गेल कोजिएरा बौद्रोउ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गेल बौद्रोउ
जन्मसन् १९६०
शिक्षाडारमाउथ क्लेज (मानविकीमा स्नातक)
कोलम्विया विश्वविद्यालय (व्यावसाय प्रसाशनमा स्नातकोत्तर)
पेशामहिला व्यावसायी
कामदारएन्थम इन्क
उपाधिएन्थम इन्कको अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत
जीवनसाथीटेरी बौद्रोउ[१]
सन्तान2 sons[२]

गेल कोजियरा बौद्रोउ (जन्म सन् १९६०) एक अमेरिकी महिला व्यावसायी तथा खेलाडी हुन्। उनी सन् १९७८ देखि सन् १९८२ सम्म कलेजमा डार्टमाउथ बिग ग्रीन महिला बास्केटबल समूहको उत्कृष्ट खेलाडी थिए । उनले पछि एटना, ब्लूक्रस ब्लूशिल्ट इलिनोइस (सन् २००२) र युनाइटेड हेल्थ ग्रुप (सन् २००८) जस्ता धेरै कम्पनीहरूको कार्यकारीको रूपमा कार्य गरेका थिए । सन् २००९ मा उनलाई फोर्ब्सको "१०० सबैभन्दा शक्तिशाली महिला" सूचीमा ५४ औं स्थानमा सूचीकृत भएका थिए भने सन् २०१९ को सूचीमा उनी ११ औं स्थानमा रहेका थिए।[३] सन् २००८ देखि सन् २०१४ सम्म उनी फोर्च्युनको शक्तिशाली महिलाको सूचीमा सूचीकृत थिए भने उक्त सूचीमा उनी २५ औं स्थानमा पुगेका थिए। सन् २०१४ मा युनाइटेड हेल्थ ग्रुपको प्रमुख कार्यकारी अधिकृतको पद छोडेर उनले आफ्नो स्थास्थ्य सम्बन्धी परामर्श कम्पनी जिकेबी ग्लोबल हेल्थ, एलएलसीको स्थापना गरेका थिए। सन् २०१७ नोभेम्बरमा उनी अमेरिकाको महिला नेतृत्व भएको दोश्रो ठूलो कम्पनी एन्थेम इन्कको प्रमुख कार्यकारी अधिकृतको रूपमा नियुक्त भएका थिए ।

पुरस्कार[सम्पादन गर्नुहोस्]

सन् २०१८ मा उनि बिली जीन किंग योगदान पुरस्कार बाट सम्मानित भइन् । [४]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Gail Koziara Boudreaux '82", Trustees of Dartmouth College, अन्तिम पहुँच २०१७-०५-३० 
  2. "Gail Koziara Boudreaux '82", Dartmouth College, २०१५-१२-१०, अन्तिम पहुँच २०१७-०५-३० 
  3. https://www.forbes.com/power-women/list/#tab:overall
  4. "2018 Billie Jean King Leadership Award: Gail K. Boudreaux", Women's Sports Foundation (en-USमा), अन्तिम पहुँच २०१९-०५-०८  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०५-०८ मिति