डिजिटल साक्षरता

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
विद्यार्थीहरू कम्प्युटर सिक्दै

डिजिटल साक्षरता भन्नाले कुनै एक व्यक्तिले विभिन्न डिजिटल कार्यस्थलमा त्यसको प्रयोग गरि आफ्नो आवश्यक्ता पुरा गर्ने सक्ने क्षमता भन्ने बुझाउँछ। प्रविधिको प्रयोगबाट (विशेष गरि कम्प्युटर वा मोबाइलबाट) तस्विरहरू, भिडियो, टाइपिङ, अडियो आदि प्रविधिक जानकारीहरूलाई प्रसोधन गरेर उत्पादन गर्न सक्ने खुबी भन्ने बुझिन्छ। अमेरिकी पुस्तकालय सङ्घले डिजिटल साक्षरतालाई 'सूचना र सञ्चार प्रविधिको प्रयोग गरि सञ्चार गर्ने, सृजना गर्ने, मूल्याङ्कन दुवै संज्ञानात्मक र प्राविधिक सीपहरूको प्रयोग गर्ने क्षमतालाई बुझाउँछ।' भनेर परिभाषित गरेको छ।[१] हुन त डिजिटल साक्षरताले सुरुमा डिजिटल कौशल कम्प्युटरको प्रयोगमा ध्यान केन्द्रित गरेको थियो तर इन्टरनेटको आगमन र सामाजिक सञ्जालको प्रयोगले मोबाइल उपकरणहरूको ज्ञान पनि उतिकै महत्वपूर्ण बनाइदिएको छ।[२] डिजिटल साक्षरता परम्परागत साक्षरता जस्तो हैन, यसले परम्परागत साक्षरतालाई निकै पछाडि छोडेको छ। डिजिटल साक्षरतालाई ज्ञानको मार्गको एक भाग मान्नुपर्छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Digital Literacy", Welcome to ALA's Literacy Clearinghouse (en-USमा), २०१७-०१-१९, अन्तिम पहुँच २०२०-१०-२२ 
  2. The New London Group (1997). New Literacy Studies