सामग्रीमा जानुहोस्

करवीर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

करवीर
Nerium oleander in flower
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
(श्रेणीविहीन):
(श्रेणीविहीन):
गण:
कुल:
उपकुल:
वंश:
वंश:
Nerium

प्रजाति:
N. oleander
वैज्ञानिक नाम
Nerium oleander
L.
पर्याय[][]
  • Nerion oleandrum St.-Lag.
  • Nerium carneum Dum.Cours.
  • Nerium flavescens Spin
  • Nerium floridum Salisb.
  • Nerium grandiflorum Desf.
  • Nerium indicum Mill.
  • Nerium japonicum Gentil
  • Nerium kotschyi Boiss.
  • Nerium latifolium Mill.
  • Nerium lauriforme Lam.
  • Nerium luteum Nois. ex Steud.
  • Nerium madonii M.Vincent
  • Nerium mascatense A.DC.
  • Nerium odoratissimum Wender.
  • Nerium odoratum Lam.
  • Nerium odorum Aiton
  • Nerium splendens Paxton
  • Nerium thyrsiflorum Paxton
  • Nerium verecundum Salisb.
  • Oleander indica (Mill.) Medik.
  • Oleander vulgaris Medik.


करवीर (वैज्ञानिक नाम : Nerium oleander , अंग्रेजी नाम : oleander, उच्चारण: /ˈnɪəriəm ˈl.ændər/) ) एक बुट्यान वर्गमा पर्ने अपोसाइनेसी परिवारको वनस्पति हो। यसको विश्वमा व्यापक खेतीले गर्दा उत्पत्तिको कुनै सटीक क्षेत्र पहिचान गरिन सकिएको छैन, यद्यपि यो सामान्यतया भूमध्य बेसिनमा रैथाने भएको मान्यता छ। पहेंलो करवीरसँग यसको नजिकको नाता हुने भएपनि, यी दुई फरक वंश अन्तर्गत पर्दछन र करवीरको विपरीत, पहेंलो करवीर मध्य अमेरिकाको रैथाने वनस्पति हो। पहेंलो करबिर प्राय पहेंलो रंगमा मात्र फुल्दछ जबकि करवीरको विभिन्न रंगका फुल हुन्छन।

करवीर प्राय २–६ मिटर (७–२० फिट) अग्लो र सदाबहार हुन्छ। यो सामान्यतया यसको प्राकृतिक बुट्यानको रूपमा हुर्किन्छ, तर एकल ट्रंकसंग सानो रूखको रुपमा यसलाई हुर्काउन सकिन्छ। यो खडेरी र डुबान दुवै देखि सहनशील छ यद्यपि अति चिसो मौसम यसले सहन सक्दैन। यसको सेतो, गुलाफी वा रातो फूलहरू वर्षैभरी तर धेरैजसो न्यानो ग्रीष्म ऋतुमा फुलेको देख्न सकिन्छ।

करवीरलाई व्यापक रुपमा अति विषालु वनस्पति मानिन्छ र यसको विषालुपन ऐतिहासिक रुपमा पनि प्रसिद्ध थियो। यद्यपि यसको तीतोपनले यसलाई मानव र धेरैजसो जनावरहरूले खानबाट निरुत्साहन गर्दछ त्यसैले विषाक्तताका घटनाहरू दुर्लभ हुन्छन् र मानव मृत्युको लागि सामान्य जोखिम कम हुन्छ।

करवीर उत्तरपश्चिम अफ्रिका र आइबेरियाली र इटालियाली प्रायद्वीपदेखि भूमध्यसागरीय क्षेत्र र कालो सागर क्षेत्र, अरबी प्रायद्वीप, दक्षिणी एशिया, र चीनको दक्षिणी भागहरूमा पूर्वमा युनानसम्म फैलिएको फराकिलो क्षेत्रमा रैथाने वा प्राकृतिकरण भएको मानिन्छ । यसलाई संसारको धेरै उपोष्णकटिबंधीय र उष्णकटिबंधीय क्षेत्रहरूमा रोपिएको छ।

सन्दर्भ सूची

[सम्पादन गर्नुहोस्]
  1. "World Checklist of Selected Plant Families, entry for Nerium oleander", अन्तिम पहुँच मे १८, २०१४ 
  2. "World Checklist of Selected Plant Families, entry for Nerium", अन्तिम पहुँच मे १८, २०१४ 

बाहिरी कडीहरू

[सम्पादन गर्नुहोस्]