रोबर्ट प्याटिनसन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रोबर्ट प्याटिनसन
Robert Pattinson
सन् २०१८ बर्लिन अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्याटिनसन
जन्मरोबर्ट डगलस थोमस प्याटिनसन
(1986-05-13) १३ मे १९८६ (उमेर ३७)
लन्डन, इङ्ल्यान्ड
पेशाअभिनेता
कार्यकालसन् २००४–वर्तमान
आफन्तलिजी प्याटिनसन (बहिनी)[१]
पुरस्कारपूर्ण सूची

रोबर्ट डगलस थोमस प्याटिनसन[२][३] (जन्म १३ मे १९८६) एक अङ्ग्रेजी अभिनेता हुन्। ठूलो-बजेट र स्वतन्त्र दुवै चलचित्रहरूमा अभिनय गर्नका लागि परिचित, प्याटिनसन विश्वको सबैभन्दा धेरै कमाउने अभिनेताहरूको सूचीमा परेका छन्। सन् २०१० मा, टाइम पत्रिकाले उनलाई विश्वका १०० प्रभावशाली व्यक्तिहरूको सूचीमा राखेको थियो, र फोर्ब्स सेलिब्रेटी १०० सूचीमा समावेश गरिएको थियो।

१५ वर्षको उमेरमा लन्डन थिएटर क्लबमा अभिनय गरिसकेपछि, उनले काल्पनिक चलचित्र ह्यारी पोटर एन्ड द गोब्लेट अफ फायर (सन् २००५) मा सेड्रिक डिगरी खेल्दै आफ्नो चलचित्र जीवनको सुरुवात गरेका थिए। सन् २००८ र २०१२ को बीचमा पाँचवटा चलचित्रहरू समावेशी ट्वाइलाइट उपन्यासको चलचित्र रूपान्तरणमा उनले एडवर्ड क्युलेनको रूपमा अभिनय गरेका थिए, जसले विश्वव्यापी रूपमा ३.३ बिलियन डलर कमाएको थियो। यसले प्याटिनसनलाई विश्वव्यापी ख्याती दिलाएको थियो र विश्वमा सबै भन्दा बढि भुक्तानी पाउने कलाकारहरूका बीच स्थापित गरेको थियो।

उनी क्रिस्टोफर नोलनको जासूसी चलचित्र टेनेट (सन् २०२०) मा प्रमुख भूमिकाको साथ मुख्यधाराका चलचित्रहरूमा फर्केका थिए र म्याट रिभ्सको सुपरहिरो चलचित्र द ब्याटम्यान (सन् २०२२) मा ब्याटम्यानको भूमिकामा अभिनय गरेका थिए।

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]

प्याटिनसनको जन्म १३ मे १९८६ मा लन्डनमा भएको थियो।[४][५]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Robert Pattinson: 6 Things You Need To Know About The Next Batman Actor", Cinemablend, ४ मार्च २०२०, अन्तिम पहुँच २८ सेप्टेम्बर २०२० 
  2. "Getting to know the "Twilight" actors", Newsday, २००८, मूलबाट २० नोभेम्बर २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच ३ मे २००८ 
  3. "Robert Pattinson Biography", The Biography Channel UK, The Biography Channel. A&E Television Networks and Disney-ABC Television Group, मूलबाट ५ जुलाई २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ मे २०१३  वेब्याक मेसिन अभिलेखिकरण ५ जुलाई २०१३ मिति
  4. "Monitor", Entertainment Weekly (1207), १८ मे २०१२, पृ: २९। 
  5. "Robert Pattinson", People, मूलबाट २९ जुलाई २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच ३ अप्रिल २००९ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]