको आधारमा लेखलाई म्यानमारमा सार्न अनुरोध गर्दछु।--Saroj Uprety (कुरा गर्ने) ०७:५७, ७ अगस्त २०२० (नेपाली समय)

माथिको छलफललाई बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोला। पछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा गरिनुपर्दछ, जस्तै हालको छलफल पृष्ठ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।