रोबर्ट प्याटिनसन
Jump to navigation
Jump to search
रोबर्ट प्याटिनसन Robert Pattinson | |
---|---|
![]() सन् २०१७ बर्लिन अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्याटिनसन | |
जन्म | रोबर्ट डगलस थोमस प्याटिनसन १३ मे १९८६ लन्डन, इङ्ल्यान्ड |
पेशा | अभिनेता |
कार्यकाल | सन् २००४–वर्तमान |
आफन्त | लिजी प्याटिनसन (बहिनी) |
पुरस्कार | पूर्ण सूची |
रोबर्ट डगलस थोमस प्याटिनसन (जन्म १३ मे १९८६) एक अङ्ग्रेजी अभिनेता हुन्। १५ वर्षको उमेरमा लन्डन थिएटर क्लबमा अभिनय गरिसकेपछि, उनले काल्पनिक चलचित्र 'ह्यारी पोटर एन्ड द गोब्लेट अफ फायर' (सन् २००५) मा सेड्रिक डिगरी खेल्दै आफ्नो चलचित्र जीवनको सुरुवात गरेका थिए। सन् २००८ र २०१२ को बीचमा पाँचवटा चलचित्रहरू समावेशी 'ट्विलाइट' उपन्यासको चलचित्र रूपान्तरणमा उनले एडवर्ड क्युलेनको रूपमा अभिनय गरेका थिए, जसले विश्वव्यापी रूपमा ३.३ बिलियन डलर कमाएको थियो। यसले प्याटिनसनलाई विश्वव्यापी ख्याती दिलाएको थियो र विश्वमा सबै भन्दा बढि भुक्तानी पाउने कलाकारहरूका बीच स्थापित गरेको थियो।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
बाह्य कडीहरू[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा रोबर्ट प्याटिनसन सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |