हाउस (टिभी शृङ्खला)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
House
चित्र:HigherResolutionHouseMD.jpg
हाउस title screen
Also known as हाउस, एम.डि.
Format मेडिकल ड्रामा
Created by डेविड शोर
Starring ह्यु लउरी
Lisa Edelstein
Omar Epps
Robert Sean Leonard
Jennifer Morrison
Jesse Spencer
Peter Jacobson
Kal Penn
Olivia Wilde
Opening theme "Teardrop" by
Massive Attack
"House End Credits"[a]
Country of origin United States
Language(s) English
No. of seasons 5
No. of episodes 97 (List of episodes)
Production
Executive
producer(s)
Katie Jacobs
David Shore
Paul Attanasio
Bryan Singer
Russel Friend
Garrett Larner
Thomas L. Moran
Hugh Laurie [१]
Running time करिब ४३ मिनेट
Broadcast
Original channel FOX
Picture format 480i (SDTV),
720p (HDTV)
Original run November 16, 2004 – present
External links
Official website
IMDb profile
TV.com summary

हाउस, वा हाउस, एम.डि., चिकित्सा सम्बन्धित एक अमेरिकी टेलिश्रृङ्खला हो। यो टेलिश्रृङ्खला फक्स नेटवर्कद्वारा सम् २००४, नोभेम्बर १६ देखि प्रसारण गर्न थालिएको हो। यो कार्यक्रम डेविड शोरद्वारा बनाइएको तथा एक्जेक्युटिभ निर्माण शोर र चलचित्र निर्देशक ब्रायन सिङ्गरद्वारा गरिएको हो। सन् २००७-२००८मा यो टेलिश्रृङ्खला टेलिभिजनमा सबैभन्दा धेरै हेरिने स्क्रिप्टेड कार्यक्रम तथा अमेरिकन आइडल र डान्सिङ् विद् द स्टार पश्चात तेस्रो सबैभन्दा धेरै हेरिने टेलिभिजन कार्यक्रम बन्न गयो।[२]

हाउसमा बेलायती अभिनेता ह्यु लउरीले मुख्य पात्र अमेरिकी डा॰ ग्रेगरी हाउसको पात्र निभाएका छन्। डा॰ हाउस न्यु जर्सीको काल्पनिक प्रिन्सटन-प्लेन्सबोरो शिक्षण अस्पतालमा डायग्नोस्टिक्स विभागका प्रमुखका रूपमा कार्यरत एक मेडिकल विद्वान हुन्छन्। उनका सर्वप्रथम डायग्नोस्टिक टिममा डा॰ रोबर्ट चेज (जेसी स्पेन्सर), डा॰ एलिसन क्यामेरोन (जेनिफर मोरिसन), र डा॰ इरिक फोरम्यान (ओमार इप्स) हुन्छन्। चौथों सिजनमा यो टिम टुक्रिन्छ र हाउसले ४० जना नयाँ प्रत्यासीहरूको प्रतिस्पर्धाबाट एउटा नयाँ टिम बनाउँछन् जसमा डा. रेमी "थर्टिन" ह्याड्ले (ओलिभिया वाइल्ड), डा. क्रिस टउब (पिटर ज्याकोबसन), र डा. लरेन्स कट्नर (कल पेन) सदस्य हुन्छन्। अन्य मुख्य पात्रमा डा. लिसा कडी (लिसा इडेल्सस्टाइन), डिन अफ मेडिसिन र प्रिन्स्टन प्लेन्सबोरो शिक्षण अस्पतालका प्रबन्धक,[३] र डा. जेम्स विल्सन (रोबर्ट सिन लियोनार्ड), सोही अस्पतालका अङ्कोलोजी विभागका प्रमुख र हाउसका मिल्ने साथी छन्।

हाउसले धेरै पुरस्कार र नोमिनेसन जितेको छ। लउरीले सन् २००६ र सन् २००७मा गोल्डेन ग्लोब एवार्ड अन्तर्गतको टेलिभिजन श्रृङ्खलाको सर्वोत्कृष्ट अभिनेताको पुरस्कार जिते र सन् २००७मा १३औं स्क्रिन एक्टर गिल्ड एवार्ड अन्तर्गतको नाटकको सर्वोत्कृष्ट अभिनेताको पुरस्कार जिते। हाउस पात्रले सन् २००५मा पिबडी एवार्ड जिते[४]। यो टेलिश्रृङ्खला ३ पटक लगातार (२००६, २००७, र २००८) प्राइमटाइल एमी एवार्डको सर्वोत्कृष्ट नाटक श्रृङ्खलाको नोमिनेसनमा पर्‍यो[५][६][७]हाउस टेलिश्रृङ्खलाको अहिले पाँचौं सिजन चलिरहेको छ।

सिरिज पृष्ठभूमि[सम्पादन गर्नुहोस्]

ग्रेगरी हाउस, एम.डि., एक एन्टिसोसियल मेडिकल जिनियस हुन्छन् जो न्यु जर्सीको प्रिन्स्टन-प्लेन्सबोरो शिक्षण अस्पतालको डायग्नोस्टिक विभागको अध्यक्षको रूपमा कार्यरत छन्। प्रायः भागहरू cold open, वा in medias resबाट शुरु हुन्छन्। यी शुरुवातका दृष्यहरू प्रायः अस्पताल बाहिर सम्बन्धित भागको प्रमुख विरामीको लक्षण सम्बन्धित हुन्छन्। तत्पश्चात नाटकमा सो विरामीलाई लागेको रोगलाई चिन्ने प्रयास र रोगको निदान गर्ने प्रयास गरिन्छ तर धेरै जसो समयमा चाहिं विरामी निकै खतराजनक अवस्थामा पुग्दाखेरिसम्म चिकित्सकहरूले सफलता हासिल गर्दैनन्।

हाउसको विश्वप्रसिद्ध विभागमा यस्ता विरामीहरूको जाँच गरिन्छ जसको रोगको पहिचान गर्न सकिएको हुन्न, जसले गर्दा विरामीको केस जटिल हुन्छ। हाउसले यस्ता केसहरू लिन्दैनन् जुन उनलाई रोमाञ्चकारी लाग्दैन। यो टेलिश्रृङ्खलामा देखाइने मेडिकल केसहरू प्रायः नदेखिने तर वास्तविक प्रकारका हुन्छन्। यसलाई एण्ड्रु होल्ज्, द मेडिकल साइन्स अफ हाउस, एम.डि.का लेखकले यसरी वर्णन गरेका छन् "a conglomeration of all the worst things that can happen to people from all over the world, crammed into one little community."[८]

हाउसको टिमले डायग्नोसिसमा पुग्न लक्षणको आधारमा डिफरेन्सियल डायग्नोसिसहरू निकाल्छन्[९] जसलाई हाउसको नेतृत्वमा डायग्नोसिससम्म पुर्‍याउने गरिन्छ। हाउसले प्रायः आफ्ना टिमका सदस्यहरूको विचारलाई चुनौती दिने गर्दछन् र आफ्ना टिम सदस्यहरूको कार्यमा रहेका त्रुटिहरूलाई र नसोचिएका लक्षणहरूलाई दर्शाउने गर्दछन्। विरामी प्रायः शुरुमा मिसडायग्नोज्ड हुन्छन् र एपिसोड बढ्दै जाँदा सो मिसडायग्नोसिसको लागि उपचारार्थ राखिएका हुन्छन्। यसले गर्दा कम्प्लिकेसन उब्जिन्छ जसलाई लक्षणको रूपमा प्रयोग गरेर हाउस र उनका टिम सही डायग्नोसिसमा पुग्दछन्।

प्रायः, रोगहरू सजिलै पत्ता लगाउन सकिन्न किनभने विरामीले रोग, लक्षण वा अवस्थाको बारेमा झुठो विवरण दिन्छन्। हाउसले धेरैपटक भन्छन्, "Everybody lies" (सबैजना झुठो बोल्दछन्) वा टिमको छलफलमा भन्छन् "The patient is lying"(रोगीले झुठो बोलिरहेछ) वा "The symptoms never lie"(लक्षणले झुठो बोल्दैन)। हाउसको यो मनस्थितिले हाउसलाई निर्णय लिन र डायग्नोस गर्न मद्दत गर्दछ। [१०]


पात्र कलाकार पद विशिष्टिकृत विषय
ग्रेगरी हाउस ह्यु लउरी
  • डायग्नोस्टिक मेडिसिन विभाग प्रमुख
लिजा कडी लिजा एडेल्स्टैन
  • अस्पतालको प्रमुख प्रबन्धक
  • डिन अफ मेडिसिन
  • प्रिंस्टन-प्लेन्स्बोरो चिकित्सालयको बोर्ड अफ डिरेक्टरस्‌को सदस्य
  • अङ्ग प्रत्यारोपण कमिटीको सदस्य
जेम्स विल्सन रोबर्ट सीन लियोनार्ड
  • अङ्कोलोजी विभाग प्रमुख (1.01–5.01, 5.04–)
  • प्रिंस्टन-प्लेन्सबरो अस्पताल बोर्डको सदस्य (1.01–5.01, 5.04–)
  • अङ्ग प्रत्यारोपण कमिटीको सदस्य (1.01–5.01, 5.04–)
इरिन फोरमेन ओमार एप्स
  • चिकित्सक, डायग्नोस्टिक मेडिसिन विभाग (1.01–3.24, 4.04–)
  • मर्सी अस्पतालको डायग्नोस्टिक मेडिसिन प्रमुख (4.01–4.03)
एलिसन क्यानेरोन  जेनिफर मरिसन
  • चिकित्सक, डायग्नोस्टिक मेडिसिन विभाग (1.01–3.24)
  • आकस्मिक विभागमा अटेण्डिङ्ग फिजिसियन (4.01–)
  • बजेट कमिटीको सदस्य (4.11)
रोबर्ट चेज जेसी स्पेन्सर
क्रिस टउब पिटर ज्याकोबसन
  • चिकित्सक, डायग्नोस्टिक मेडिसिन विभाग (4.02–)
लरेन्स कट्नर कल पेन
  • चिकित्सक, डायग्नोस्टिक मेडिसिन विभाग (4.02–)
थर्टिन[११] Olivia Wilde
  • चिकित्सक, डायग्नोस्टिक मेडिसिन विभाग (4.02–)

कास्टिङ्ग[सम्पादन गर्नुहोस्]

हाउसका निर्माताहरू हाउसको पात्रका निम्ति आएका अर्ली अडिसनहरू प्रति सन्तुष्ट थिएनन्। जब ह्यु लउरीले अडिसन गरे, उनले आफ्नो रूपका लागि क्षमा मागे र फ्लाईट अफ द फिनिक्सको छाँयाकणमा व्यस्त भएको हुनाले आफ्नो रूप सो प्रकारको भएका स्पष्टिकरण दिए। [१२]

निर्माण[सम्पादन गर्नुहोस्]

[[File:BryanSinger edited.jpg|thumb|right|200px|Film director Bryan Singer. Singer is an executive producer on the show and also directed the [[Pilot

थिम सङ्गीत[सम्पादन गर्नुहोस्]

छाँयाङ्कन[सम्पादन गर्नुहोस्]

The back entrance of Frist Campus Center

Reception[सम्पादन गर्नुहोस्]

Awards[सम्पादन गर्नुहोस्]

Hugh Laurie at the Actors Guild Question and Answer, २००५

व्यापार[सम्पादन गर्नुहोस्]

डिभिडि रिलिज[सम्पादन गर्नुहोस्]

स्रोत[सम्पादन गर्नुहोस्]

  1. "Fox Broadcasting Company: House, Show Info", Fox, अन्तिम पहुँच २००८-०३-०१  वेब्याक मेसिन अभिलेखिकरण २०१०-०१-२० मिति
  2. Gorman, Bill (२००८-०६-१२), "Top Season To Date Broadcast Shows By Viewers Through June 8", TV by the Numbers, अन्तिम पहुँच २००८-०६-१६  वेब्याक मेसिन अभिलेखिकरण २००८-१२-२९ मिति
  3. "Words and Deeds", House, भाग 11, सिजन 3, २००७-०१-०९।  |episodelink= प्यारामिटर ग्रहण गरेन (सहायता); |airdate= प्यारामिटर ग्रहण गरेन (सहायता);
  4. Eggerton, John (२००६-०४-०५), "South Park, House Get Peabodys", Broadcasting & Cable (Reed Business Information), अन्तिम पहुँच २००८-०८-३१  वेब्याक मेसिन अभिलेखिकरण २००८-१०-०९ मिति
  5. "The 58th Primetime Emmy Awards and Creative Arts Emmys Nominations", Academy of Television Arts & Sciences, अन्तिम पहुँच २००८-०५-०४ 
  6. "The 59th Primetime Emmy Awards and Creative Arts Emmy Awards Nominees are...", Academy of Television Arts & Sciences, अन्तिम पहुँच २००८-०५-०४ 
  7. "The 60th Primetime Emmy Awards and Creative Arts Emmy Awards Nominees are...", Academy of Television Arts & Sciences, अन्तिम पहुँच २००८-०५-०४ 
  8. (Flash Video (.flv)) Final Cut Fox 12 - Stories Behind House. [Television production]. Fox News Channel. http://www.youtube.com/watch?v=xVWjtFbtBds. अन्तिम पहुँच मिति: 2008-05-27. [copyright violation?]
  9. Smith, S.E., "What is Differential Diagnosis?", wiseGEEK, अन्तिम पहुँच २००८-०९-२७ 
  10. Greengrass, Mara (२००८-०१-३०), "Review: House MD - "It's a Wonderful Lie"", Firefox News, अन्तिम पहुँच २००८-०९-२७  वेब्याक मेसिन अभिलेखिकरण २००८-०२-०७ मिति
  11. "House - Bios", Twentieth Century Fox Film Corporation, अन्तिम पहुँच २००८-१०-०५  वेब्याक मेसिन अभिलेखिकरण २००८-१२-०२ मिति
  12. Casting Session with Hugh Laurie House DVD Special Feature, [2005]

External links[सम्पादन गर्नुहोस्]


पूर्वाधिकारी Super Bowl
lead-out program
2008
पछिल्लो
The Office
2009

ढाँचा:HOUSE