सामग्रीमा जानुहोस्

भावी बजार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

यदि भविष्यमा मात्र वस्तु हस्तान्तरण एवम् मूल्य भुक्तानी हुने गरि वर्तमान मा नै कुनै वस्तु खरिद विक्री गर्ने सम्झैता गरिन्छ भने त्यस प्रकारको बजारलाई भावी बजार वा भावी एक्सचेन्ज (Future Market / Future Exchange) भनिन्छ। भविष्यमा मूल्य भुक्तानी गर्ने र भविष्यमा नै मालसामान आपूर्ति गर्ने गरि वर्तमानमा नै खरिद बिक्री गरिन्छ भने त्यसलाई भावी करार (Future Contract) भनिन्छ। भावी कारारको आधारमा वस्तु तथा वित्तीय सम्पत्तिहरूको खरिद बिक्री हुने बजारलाई भावी बजार भनिन्छ।

प्राचीन समय

[सम्पादन गर्नुहोस्]

प्राचीन मेसोपोटामियामा, १७५० इसा पूर्वको आसपास, छैठो मेसोपोटापिया राजा हम्मुराबीले पहिलो मध्येका एक नियम बनाएका थिए।

यो नियमले कबोल मूल्यमा भविष्यमा भुक्तान गर्ने गरि वस्तु तथ सम्पत्तिको कारोबारलाई अनुमति दिएको थियो। यसमा लिखित करार र साक्षी आवश्यक पर्थ्यो।[]

पहिलो आधुनिक भावी बजारको सुरुवात १७१० मा डोजिमा धान एक्सचेन्ज, ओसाका, जापानबाट भएको थियो।[]

भावी कारोबार भारतमा १९ औं शताब्दीमा मारवाडी समुदायमा निकै प्रचलित थियो। [] कयौं परिवारले कलकत्ता र बम्बैइमा अफिमको भाबी कारोबारबाट सम्पत्ति बनाए। १८७०-१८८० को दशकमा बनाइएका अफिमको भावी करारहरू कलकत्तामा छन्। [] भारतमा वस्तुको भविष्यमा कारोबार गर्ने प्रचलन हजारौं वर्ष देखि चली आएको विश्वास गरिन्छ। आधुनिक भावी बजारको समान सञ्चालन हुने बजारको अस्तित्व इसापूर्व दोस्रो शताब्दीमा लेखिएको कौटिल्यको अर्थशास्त्रमा उल्लेख गरिएको छ। पहिलो संगठित भावी बजारको स्थापना कपासको करार खरिद बिक्रीको लागि सन् १८७५ मा "बम्बई कटन ट्रेड एसोसियन"द्वारा भयो। संयुक्त अधिराज्यमा कपासको भावी करारको कारोबार सुरु भएको केहि समय पछि यो भएको थियो। ब्रिटिस साम्राज्यमा बम्बई कपास व्यापारको महत्त्वपूर्ण स्थान थियो। [] सन् १९१९ मा कलकत्ता हेसियन एक्सचेन्ज लिमिटेडको स्थापना सँगै कच्चा जुट (सनपाट) र जुटको वस्तुअको भावी कारोबार सुरु भयो। अधुनिक समयमा, अधिकांश भावी कारोबार नेसनल मल्टि कमोडिटी एक्स्चेन्ज (NMCE) मा हुने गर्छ। यहाँ २६ नोबेम्बर २००२ मा राष्ट्रिय स्तरमा २४ कमोडिटिको भावी कारोबार भएको थियो। अहिले (अगस्ट २००७) मा ६२ कोमोडिटीको कारोबार NMCE मा हुन्छ।

हालैको प्रगति

[सम्पादन गर्नुहोस्]

The 1970s saw the development of the financial futures contracts, which allowed trading in the future value of interest rates. These (in particular the 90‑day Eurodollar contract introduced in 1981) had an enormous impact on the development of the interest rate swap market.

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Archived at Ghostarchive and the Wayback Machine: "A History of Derivatives: Ancient Mesopotamia to Trading Places, by Edmund Parker & Geoffrey Parker", YouTube, १७ डिसेम्बर २०१४। 
  2. "Bill of Exchange facts, information, pictures - Encyclopedia.com articles about Bill of Exchange", www.encyclopedia.com, अन्तिम पहुँच १९ अप्रिल २०१८ 
  3. "OCCUPATIONS - Commodities Trading & Speculation - Opium", marwarienterprise.blogspot.sg, सेप्टेम्बर २०१३, अन्तिम पहुँच १९ अप्रिल २०१८ 
  4. "Opium futures", tradingpithistory.com, अन्तिम पहुँच १९ अप्रिल २०१८  वेब्याक मेसिन अभिलेखिकरण १९ अप्रिल २०१८ मिति
  5. "RBG-commodities LIMITED", rbgcommodities.com, अन्तिम पहुँच १९ अप्रिल २०१८  वेब्याक मेसिन अभिलेखिकरण १४ जुन २०२१ मिति