विकिपिडिया:लेख सुधार सम्पादनथन/नियम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


लेख सुधार सम्पादनथन
सन् २०२० (वि.सं. २०७७)
नतिजा
प्रतियोगिता तथ्याङ्क
सुधारिएका लेखहरू
सुधार सम्पन्न लेखहरू
सहभागीहरू
प्रयोगकर्ता सहभागीहरू
पुरस्कार
पुरस्कार
  • लेख सुधार गर्ने कार्य वि.सं. २०७७ असोज १ गतेदेखि वि.सं. २०७७ असोज ३० गतेभित्र गरिएको हुनुपर्छ।
  • कुनैपनि प्रयोगकर्ताले यस प्रतियोगितामा सहभागिता जनाउन सक्ने छन्।
  • लेख सुधार गर्दा न्यूनतम २,५०० बाइट्स तथा २०० शब्द जोडिएको हुनुपर्छ।
  • सामग्री अनुवाद प्रयोग गरेर लेख सुधार गरेमा त्यसलाई मान्यता दिइने छैन।
  • लेख सुधार गर्दा विकिपिडियाको नीति तथा दिशानिर्देश बमोजिम गर्नुपर्नेछ।
  • टिप्पणी: अन्तिममा निर्णायक समूहद्वारा लेख जाँच गरिनेछ।
  • कुनै समस्या भएमा आयोजक समूहका सदस्यहरूसँग छलफल गर्नुहोस्।

अङ्क बाँड फाँट[सम्पादन गर्नुहोस्]

उपकरणमा जोड्न सकिने
  • लेख सुधार गर्दा न्यूनतम (पहिलेदेखि भएको सामग्री बाहेक) २०० शब्द (नयाँ) र २ वटा भरपर्दो स्रोत (नयाँ) जोडेमा १० अङ्क
  • लेख सुधार गर्दा न्यूनतम (पहिलेदेखि भएको सामग्री बाहेक) ५०० शब्द (नयाँ) र ५ वटा भरपर्दो स्रोत (नयाँ) जोडेमा २० अङ्क
  • लेख सुधार गर्दा न्यूनतम (पहिलेदेखि भएको सामग्री बाहेक) १००० शब्द (नयाँ) र १० वटा भरपर्दो स्रोत (नयाँ) जोडेमा ४० अङ्क
  • मेट्नको लागि प्रस्ताव गरिएको लेख न्यूनतम मापदण्ड पुरा गरेर सुधार गरेमा अतिरिक्त ५ अङ्क
उपकरणमा जोड्न नसकिने
  • स्रोतहीन तथा उद्यरण आवश्यक चिनो लागेको लेखमा १ वटा भरपर्दो स्रोत जोडेमा १ अङ्क, ५ वटा भरपर्दो स्रोत जोडेमा ३ अङ्क र सोही लेखमा १० वटासम्म भरपर्दो स्रोत जोडेमा ५ अङ्क (नेपाली सञ्चार माध्यमका वेबसाइटहरू सन्दर्भको रूपमा जोड्न प्रयोगकर्ताहरूलाई प्रोत्साहित गरिन्छ।)
  • तस्वीर नभएको लेखमा विकिमिडिया कमन्सबाट तस्वीर ल्याएर लेखमा जोडेमा २ अङ्क (तस्वीरको हकमा १ वा सो भन्दा बढी जोडेमा २ अङ्क नै दिइनेछ।)