जवाहरलाल नेहरू रङ्गशाला, दिल्ली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जवाहरलाल नेहरू रङ्गशाला, दिल्ली
खेल भइरहेको समयमा रङ्गशाला
नक्सा
ठेगानानयाँ दिल्ली,
दिल्ली,
भारत - ११०००३
सार्वजनिक ट्रान्जिट ढाँचा:Stn
मालिकभारत खेल प्राधिकरण[१]
दर्शक क्षमता६०,२५४
मैदान आकार१०६ मी × ६८ मी (११६ गज × ७४ गज)
सतहघाँस, दौड पट्टी सबै मौसमको लागि
निर्माण
निर्माणसन् १९८२
खुलासन् १९८३
मर्मत सम्भारसन् २०१०
निर्माण लागतभारतीय ₹ ९६१ करोड
वास्तुकारगेर्कन, मार्ग एन्ड पार्टनर्स
Schlaich Bergermann & Partner
भाडावाल


जवाहरलाल नेहरू रङ्गशाला, भारतको राजधानी नयाँ दिल्लीमा स्थित एक बहुउद्देशीय रङ्गशाला हो, जहाँ ठूलो स्तरमा खेल प्रतियोगिताहरू र संगीतको कार्यक्रम आयोजित गरिन्छ। भारतका प्रथम प्रधानमन्त्री पंडित जवाहरलाल नेहरूको नाममा स्थापित यस रङ्गशालाको निर्माण सन १९८२ मा नवौँ एसियाली खेलकुदको आयोजनको निम्ति गरिएको थियो, साथै ३ अक्टूबर देखि १४ अक्टूबर २०१०, सम्म भएकोप कमनवेल्थ खेलहरूको आयोजना पनि यही रङ्गशालामा भएको थियो। भारतीय ओलम्पिक सङ्घको मुख्यालय पनि यसै रङ्गशालामा रहेको छ। यस रङ्गशालामा कुनै खेल प्रतियोगिताको समयमा ६०,००० दर्शक अटाउँछन्,[२] जबकि कुनै संगीतको कार्यक्रमको आयोजनाको समय यो क्षमता बढेर १००,००० हुन्छ।

आयोजित प्रमुख प्रतियोगिताहरू[सम्पादन गर्नुहोस्]

नवौँ एसियाली खेल (१९८२)[सम्पादन गर्नुहोस्]

रङ्गशालाको निर्माण सन १८८२ मा नवौँ एसियाली खेलहरूको आयोजनको लागि गरिएको थियो। यहाँ यी खेलहरूको उद्घाटन र समापन समारोहको अतिरिक्त एथेलेटिक्स प्रतियोगिताहरू पनि आयोजना गरिन्छ।

एसियाली एथेलेटिक्स प्रतियोगिता (१९८९)[सम्पादन गर्नुहोस्]

सन १९८९मा यस रङ्गशालामा एसियाली एथेलेटिक्स प्रतियोगिताको आयोजना गरिएको थियो जसमा कुल २२ पदक जीतेर भारत दोस्रो स्थानमा रहेको थियो।

क्रिकेट[सम्पादन गर्नुहोस्]

यस रङ्गशालामा आजसम्म मात्र दुईवटा क्रिकेट खेल खेलिएका छन्, जसमा एउटा सन १८८४ मा भारत बिरुद्ध अस्ट्रेलिया र दोस्रो सन १९९१ मा भारत बिरुद्ध दक्षिण अफ्रीकाका बीच खेलियो जुन एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता थियो। केप्लर वैसल्सले यी दुईटै मुकाबलाहरूमा भाग लिएका थिए तर, दुवै पल्ट अलग अलग देशहरूबाट खेलेका थिए। पहिलो मुकाबलामा उनले अस्ट्रेलिया तर्फबाट खेल्दै १०७ रन बनाए जबकि दोस्रो मुकाबलामा उनले दक्षिण अफ्रीकाको पारीमा ९० रनहरूको योगदान दिए।

राष्ट्रमण्डल खेल २०१०[सम्पादन गर्नुहोस्]

सन २०१०मा ३ अक्टोबर देखि १४ अक्टोबरको मध्यसम्म आयोजित राष्ट्रमण्डल खेलहरूको केही खेल प्रतियोगिताहरूको अतिरिक्त यी खेलहरूको उद्घाटन र समापन समारोह पनि यसै रङ्गशालामा आयोजना गरियो। यी खेलहरूको लागि यस रङ्गशालाको पुनर्निर्माण गरिएको थियो, जसमा धेरै भ्रष्टाचारका आरोपहरू पनि लागे।[३][४] [५][६]

दर्शक क्षमता[सम्पादन गर्नुहोस्]

जवाहरलाल नेहरू रङ्गशालाको दर्शक क्षमता ६०,००० दर्शकहरूको छ। यो भारतको तेस्रो र विश्व वरियतामा ५१औं स्थानमा पर्ने रङ्गशाला हो। २०१०मा आयोजित भएको राष्ट्रमण्डल खेलहरूको लागि रङ्गशालाको पुनर्निर्माण गरिएको छ र यसको कारण यसको दर्शक क्षमता आफ्नो मूल क्षमता ७८,०००बाट घटेर ६०,००० पुगेको छ।

सन्दर्भ[सम्पादन गर्नुहोस्]

निर्देशाङ्कहरू: २८°३४′५८″N ७७°१४′०४″E / २८.५८२८७३°N ७७.२३४३८°E / 28.582873; 77.23438

बाहिरका लिङ्कहरू[सम्पादन गर्नुहोस्]

हवाई दृश्य[सम्पादन गर्नुहोस्]

हेर्न यहाँ क्लिक गर्नुहोस्।

यो दिल्ली मेट्रो रेलको दक्षिण विस्तार भएको येलो लाईन शाखाको एउटा प्रस्तावित स्टेशन पनि छ।