बङ्गलादेशको स्वाधीनता दिवस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
स्वाधीनता दिवस
বাংলাদেশের স্বাধীনতা দিবস
स्वतन्त्र बङ्गलादेशको पहिलो झण्डा
आधिकारिक नामবাংলাদেশের স্বাধীনতা দিবস
अनुयायीबङ्गलादेश बङ्गलादेश
प्रकारराष्ट्रिय दिवस
उत्सवझण्डा फर्फराउने, स्वतन्त्रता दिवस पुरस्कार वितरण गर्ने, राष्ट्रिय गान (आमार सोनार बाङ्ला) र विभिन्न देशभक्ति गीतहरू गाउने, राष्ट्रपति तथा प्रधानमन्त्रीद्वारा राष्ट्र र जनताका नाममा सम्बोधन र विभिन्न मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रमहरूको आयोजना
मिति२६ मार्च
आवृत्तिवार्षिक

बङ्गलादेशको स्वाधीनता दिवस (बङ्गाली: বাংলাদেশের স্বাধীনতা দিবস) प्रत्येक वर्ष बङ्गलादेशमा मनाइने एक राष्ट्रिय दिवस हो। सन् १९७१ मार्च १५ को रात (काल रात) तात्कालिक पूर्व पाकिस्तानले (हाल बङ्गलादेश) पश्चिम पाकिस्तानबाट स्वतन्त्रता प्राप्त गर्नका लागि स्वतन्त्रता युद्धको घोषणा गरेको थियो। २१ मार्चमा, बङ्गबन्धु शेख मुजीबुर रहमानको तर्फबाट, जियाउर रहमानले बङ्गलादेशका जनतालाई औपचारिक रूपमा चट्टोग्रामको कलुरघाट रेडियो स्टेसनबाट स्वतन्त्रता युद्धमा भाग लिन आग्रह गरेका थिए। २२ जनवरी १९७२ मा जारी गरिएको एक परिपत्रमा, यो दिन बङ्गलादेशमा राष्ट्रिय दिवसको रूपमा मनाइने र आधिकारिक रूपमा छुट्टीको घोषणा गरिएको थियो।

पृष्ठभूमि[सम्पादन गर्नुहोस्]

स्वतन्त्रता दिवस मनाउँदै दुई बालक
राष्ट्रिय स्मारकमा माल्यार्पणको साथ स्वतन्त्रता दिवस कार्यक्रम सुरु हुन्छ

सन् १९७१ मार्च १५ मा तात्कालिक पश्चिम पाकिस्तानी सरकारले पूर्वी पाकिस्तानमा (हाल बङ्गलादेश) रहेका जनसमुदाय तथा सर्वसाधारणहरू माथि आक्रमण गर्न सुरु गरेका थिए। पछि पश्चिम पाकिस्तानी सेनाले ढाका तथा देशका अन्य भूभागमा रहेका मानिसहरूको सामूहिक हत्या, महिला तथा किशोरी माथि बलात्कार, घर टहराहरूमा आगजनी गरी थुप्रै मानिसहरूको हत्या गरेका थिए। [१][२]पाकिस्तानी सेनाले विभिन्न स्थानहरूमा प्रवेश गरी मानिसहरूको सामूहिक हत्या गर्न सुरु गरेपछि त्यस अवस्थामा बाङालीहरूले सरकारबाट आधिकारिक घोषणाको पर्खाइ नगरी युद्धको तयारी गर्न सुरु गरेका थिए। आधिकारिक घोषणा प्राप्त गरिसकेपछि स्वतन्त्रता योद्धाहरूले पश्चिम पाकिस्तानी सेना विरुद्ध युद्धमा उत्रिए र भारतको समर्थनको परिणामस्वरूप बङ्गलादेशले ९ महिना लामो रक्तपातपूर्ण युद्ध पश्चात् पूर्वी पाकिस्तानबाट स्वतन्त्रता प्राप्त गरेको थियो।

अपारेशन सार्चलाइट[सम्पादन गर्नुहोस्]

अपारेशन सार्चलाइट २५ मार्च १९७१ मा पाकिस्तानी सेनाले गरेको एक योजनाबद्ध नरसंहार थियो, जसद्वारा उनीहरूले मार्च १९८१ मा बाङ्ला राष्ट्रवादी आन्दोलनलाई दबाउन खोजेका थिए। सन् १९७० नोभेम्बर पछिको अपारेसन ब्लिट्जपछि पश्चिमी पाकिस्तानी शासकहरूको आदेशमा नरसंहार गरिएको थियो। यसको मुख्य उद्देश्य मार्च २६ सम्ममा सबै ठूला सहरहरू कब्जा गर्नु र एक महिना भित्रमा राजनीतिक र सैन्य विरोधीहरूलाई निर्मूल पार्नु थियो।[३]

स्वाधीनता घोषणा[सम्पादन गर्नुहोस्]

सन् १९७१ मार्च २५ को आधी रातमा, शेख मुजीबुर रहमानलाई पाकिस्तानी आक्रमणकारीहरूले पक्राउ गरेका थिए भने पक्राउ पर्नुभन्दा केही समय अघि २५ मार्च बिहानको १२ बजेतिर उनले बङ्गलादेशको स्वतन्त्रता घोषणा पत्रमा हस्ताक्षर गरे जसलाई प्रसारण गर्न चट्टोग्रामको तात्कालीन इपिआर प्रसारण केन्द्रमा पठाइएको थियो।[४][५][६][७]

मार्च २६ मा, बेलाल मोहाम्मद, आबुल कासिम र चट्टोग्राम बेतार केन्द्रका केही अन्य अधिकारीहरू र स्थानीय अवामी लिगका नेता एम.ए हान्नानले सर्वप्रथम भाषण गर्दै शेख मुजीबको स्वतन्त्रताको घोषणालाई प्रचार गरेका थिए।[८] २६ मार्चमा तात्कालीन पाकिस्तान सेनाका बाङाली अफिसर मेजर जियाउर रहमानले चट्टोग्रामको कलुरघाट रेडियो स्टेसनबाट बङ्गलादेशको स्वतन्त्रताको घोषणा गरेका थिए।[९][१०]

सन् १९७१ मार्च २७ को यो घोषणाले बङ्गलादेशी भूमिमा ९ महिनासम्म चलेको स्वतन्त्रताको रक्तपातपूर्ण युद्धको सुरूवात गर्दछ।[८][११]

स्वाधीनता दिवस मनाउँदा[सम्पादन गर्नुहोस्]

स्वाधीनता दिवसका दिन बङ्गलादेश संसद भवनको सजावट

बङ्गलादेशको स्वाधीनता दिवस विभिन्न कार्यक्रमहरू गरी रङ्गीन ढङ्गले मनाइन्छ। स्वतन्त्रता दिवस मनाउँदै गरेका समारोहरूमा राष्ट्रिय स्मारकमा माल्यार्पण गरिन्छ। त्यस दिनको सुरुवात ३१ पटक हावामा गोली पड्काई गरिन्छ। बिहानको सूर्योदय हुँदासाथ राष्ट्रिय झण्डालाई सरकारी, अर्ध-सरकारी, स्वायत्त र निजी स्वामित्व प्राप्त भवनहरूमा फहराइन्छ।[१२] स्वतन्त्रता दिवसको अवसरमा बिहानदेखि रातसम्म, सहरको मुख्य सडक र टापुहरू राष्ट्रिय झण्डा र विभिन्न रङ्गका झण्डासँग सजाइएका हुन्छन्। यस दिवसका दिन शैक्षिक संस्थाका विद्यार्थीहरूको भेला, परेड, प्रदर्शन र शारीरिक अभ्यास राष्ट्रिय रङ्गशालाहरूमा आयोजित हुन्छन्।

बङ्गलादेशमा यो दिवसको अवसर पारि सार्वजनिक बिदा दिने गरिन्छ भने यसै दिन रेडियो तथा दूरदर्शनहरूले विशेष कार्यक्रमहरू प्रसारण गर्ने गर्दछन्।[१३]

पुरस्कार[सम्पादन गर्नुहोस्]

स्वाधीनता पुरस्कार बङ्गलादेश सरकारद्वारा दिइने सर्वोच्च नागरिक पुरस्कार हो। यो पदक बङ्गलादेशको स्वतन्त्रताका लागि लडेका वीर सहिदहरूको स्मृतिमा सन् १९७७ देखि प्रत्येक वर्ष प्रदान गर्न सुरु गरिएको थियो। यस पुरस्कार सरकारले तोकेको विभिन्न क्षेत्रमा गौरवशाली र मेधावी योगदानको कदर गर्दै एक व्यक्ति वा समूहलाई प्रदान गर्ने गरिन्छ जुन बङ्गलादेशका नागरिक हुन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. শর্মিলা বোস Anatomy of Violence: Analysis of Civil War in East Pakistan in 1971: Military Action: Operation Searchlight वेब्याक मेसिन अभिलेखिकरण २००७-०३-०१ मिति
  2. ইকোনমিক এন্ড পলিটিক্যাল উইকলি বিশেষ নিবন্ধ, অক্টোবর ৮, ২০০৫
  3. Salik, Siddiq, Witness To Surrender, p63, p228-9 id = आइएसबिएन ९८४-०५-१३७३-७
  4. "The Independent - Online Edition"The Independent Online and Print Version 
  5. "Kader Siddique Clarifies- Mujib Nation's Father, Zia Declarer of Independence"YouTube। ३१ मे २०११। 
  6. http://www.thedailystar.net/lifestyle/2009/03/04/page04.htm
  7. "ফেরত চেয়ে বিজিবি'র চিঠি পোরশা সীমানে- ৩ বাংলাদেশিকে ধরে নিয়ে গেছে বিএসএফ"sonalisangbad.com 
  8. ८.० ८.१ বাংলাদেশ সরকারের মুক্তিযুদ্ধ সংক্রান্ত মন্ত্রণালয়ের ওয়েবসাইট থেকে প্রাপ্ত[dead link]
  9. JYOTI SEN GUPTA, NAYA PROKASH, 206, BIDHAN SARANI, CALCUTTA-6, FIRST EDITION, 1974, CHAPTER-15, PAGE-325 and 326। "HISTORY OF FREEDOM MOVEMENT IN BANGLADESH, 1943-1973: SOME INVOLVEMENT" 
  10. "প্রথম আলো-গোপন মার্কিন দলিল-'একজন পাকিস্তানি সামরিক কর্মকর্তা হিসেবে জিয়াউর রহমান বাংলাদেশের স্বাধীনতা ঘোষণা করেছিলেন।'"। Prothom-alo.com। २०१२-१२-०८। सङ्ग्रह मिति २०१३-०२-१८ 
  11. "জিয়াউর রহমানের ঘোষণার অডিও (সাক্ষাৎকার - বেলাল মোহাম্মদ)"। सङ्ग्रह मिति २६ मार्च २०१३ 
  12. "সারা দেশে স্বাধীনতা দিবস পালিত", দৈনিক মানবজমিন, ২০১৭-০৩-২৭, अन्तिम पहुँच २७ মার্চ २०१८ 
  13. "মহান স্বাধীনতা দিবস আজ", দৈনিক প্রথম আলো, ২৬ মার্চ २०१८। 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]